Class 10 Social Studies notes and question bank — NEB Exam
Home/Class 10/Social Studies

Social Studies

Class 10 - 49 Chapters

Home/Class 10/Social Studies/Question Bank/SEE Social Studies Question Paper 2082 (Gandaki)

विषय कोड : 1021

NEB — कक्षा X

2082 Gp

पुरानो प्रश्नपत्र

Social Studies Question Paper 2082 Gp (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 10 Social Studies, 2082 Gp (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

11 Marks[11x1=11]
१.
[1]

नेपालको झण्डामा प्रयोग भएको कुन रङ शान्तिको प्रतीक हो?

२.
[1]

नेपालको मानव विकास सूचकाङ्कको अवस्थामा सुधार गर्न के गर्नुपर्ला? कुनै एक सुझाव दिनुहोस्।

३.
[1]

घरेलु हिंसा हुन सक्ने एक कारण लेख्नुहोस्।

४.
[1]

मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने एउटा नारा तयार पार्नुहोस्।

५.
[1]

वि.सं. २०३७ वैशाख २० गते भएको जनमत सङ्ग्रहमा नागरिकलाई दिइएका दुई विकल्प के के थिए?

६.
[1]

वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि पनि सरकारको नेतृत्व राणा प्रधानमन्त्री मोहन शमशेरले नै गर्नु ठिक थियो या थिएन, किन? एक वाक्यमा तपाईंको विचार लेख्नुहोस्।

७.
[1]

बिमाको एक महत्त्व लेख्नुहोस्।

८.
[1]

तपाईं कुनै एक सहकारी संस्थाको अध्यक्ष बन्नुभयो भने उक्त संस्थाका सदस्यहरूको विश्वास जित्न के गर्नुहुन्छ? एक वाक्यमा लेख्नुहोस्।

९.
[1]

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने कुनै दुई राष्ट्रको नाम लेख्नुहोस्।

१०.
[1]

सूचना तथा प्रविधिको प्रयोगले तपाईंको दैनिक गतिविधिमा कसरी सहजता ल्याएको छ? एक वाक्यमा स्पष्ट पार्नुहोस्।

११.
[1]

तपाईं आफ्नो समुदायमा उपलब्ध स्वास्थ्य सेवाको उपयोग कसरी गर्नुहुन्छ?

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:

36 Marks[9x4=36]
१२.
[4]

"व्यक्तिलाई असल र जिम्मेवार नागरिक बनाउन सामाजिकीकरणले सहयोग पुर्याउँछ" यस भनाइलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।

१३.
[4]

दिगो विकास भनेको के हो? यसका कुनै तीन आयामको छोटकरीमा वर्णन गर्नुहोस्।

१४.
[4]

लोकगीतको संरक्षण र संवर्धनमा युवापुस्ताको भूमिका' शीर्षकमा एउटा सम्पादकीय तयार पार्नुहोस्।

१५.
[4]

"वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको आवश्यकता रहेको छ।" यस भनाइलाई स्पष्ट पार्नुहोस्।

अथवा
१५.
[4]

"राष्ट्रिय दिवसहरू औपचारिकताका लागि होइन, ती दिवसका मर्मअनुसार मनाइनुपर्छ।" कुनै एक राष्ट्रिय दिवसको सन्दर्भमा यस भनाइलाई पुष्टि गर्नुहोस्।

१६.
[4]

"सामाजिक समस्या तथा विकृति समाज रूपान्तरणका बाधक तत्त्वहरू हुन्।" यस भनाइलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।

१७.
[4]

मानव अधिकार संरक्षणमा कार्यरत सङ्घसंस्थाहरूमध्ये कुनै एकको नाम लेखी उक्त संस्थाले गर्ने तीनओटा कार्य उल्लेख गर्नुहोस्।

१८.
[4]

सामुद्रिक दुरी र जमिनको उचाइले हावापानीमा कसरी प्रभाव पार्छन्? उदाहरणसहित स्पष्ट पार्नुहोस्।

१९.
[4]

हालसालै देशभित्र वा विदेशमा घटेको कुनै एक महत्त्वपूर्ण घटना समेटी समाचारको नमुना तयार पार्नुहोस्।

२०.
[4]

गुणस्तरीय जीवन भनेको के हो? यसका आधारहरूको सूची बनाउनुहोस्।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्:

28 Marks[4x7=28]
२१.
[7]

निर्वाचनमा जनताको मत प्राप्त गर्नका लागि राजनीतिक दलले कस्तो भूमिका खेल्नुपर्छ? सात सुझाव दिनुहोस्।

२२.
[7]

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस्:

(क) पशुपतिनाथ मन्दिर

(ख) माछापुच्छ्रे हिमाल

(ग) जुट उत्पादन क्षेत्र

(घ) मध्यपहाडी लोकमार्ग

अथवा
२२.
[7]

पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस्:

(क) फोकल्यान्ड टापु

(ख) अमेजन नदी

(ग) एन्डिज पर्वत श्रेणी

(घ) पम्पास घाँसे मैदान

२३.
[7]

दोस्रो विश्वयुद्धका छओटा कारण उल्लेख गरी कुनै दुईको व्याख्या गर्नुहोस्।

२४.
[7]

'नेपालमा जलविद्युत्को सम्भावना' शीर्षकमा दुई साथीबिचको संवाद तयार पार्नुहोस्।

Social Studiesपुरानो प्रश्नपत्र 2082 GpNEB Exam