विषय कोड : 0061
NEB — कक्षा XII
2083
पुरानो प्रश्नपत्र
Social Studies Question Paper 2083 (पुरानो प्रश्नपत्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This पुरानो प्रश्नपत्र question paper is for Class 12 Social Studies, 2083 (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.
समूह 'क'
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू
पाश्चात्य चिन्तनको कुनै एक विशेषता लेख्नुहोस्।
अन्तरव्यक्तिक सिप अन्तर्गत पर्ने दुईवटा उप-सिपहरू लेख्नुहोस्।
अनुसन्धानमा कार्य योजना सम्पादनको महत्व एक वाक्यमा लेख्नुहोस्।
सामाजिक अनुसन्धानमा मिडिया अनुप्रयोगलाई कसरी उपयोग गर्नुहुन्छ? एक बुँदामा लेख्नुहोस्।
नेपाल अङ्ग्रेज युद्धको तत्कालीन कारण लेख्नुहोस्।
सामाजिक सद्भाव तथा सहिष्णुता प्रवर्द्धन गर्न तपाईँले गर्न सक्ने योगदान एक बुँदामा उल्लेख गर्नुहोस्।
मुलुकी देवानी संहिताको प्रावधानलाई तपाईँले कसरी उपयोग गर्नुहुन्छ? एक बुँदामा लेख्नुहोस्।
स्थायी र अस्थायी बसाइँसराइबीचको भिन्नता एक बुँदामा प्रस्तुत गर्नुहोस्।
नेपालले विश्व व्यापार सङ्गठनको सदस्यता लिनुको एक उद्देश्य लेख्नुहोस्।
विश्वका विकसित मुलुकहरूमा देखिने लैङ्गिक विभेद के हो? एक बुँदामा प्रस्ट पार्नुहोस्।
शिक्षामा समुदायको भूमिका भनेको के हो? एक बुँदामा लेख्नुहोस्।
समूह 'ख'
संक्षिप्त उत्तरात्मक प्रश्नहरू
तपाईँको आफ्नो समुदायमा व्याप्त कुनै एक सामाजिक समस्या पहिचान गरी उक्त समस्यासँग सम्बन्धित तथ्याङ्क सङ्कलनका लागि अन्तर्वार्तामा स्थानीयलाई सोधिने कुनै चारवटा प्रश्नहरूको नमुना सूची तयार पार्नुहोस्।
सामाजिक अध्ययनको कुनै एउटा विषयवस्तुमा अनुसन्धान गर्न विद्यार्थीलाई प्रतिलिपि अधिकार ऐन, २०५९ का कानुनी प्रावधान सम्बन्धमा सोध्न सकिने कुनै पाँचवटा प्रश्नको नमुना तयार पार्नुहोस्।
सामाजिक सम्बन्धको अवधारणा प्रस्ट पार्दै यसको चार महत्व उल्लेख गर्नुहोस्।
भौगोलिक अवस्थिति प्रणाली (GPS) लाई आफ्नो दैनिक जीवनमा सहज बनाउन कसरी उपयोग गर्नुहुन्छ? पाँच बुँदामा लेख्नुहोस्।
जनआन्दोलन २०६२/६३ पछि नेपाली समाजमा परेको सामाजिक प्रभाव पाँच बुँदामा समीक्षा गर्नुहोस्।
समतामूलक समाज निर्माणमा समावेशीकरणको महत्व उदाहरणसहित पाँच बुँदामा लेख्नुहोस्।
किशोरकिशोरीहरूले पालना गर्नुपर्ने कुनै पाँच नैतिक कर्तव्यहरू उल्लेख गर्नुहोस्।
नेपालमा पछिल्लो गाउँसहरको बदलिँदो सम्बन्धले जीविकोपार्जनमा पारेका प्रभाव पाँच बुँदामा विश्लेषण गर्नुहोस् ।
शिक्षाले रोजगारी सिर्जना गर्न कसरी सहयोग पुर्याउँछ? पाँच बुँदामा लेख्नुहोस्।
शिक्षाले सामाजिक-सांस्कृतिक विकासमा कसरी सहयोग पुर्याउँछ? पाँच बुँदामा लेख्नुहोस्।
समूह 'ग'
विस्तृत उत्तरात्मक प्रश्नहरू
नेपाली समाजमा समालोचनात्मक अध्ययनको प्रयोग कमजोर छ भन्ने गुनासोप्रति तपाईँको सहमति वा असहमति तर्कसहित आठ बुँदामा स्पष्ट पार्नुहोस्।
प्रदेशहरूबीचको आर्थिक सामाजिक अन्तरसम्बन्ध उदाहरणसहित स्पष्ट पार्नुहोस्।
“प्राकृतिक विपत् जलवायु परिवर्तनको परिणाम हो।” यो वाक्यलाई जलवायु परिवर्तनका कारण र प्रभावका आधारमा उदाहरणसहित प्रस्ट पार्नुहोस्।
नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढिरहेको छ। यस सन्दर्भमा वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न के सुझाव दिनुहुन्छ? आठ बुँदामा स्पष्ट पार्नुहोस्।