Class 10 Social Studies notes and question bank — NEB Exam
Home/Class 10/Social Studies

Social Studies

Class 10 - 49 Chapters

Home/Class 10/Social Studies/Question Bank/SEE Social Studies Question Paper 2082 (Koshi)

विषय कोड : 1051

NEB — कक्षा X

2082 KoP

पुरानो प्रश्नपत्र

Social Studies Question Paper 2082 KoP (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 10 Social Studies, 2082 KoP (subject code 1051), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह क

तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस्

11 Marks[11 X 1 = 11]
१.
[1]

राष्ट्रिय पहिचान भनेको के हो ?

२.
[1]

मानव विकास सूचकाङ्कको गणना किन आवश्यक छ ? एउटा कारण लेख्नुहोस्।

३.
[1]

दाइजो प्रथाले समाजमा पार्न सक्ने कुनै एउटा असर लेख्नुहोस्।

४.
[1]

समाजमा अन्धविश्वास हटाउन तपाईं के गर्न सक्नुहुन्छ ? तपाईंले गर्न सक्ने कुनै एक कार्य लेख्नुहोस्।

५.
[1]

दोस्रो विश्वयुद्धमा नेपाली फौजले कुन देशको तर्फबाट युद्ध लडेका थिए ?

६.
[1]

युरोपका राष्ट्रहरूबीच गुटबन्दी नभएको भए प्रथम विश्वयुद्ध हुँदैनथ्यो, किन ?

७.
[1]

वैदेशिक रोजगारीको कुनै एक नकारात्मक प्रभाव लेख्नुहोस्

८.
[1]

नोट सफा र सुरक्षित राख्नका लागि सचेतना जगाउने एउटा नारा लेख्नुहोस्।

९.
[1]

सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?


१०.
[1]

नेपालको जडीबुटीलाई विश्वव्यापीकरण गर्न के गर्नुपर्छ ? एक वाक्यमा उल्लेख गर्नुहोस्।

११.
[1]

जथाभाबी फोहोर गर्ने व्यक्तिलाई तपाईं के भनेर सम्झाउनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस्।

समूह 'ख'

36 Marks[9x4=36]
१२.
[4]

'सामाजिकीकरणमा घर परिवारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ' यस भनाइलाई आफ्नो अनुभव समेतको आधारमा प्रस्ट पार्नुहोस्।

१३.
[4]

सङ्घीय शासन प्रणालीका विशेषता चार बुँदामा उल्लेख गर्नुहोस्।

१४.
[4]

'सम्पदा संरक्षणमा स्थानीय सरकारको भूमिका' शीर्षकमा सम्पादकीय तयार पार्नुहोस्।

१५.
[4]

'हाम्रा राष्ट्रिय दिवस हाम्रा गौरव हुन्।' यस भनाइलाई पुष्टि गर्नुहोस्।

अथवा
१५.
[4]

नेल्सन मन्डेला र मलाला युसुफजईको जीवनीबाट युवाहरूले कस्ता प्रेरणा लिनुपर्छ ? दुई दुईओटा बुँदा लेख्नुहोस्।

१६.
[4]

नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि गर्नुपर्ने चार कार्य लेख्नुहोस्।

१७.
[4]

व्यवस्थापिकाका कुनै चार कार्य लेख्नुहोस्।

१८.
[4]

उष्ण मनसुनी हावापानीका कुनै चारओटा विशेषता उल्लेख गर्नुहोस्।

१९.

संयुक्त राष्ट्रसङ्घका अङ्गहरूमध्ये कुनै एक अङ्गको परिचय र कार्यसम्बन्धमा दुई साथीबिचको संवाद तयार पार्नुहोस्।

२०.
[4]

पारिवारिक योजना भनेको के हो ? यसको महत्त्व तीन बुँदामा उल्लेख गर्नुहोस्।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्।

28 Marks[4x7=28]
२१.

देशमा शान्ति र सुशासन कायम गर्दै देशलाई समृद्ध बनाउन सङ्घीय सरकारको भूमिका कस्तो हुनुपर्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस्।

२२.
[7]

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस्:

(क) कञ्चनजङ्घा हिमाल

(ख) पोखरा

(ग) पूर्वपश्चिम राजमार्ग

(घ) कपास उत्पादन क्षेत्र

अथवा
२२.

पृष्ठभरिको उत्तर अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस्:

(क) रक्की पर्वत

(ख) पानामा नहर

(ग) न्युयोर्क

(घ) हडसनको खाडी

२३.
[7]

नेपालको इतिहासमा बि.सं. २०४७ सालपछि भएका सामाजिक तथा राजनीतिक परिवर्तनहरू उल्लेख गर्नुहोस्।

२४.
[7]

'ग्रामीण क्षेत्रको विकासमा सहकारीको महत्व' शीर्षकमा एउटा पत्रिकाका लागि लेख तयार पार्नुहोस्।

Social Studiesपुरानो प्रश्नपत्र 2082 KoPNEB Exam