Class 10 Social Studies notes and question bank — NEB Exam
Home/Class 10/Social Studies

Social Studies

Class 10 - 49 Chapters

Home/Class 10/Social Studies/Question Bank/SEE Social Studies Question paper 2082 (Madesh)

विषय कोड : 1051 'MP'

NEB — कक्षा X

2082 MP

पुरानो प्रश्नपत्र

Social Studies Question Paper 2082 MP (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 10 Social Studies, 2082 MP (subject code 1051 'MP'), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

11 Marks[1x11=11]
१.
[1]

नेपाल र नेपालीलाई विश्वमा चिनाउने कुनै दुई राष्ट्रिय गौरवको नाम लेख्नुहोस् ।

२.

नेपालको मानव विकास सूचकांक वृद्धि गर्न कुन कदम चाल्नुपर्छ ? एक उपाय लेख्नुहोस् ।

३.
[1]

समाजमा यौन विकृतिले पार्ने कुनै एक नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।

४.
[1]

घरेलु हिंसा नियन्त्रण सम्बन्धी चेतनामूलक नारा प्रस्तुत गर्दै प्लेकार्डको नमुना बनाउनुहोस् ।

५.
[1]

वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनको मूल लक्ष्य के रहेको थियो ?

६.
[1]

वि.सं. २०१७ मा राजनीतिक दलहरूमाथि लगाइएको प्रतिबन्ध उचित थियो वा थिएन ? कारणसहित एक वाक्यमा स्पष्ट पार्नुहोस् ।

७.
[1]

प्रत्यक्ष करको कुनै एक उपयुक्त उदाहरण दिनुहोस् ।

८.
[1]

आफ्नो परिवारको आर्थिक उन्नति तथा समृद्धिका लागि ऊर्जाको प्रयोग कसरी गर्नुहुन्छ ?

९.
[1]

हाल सक्रिय नरहेको संयुक्त राष्ट्रसङ्घको अङ्ग कुन हो ?

१०.
[1]

सामाजिक सञ्जालको प्रयोगलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? एउटा उपाय लेख्नुहोस् ।

११.
[1]

आफ्नो जीवनलाई स्वस्थ बनाउन तपाईँले गरेको कुनै एउटा अभ्यास उल्लेख गर्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

36 Marks[9x4=36]
१२.
[4]

पहिचानले व्यक्ति र समुदायको विशिष्टतालाई जनाउँछ भन्ने तथ्यलाई उदाहरणसहित प्रस्ट्याउनुहोस् ।

१३.
[4]

नेपालमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये कुनै दुईको संक्षिप्त परिचय दिनुहोस् ।

१४.
[4]

'विश्व शान्तिका लागि विश्वबन्धुत्वको भावना' शीर्षकमा एक सम्पादकीय तयार पार्नुहोस् ।

१५.
[4]

ज्येष्ठ नागरिकलाई खुसी र सन्तुष्ट राख्न गरिनुपर्ने चार कार्यहरू लेख्नुहोस् ।

अथवा
१५.
[4]

'लोकबाजा संरक्षण गर्नु हाम्रो दायित्व हो' यस भनाइलाई प्रस्ट पार्नुहोस् ।

१६.
[4]

दाइजो प्रथाले नेपाली समाजमा पारेका प्रभावहरू उल्लेख गर्नुहोस् ।

१७.
[4]

नेपालमा उपभोक्तालाई प्राप्त हुने कुनै चार अधिकार लेख्नुहोस् ।

१८.
[4]

उष्ण तृणभूमि र समशीतोष्ण तृणभूमि हावापानी क्षेत्रबिचको चारओटा भिन्नता उल्लेख गर्नुहोस् ।

१९.
[4]

सूचना प्रविधिलाई तपाईँले कुन कुन क्षेत्रमा कसरी प्रयोग गर्नुभएको छ ? चारओटा उदाहरण लेख्नुहोस् ।

२०.
[4]

भौगोलिक क्षेत्रका आधारमा नेपालको जनसङ्ख्या वितरण असमान हुनुका कारण लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

28 Marks[4x7=28]
२१.
[7]

संसदीय शासन प्रणालीमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको आवश्यकता प्रस्ट पार्नुहोस् ।

२२.
[7]

प्र. २२. पृष्ठभूमिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् :

क) कालीगण्डकी नदी

(ख) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

(ग) मध्यपहाडी लोकमार्ग

(घ) कञ्चनजङ्घा हिमाल

अथवा
२२.
[7]

पृष्ठभूमिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् :

(क) पम्पास घाँसे मैदान

(ख) एन्डिज पर्वत शृङ्खला

(ग) अमेजन नदी

(घ) फोकल्यान्ड टापु

२३.
[7]

प्रथम विश्वयुद्धका छोटा कारण उल्लेख गरी कुनै दुई कारणको व्याख्या गर्नुहोस् ।

२४.
[7]

'हाम्रो जीवनमा वित्तीय शिक्षाको महत्त्व' शीर्षकमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।

Social Studiesपुरानो प्रश्नपत्र 2082 MPNEB Exam