विषय कोड : 1021
NEB — कक्षा X
2082 sp
पुरानो प्रश्नपत्र
Social Studies Question Paper 2082 sp (पुरानो प्रश्नपत्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This पुरानो प्रश्नपत्र question paper is for Class 10 Social Studies, 2082 sp (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.
समूह 'क'
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
सामाजिकीकरण प्रक्रियाको एक महत्त्व लेख्नुहोस्।
नेपालले मानव विकास सूचकाङ्कको स्थिति सुधार गर्न के गर्नुपर्ला ? एउटा उपाय उल्लेख गर्नुहोस्।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गर्दै आएको कुनै एक कार्य लेख्नुहोस्।
अन्धविश्वास विरुद्ध जनचेतना जगाउने एक नारासहित प्लेकार्डको नमुना तयार पार्नुहोस्।
अन्तरिम सरकार भनेको के हो ?
वि.सं. २०६२/६३ को जनआन्दोलनको कुनै एक उपलब्धि लेख्नुहोस्।
मुद्दती खाता र बचत खाताबिच एउटा भिन्नता देखाउनुहोस्।
तपाईँ पर्यटकका रूपमा कुनै ठाउँको भ्रमण गर्दा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस्।
संयुक्त राष्ट्रसङ्घको स्थापना किन गरिएको हो ? एउटा कारण लेख्नुहोस्।
नेपालले परराष्ट्र सम्बन्ध सुमधुर राख्न कस्तो नीति अवलम्बन गर्नुपर्छ ? एक वाक्यमा स्पष्ट पार्नुहोस्।
समुदायमा जनसङ्ख्या र वातावरणबिच सन्तुलन कायम गर्न तपाईँले गर्न सक्ने एक कार्य लेख्नुहोस्।
समूह 'ख'
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्।
हामी नेपालीले हाम्रो राष्ट्रिय पहिचान संरक्षण गर्नका लागि के गर्नुपर्छ ? चार बुँदामा लेख्नुहोस्।
दिगो विकासका लागि ध्यान दिनुपर्ने महत्त्वपूर्ण चार पक्षहरू उल्लेख गर्नुहोस् ।
'राष्ट्रिय सम्पदा संरक्षणमा विद्यार्थीको भूमिका' शीर्षकमा एक वक्तव्य तयार पार्नुहोस् ।
"सामाजिक मूल्य मान्यता र अनुभवका स्रोत ज्येष्ठ नागरिक हुन् ।" यस भनाइलाई स्पष्ट पार्नुहोस् ।
हाम्रा लोकबाजाको संरक्षण कसरी गर्न सकिन्छ ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।
यौन दुर्व्यवहारले समाजमा कस्तो असर पार्छ ? चार बुँदामा उल्लेख गर्नुहोस् ।
लोकतन्त्रलाई सबल बनाउन राजनीतिक दलको भूमिका उल्लेख गर्नुहोस् ।
भूमध्यसागरीय हावापानीका चार विशेषता लेख्नुहोस् ।
सूचना तथा सञ्चार प्रविधिले दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।
गुणस्तरीय तथा स्वस्थ जीवनशैली कायम गर्न के गर्नुपर्छ ? चार बुँदामा उल्लेख गर्नुहोस् ।
समूह 'ग'
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकानिच शक्ति सन्तुलनको आवश्यकता पर्दछ, किन ? उदाहरणसहित पुष्टि गर्नुहोस् ।
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् :
(क) बर्दिया राष्ट्रिय निकुञ्ज
(ख) कर्णाली नदी
(ग) पृथ्वी राजमार्ग
(घ) सगरमाथा हिमाल
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् :
(क) अमेजन नदी
(ख) भूमध्यरेखा
(ग) पाटागोनिया मरुभूमि
(घ) टिटिकाका ताल
प्रथम विश्वयुद्धका चार परिणाम उल्लेख गर्दै त्यस युद्धमा नेपालले कस्तो भूमिका खेलेको थियो ? वर्णन गर्नुहोस् ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा रहँदा आउन सक्ने समस्या र ती समस्याहरूको समाधानका उपायबारे सचेत गराउँदै वैदेशिक रोजगारीमा रहनु भएका आफन्तलाई चिठी लेख्नुहोस्।