Class 10 Social Studies notes and question bank — NEB Exam
Home/Class 10/Social Studies

Social Studies

Class 10 - 49 Chapters

Home/Class 10/Social Studies/Question Bank/SEE Social Studies Question paper 2082 (Bagmati)

विषय कोड : 1021 'BP'

NEB — कक्षा X

2082 BP

पुरानो प्रश्नपत्र

Social Studies Question Paper 2082 BP (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 10 Social Studies, 2082 BP (subject code 1021 'BP'), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्।

11 Marks[1x11=11]
१.
[1]

नेपालको राष्ट्रिय गौरव झल्काउने कुनै दुई सम्पदाको नाम लेख्नुहोस्।

२.
[1]

सङ्घीय शासन व्यवस्थाको कुनै एक चुनौती लेख्नुहोस्।

३.
[1]

छाउपडी प्रथा भनेको के हो?

४.
[1]

मानौँ, तपाईँको साथीलाई एक जना आफन्तले घरेलु हिंसा गर्दै रहेछन्। यो कुरा थाहा पाएपछि तपाईँले साथीलाई के सल्लाह दिनुहुन्छ? एक वाक्यमा लेख्नुहोस्।

५.
[1]

प्रथम विश्वभ्रमणका नेपालको प्रधानमन्त्री को थिए?

६.
[1]

दोस्रो विश्वयुद्धले विश्वव्यापी आर्थिक सङ्कट कसरी निम्त्यायो? एक वाक्यमा लेख्नुहोस्।

७.
[1]

प्रत्यक्ष करको एक विशेषता लेख्नुहोस्।

८.
[1]

तपाईँले खुत्रुकेमा राखेको रकम बैंकमा दाखिला गर्नुपरेमा बचत वा चल्तीमध्ये कुन खाता रोज्नुहुन्छ, र किन?

९.
[1]

संयुक्त राष्ट्रसङ्घको केन्द्रीय कार्यालय कुन ठाउँमा छ?

१०.
[1]

विश्वव्यापीकरणबाट नेपालले कसरी फाइदा लिन सक्छ? एक वाक्यमा लेख्नुहोस्।

११.
[1]

गुणस्तरीय जीवन कायम गर्न तपाईँको परिवारले गरेको एउटा अभ्यासको उदाहरण दिनुहोस्।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्।

36 Marks[9x4=36]
१२.
[4]

व्यक्तिका लागि सामाजिकीकरणको प्रक्रिया किन महत्त्वपूर्ण छ? चार बुँदामा स्पष्ट पार्नुहोस्।

१३.
[4]

दिगो विकासको अवधारणाअनुसार विकास कार्य गर्दा ध्यान दिनुपर्ने कुरा चार बुँदामा लेख्नुहोस्।

१४.
[4]

सम्पदा संरक्षणका लागि स्थानीय सरकारले के कस्ता कार्यहरू गर्नुपर्छ भन्ने कुरा उल्लेख गरी स्थानीय सरकारलाई पत्र लेख्नुहोस्।

१५.
[4]

के मलाला युसुफजई साँच्चिकै प्रेरणादायी व्यक्तित्व हुन्? तर्कसहित आफ्नो विचार प्रस्तुत गर्नुहोस्।

अथवा
१५.
[4]

लोकगीतमा मौलिकता जोगाउन युवाहरूको भूमिका कस्तो हुनुपर्छ? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।

१६.
[4]

मानव बेचबिखन अन्त्य गर्न कानुन बनाएर मात्र पुग्दैन। यसका लागि अरू के के गर्नुपर्छ? सुझाव प्रस्तुत गर्नुहोस्।

१७.
[4]

नेपालमा राजनीतिक दल दर्तासम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस्।

१८.
[4]

नेपालमा आउन सक्ने कुनै चारवटा प्राकृतिक विपत्को सूची बनाई तिनीहरूबाट सुरक्षित रहने एक/एकवटा उपाय लेख्नुहोस्।

१९.
[4]

समसामयिक घटनाबारे जानकार हुनुपर्छ भन्ने विषयमा दुई साथीबिचको संवाद तयार पार्नुहोस्।

२०.
[4]

नेपालमा भौगोलिक रूपमा जनसङ्ख्या वितरण समान रहेको पाइँदैन, यसका चार कारण बुँदागत रूपमा लेख्नुहोस्।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्।

28 Marks[4x7=28]
२१.
[7]

उपभोक्ता अधिकार भनेको के हो? उपभोक्ता अधिकार संरक्षणका लागि एक सचेत उपभोक्ताको भूमिका कस्तो हुनुपर्छ? छ बुँदामा उल्लेख गर्नुहोस्।

२२.
[7]

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भरर्नुहोस्:

  • (क) जुट उत्पादन क्षेत्र

  • (ख) नारायणी नदी

  • (ग) नेपालगन्ज

  • (घ) सैपाल हिमाल

अथवा
२२.

पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस्:

  • (क) एन्डिज पर्वत

  • (ख) टिटिकाका ताल

  • (ग) उरुग्वे

  • (घ) अमेजन नदी

२३.
[7]

पञ्चायती व्यवस्था उदयको पृष्ठभूमि लेखी यसको पतनका कारणहरू उल्लेख गर्नुहोस्।

२४.
[7]

नेपालमा पर्यटनको महत्त्व र प्रवर्द्धन गर्ने उपाय समेटी साथीलाई पठाउने इमेलको नमुना तयार पार्नुहोस्।

Social Studiesपुरानो प्रश्नपत्र 2082 BPNEB Exam