Class 10 Social Studies notes and question bank — NEB Exam
Home/Class 10/Social Studies

Social Studies

Class 10 - 49 Chapters

Home/Class 10/Social Studies/Question Bank/SEE Social Studies Question Paper 2082 (KARNALI)

विषय कोड : 1021

NEB — कक्षा X

2082 KP

पुरानो प्रश्नपत्र

Social Studies Question Paper 2082 KP (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 10 Social Studies, 2082 KP (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

11 Marks[1x11=11]
१.
[1]

सामाजिकीकरणमा सहयोग पुर्याउने कुनै दुई निकायको नाम लेख्नुहोस्।

२.
[1]

नेपालमा सङ्घीय शासन प्रणाली लागू भएपछिको कुनै एक उपलब्धि लेख्नुहोस्।

३.
[1]

नेपालमा सामाजिक सुधारका लागि युनिसेफले खेलेको एउटा भूमिका उल्लेख गर्नुहोस्।

४.
[1]

दाइजो प्रथा विरुद्ध सचेतना जगाउने नारासहित एउटा प्लेकार्डको नमुना बनाउनुहोस्।

५.
[1]

साराजेभोमा हत्या गरिएका राजकुमार फ्रान्सिस फर्डिनान्ड र उनकी पत्नी कुन देशका थिए?

६.
[1]

संयुक्त राष्ट्रसङ्घको स्थापना दोस्रो विश्वयुद्धको एउटा उपलब्धि थियो, किन?

७.
[1]

ऊर्जाका स्रोतहरूमध्ये सबैभन्दा बढी प्रयोग हुने मुख्य दुई स्रोत लेख्नुहोस्।

८.
[1]

तपाईँ मोबाइल बैङ्किङको प्रयोग केका लागि गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

९.
[1]

विश्वव्यापीकरण भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।

१०.
[1]

जलवायु परिवर्तनले मानव जीवनलाई कसरी प्रभाव पार्छ ?

११.
[1]

तपाईँ स्वस्थ जीवनशैली अवलम्बन गर्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्।

36 Marks[9x4=36]
१२.
[4]

'नेपाली समाजमा विविधताहरूका बिच सुमधुर सद्भाव र एकता कायम रहेको छ ।' यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

१३.
[4]

दिगो विकासको परिचयसहित यसको महत्त्व तीन बुँदामा उल्लेख गर्नुहोस् ।

१४.
[4]

तपाईँको विद्यालयमा बाल दिवस मनाउनका लागि कार्यक्रमको सूची तयार पार्नुहोस् ।

१५.
[4]

'विश्वबन्धुत्वको भावना विश्वमा शान्ति स्थापना गर्ने आधार हो ।' यस भनाइलाई पुष्टि गर्नुहोस् ।

अथवा
१५.
[4]

'हाम्रा लोकगीत र लोकबाजाले हाम्रो समाजको विशेषता झल्काउँछन् ।' यस भनाइलाई पुष्टि गर्नुहोस् ।

१६.
[4]

सामाजिक समस्या र विकृतिले समाज विकासमा कसरी बाधा पुर्याउँछन् ? आफ्नो विचार चार बुँदामा लेख्नुहोस्

१७.
[4]

न्यायपालिकाका कुनै चारओटा कार्य लेख्नुहोस् ।

१८.
[4]

नेपाल विश्वको कुन हावापानी क्षेत्रमा अवस्थित छ ? उक्त हावापानीका तीन विशेषता लेख्नुहोस् ।

१९.
[4]

यदि तपाईँ संयुक्त राष्ट्रसङ्घको महासचिव हुनुभएको भए विश्वमा चलिरहेको युद्ध अन्त्य गर्न के के गर्नुहुन्थ्यो ? चार बुँदामा लेख्नुहोस् ।

२०.
[4]

पछिल्लो जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुका कुनै चारओटा कारण लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्।

28 Marks[4x7=28]
२१.
[7]

उपभोक्ता अधिकारबारे सचेत नभएमा हुन सक्ने कुनै तीन समस्या उल्लेख गर्दै सचेत उपभोक्ताले त्यस्ता समस्याबाट सुरक्षित रहनका लागि ध्यान दिनुपर्ने कुनै चारओटा पक्ष लेख्नुहोस् ।

२२.
[7]

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् :

(क) लाङटाङ हिमाल

(ख) सुर्खेत

(ग) पूर्व-पश्चिम राजमार्ग

(घ) मेची नदी

अथवा
२२.
[7]

पृष्ठभरिको उत्तर अमेरिकाको नक्सा कोरी निम्न तथ्यहरूलाई उचित सङ्केत प्रयोग गरेर भर्नुहोस् :

(क) अलास्का

(ख) सुपेरियर ताल

(ग) न्युयोर्क

(घ) प्रेरिज घाँसे मैदान

२३.
[7]

नेपालको इतिहासमा वि.सं. २००७ को राजनीतिक परिवर्तनपछि भएका सामाजिक तथा आर्थिक उपलब्धिएरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।

२४.
[7]

नेपालमा बिमाको महत्त्व सम्बन्धमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।

Social Studiesपुरानो प्रश्नपत्र 2082 KPNEB Exam