Class 10 Social Studies notes and question bank — NEB Exam
Home/Class 10/Social Studies

Social Studies

Class 10 - 49 Chapters

Home/Class 10/Social Studies/Question Bank/SEE Social Studies Model Question

Sub. code 1051

NEB — GRADE X

Model Question

Social Studies Question Paper (Model Question)

The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

समय (Time) : 3 Hoursपूर्णाङ्क (Full Marks) : 75

Pass Marks : 32

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)

This model question question paper is for Class 10 Social Studies, (subject code 1051), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह ‘क’

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

11 Marks[11 x 1 = 11]
1.
[1]

सामाजिकीकरणका कुनै दुई तत्वहरूको नाम लेख्नुहोस् ।

2.
[1]

मानव विकास सूचकाङ्कबाट कुनै पनि देश विकासको वास्तविकता थाहा पाउन सकिन्छ, कसरी ? एक वाक्यमा लेख्नुहोस् ।

3.
[1]

हाम्रो समाजमा प्रचलित प्रथासँग सम्बन्धित अन्धविश्वासको एक उदाहरण लेख्नुहोस् ।

4.
[1]

घरेलु हिंसा नियन्त्रण गर्न उपयुक्त हुने एक सन्देशमूलक प्लेकार्डको नमुना तयार पार्नुहोस् ।

5.
[1]

जनमत सङ्ग्रहलाई किन प्रजातान्त्रिक प्रक्रिया भनिन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

6.
[1]

दोस्रो जनआन्दोलनको प्रमुख उपलब्धि केलाई मान्नुहुन्छ ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।

7.
[1]

जीवन बिमाको अर्थ एक वाक्यमा लेख्नुहोस् ।

8.
[1]

वैदेशिक रोजगारीमा गएका तपाईंका आफन्तले विदेशमा कमाएर पठाएको विप्रेषण रकमलाई कसरी सदुपयोग गर्न सुझाव दिनुहुन्छ ? कुनै एक सुझाव उल्लेख गर्नुहोस् ।

9.
[1]

सूचना तथा सञ्चार प्रविधिको महत्व बारे एक वाक्यमा लेख्नुहोस् ।

10.
[1]

“सौचमा विश्वव्यापीकरण काममा स्थानीयकरण” भन्ने भनाइको पक्षमा आफ्नो तर्क एक वाक्यमा दिनुहोस् ।

11.
[1]

समुदायको स्वास्थ्यमा सुधार गर्न तपाईंको समुदायले गरेको कुनै एक कार्य लेख्नुहोस् ।

समूह ‘ख’

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

36 Marks[९×४=३६]
12.
[4]

“हाम्रो राष्ट्रिय गानमा नै झल्किएको छ हाम्रो पहिचान” यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।

13.
[4]

दिगो विकासको आर्थिक, सामाजिक महत्व चार बुँदामा उल्लेख गर्नुहोस् ।

14.
[4]

तपाईंले अन्तर्राष्ट्रिय व्यक्तित्वको जीवनबाट प्राप्त गर्नुभएको प्रेरणालाई आफ्नो जीवनमा कसरी प्रयोग गर्नुहुन्छ ? लेख्नुहोस् ।

15.
[4]

विश्वमा विश्वबन्धुत्व र मानवता कसरी अभिवृद्धि गर्न सकिएला ? आफ्ना विचारहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।

Or
15.
[4]

हाम्रो ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा भएका प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

16.
[4]

नेपालमा बढ्दो भ्रष्टाचारको प्रवृत्तिले समाजमा पारेको प्रभाव चार बुँदामा विश्लेषण गर्नुहोस् ।

17.
[4]

सङ्घीय कार्यपालिका र न्यायपालिकाको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।

18.
[4]

“हावापानीले सामाजिक जनजीवनमा प्रभाव पार्छ ।” आफू बसोबास गरेको भौगोलिक क्षेत्रको उदाहरणबाट चार बुँदामा स्पष्ट पार्नुहोस् ।

19.
[4]

“संयुक्त राष्ट्र सङ्घका समसामयिक चुनौती” शीर्षकमा एक दैनिक पत्रिकामा प्रकाशनार्थ सम्पादकीयको नमुना तयार पार्नुहोस् ।

20.
[4]

नेपालको पहाडी तथा मध्य पहाडी क्षेत्रमा सडक यातायात तथा भौतिक पूर्वाधारको विकास भएता पनि बसाइँसराइको प्रवृत्ति नरोकिनुका कारणहरू चार बुँदामा उल्लेख गर्नुहोस् ।

Group C

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

28 Marks[४×७=२८]
21.
[7]

संसदीय शासन प्रणालीमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको आवश्यकता पहिचान गर्नुहोस् ।

22.
[7]

पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :

(क) कञ्चनजङ्घा हिमाल
(ख) मधेस प्रदेश
(ग) नारायणी नदी
(घ) खप्तड राष्ट्रिय निकुञ्ज

23.
[7]

दोस्रो विश्वयुद्धपछि देखिएका प्रभावहरूको सम्बन्धमा स्पष्ट पार्नुहोस् ।

24.
[7]

नेपालमा पर्यटनको सम्भावना र यसको महत्व’ शीर्षकमा दुई साथीबीच संवाद तयार पार्नुहोस् ।

Social StudiesModel Question NEB Exam