विषय कोड : 1021 'LP'
NEB — कक्षा X
2082 LP
पुरानो प्रश्नपत्र
Social Studies Question Paper 2082 LP (पुरानो प्रश्नपत्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This पुरानो प्रश्नपत्र question paper is for Class 10 Social Studies, 2082 LP (subject code 1021 'LP'), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.
समूह 'क'
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
नेपालका दुई राष्ट्रिय गौरवका सांस्कृतिक सम्पदा:
विकास आयोजना समयमै सम्पन्न गर्ने उपाय ।
तपाईंको समाजमा विद्यमान अन्धविश्वासको उदाहरण के हो?
दाइजो प्रथा विरुद्ध जनचेतना जगाउने एक नारा तयार पार्नुहोस् ।
दोस्रो विश्वयुद्धका बेला नेपालका प्रधानमन्त्री को थिए ?
प्रथम विश्वयुद्धपछि भएको भर्सेलिजको सन्धिलाई दोस्रो विश्वयुद्धको मुख्य कारण मानिन्छ, किन ?
ऊर्जाको एक महत्व लेख्नुहोस् ।
तपाईंले आफूसँग भएको पैसा बैंकमा राख्नुपरेमा चल्ती वा बचत कुन खातामा राख्नुहुन्छ, किन ?
संयुक्त राष्ट्रसंघमा प्रयोग हुने कुनै दुई आधिकारिक भाषाको नाम लेख्नुहोस् ।
तपाईं आफू बसेको स्थानीय तहको प्रमुख हुनुभयो भने त्यस क्षेत्रको कुनै एक प्रमुख उत्पादनलाई विश्वव्यापीकरण गर्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
तपाईंको परिवारमा आम्दानी वा अन्य स्रोतको उचित व्यवस्थापन गरी परिवारलाई सुखी गराउन के गर्नुहुन्छ ?
समूह 'ख'
तलका प्रश्नको छोटो उत्तर दिनुहोस् :
विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव कायम राख्ने चारवटा सुझाव दिनुहोस् ।
मानव विकास सूचकाङ्कमा कसरी सुधार ल्याउन सकिन्छ ? चार बुँदामा लेख्नुहोस् ।
लोकगीत तथा लोकनृत्यको महत्व झल्किने गरी दुई साथीबीच गरिएको संवाद तयार पार्नुहोस् ।
स्थानीय सम्पदा संरक्षण गर्न स्थानीय सरकार नै बढी जिम्मेवार हुनुपर्छ, किन ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
'विश्वबन्धुत्व र मानवता आजको आवश्यकता' यस भनाइलाई प्रस्ट पार्नुहोस् ।
नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि अवलम्बन गर्न सकिने उपाय चार बुँदामा लेख्नुहोस् ।
कार्यपालिकाका चार प्रमुख कार्यहरूको सूची बनाई कुनै एकको संक्षिप्त वर्णन गर्नुहोस् ।
अक्षांश र पहाडको उपस्थितिले कुनै पनि स्थानको हावापानीमा कसरी प्रभाव पार्छन् ? वर्णन गर्नुहोस् ।
सूचना प्रविधिको महत्त्व उल्लेख गर्दै साथीलाई पठाउने इमेलको नमुना तयार पार्नुहोस् ।
जनसङ्ख्या वितरण भनेको के हो ? नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्या वितरण असमान हुनुका कारणहरू लेख्नुहोस् ।
समूह 'ग'
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
निर्वाचन भनेको के हो ? निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोग, नागरिक समाज र मतदाताले खेल्नुपर्ने दुई दुईवटा भूमिका उल्लेख गर्नुहोस् ।
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् :
(क) चितवन राष्ट्रिय निकुञ्ज
(ख) महाकाली नदी
(ग) जनकपुर
(घ) धवलागिरि हिमाल
पृष्ठभरिको दक्षिण अमेरिकाको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् :
(क) अमेजन नदी
(ख) पाटागोनिया मरुभूमि
(ग) ब्राजिलियन उच्च भूमि
(घ) फोकल्यान्ड टापु
. वि.सं. २०६३ पछिका कुनै छवटा राजनीतिक घटना उल्लेख गरी तीमध्ये कुनै दुईको संक्षिप्त वर्णन गर्नुहोस् ।
'वित्तीय शिक्षा र यसको उपयोग' शीर्षकमा एउटा लेखको नमुना तयार पार्नुहोस् ।