विषय कोड : 0061
NEB — कक्षा XII
2081
पुरानो प्रश्नपत्र
Social Studies Question Paper 2081 (पुरानो प्रश्नपत्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This पुरानो प्रश्नपत्र question paper is for Class 12 Social Studies, 2081 (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.
समूह ‘क’
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू
स्वस्थ जीवनशैलीको अर्थ एक वाक्यमा उल्लेख गर्नुहोस्।
पूर्वीय चिन्तनको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस्।
तपाईंले कुनै सामाजिक समस्यामा अनुसन्धान गर्नुभएको छ। उक्त अनुसन्धानको शाब्दिक प्रस्तुति गर्दा के कुरामा बढी ध्यान पुर्याउनुहुन्छ? एक वाक्यमा स्पष्ट पार्नुहोस्।
अनुसन्धानलाई वास्तविक, तथ्यपरक र यथार्थ बनाउन उपयुक्त विधिको छनोटले प्रभाव पारेको हुन्छ। यसप्रति तपाईंको सहमति वा असहमति तर्कसहित एक वाक्यमा उल्लेख गर्नुहोस्।
डोलाजी प्रथा भनेको के हो?
तपाईंले आफ्नो समुदायको सांस्कृतिक विविधतालाई कसरी सम्मान गर्नुभएको छ? आफूले गरेको अभ्यास एक वाक्यमा उल्लेख गर्नुहोस्।
तपाईंको एक जना साथी फौजदारी मुद्दाको प्रकृति (Nature) नबुझेको हुनुहुन्छ, उहाँलाई यस सम्बन्धमा कसरी प्रस्ट पार्नुहुन्छ? आफ्नो विचार एक वाक्यमा उल्लेख गर्नुहोस्।
सुरक्षित र मर्यादित आप्रवासन नीतिको एक प्रमुख उद्देश्य उल्लेख गर्नुहोस्।
दिगो विकासको प्रमुख एक विशेषता उल्लेख गर्नुहोस्।
यदि तपाईं जिम्मेवार पदमा हुनुहुन्छ भने, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ प्रभावकारी बनाउन के गर्नुहुन्थ्यो? आफ्नो योजना एक वाक्यमा लेख्नुहोस्।
शिक्षामा समावेशीताको सकारात्मक प्रभाव एक वाक्यमा स्पष्ट पार्नुहोस्।
समूह ‘ख’
संक्षिप्त उत्तरात्मक प्रश्नहरू
‘बौद्धिक चोरी : नैतिक अपराध’ शीर्षकमा वक्तृत्वको एक नमुना तयार पार्नुहोस्।
‘सामाजिक अध्ययन अनुसन्धानमा तथ्याङ्क तथा सूचनाको सान्दर्भिकता’ शीर्षकमा वक्तृत्वको एक नमुना तयार पार्नुहोस्।
सामाजिक अन्तर्निर्भरता को अवधारणा र यसको कुनै तीन महत्व स्पष्ट पार्नुहोस्।
तपाईंले बसोबास गर्ने प्रदेशको भौगोलिक अवस्थाले प्रदेशको आर्थिक–सामाजिक अवस्थामा पारेको प्रभाव समेत विदेशमा रहेको साथीलाई पठाउने ई–मेल (E-Mail) को नमुना तयार पार्नुहोस्।
राजनीतिक सङ्क्रमणकालीन अवस्थालाई समयमा व्यवस्थापन गर्न नसक्दा राजनीतिक उपलब्धि संस्थागत गर्न चुनौती हुन्छ। यसप्रति नेपालको राजनीतिक सङ्क्रमण (वि.सं. २०६२–२०६३) को आधारमा विश्लेषण गर्नुहोस्।
‘सामाजिक पहिचानले सामाजिक सद्भाव अभिवृद्धि गर्छ’, कसरी? पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
नेपालमा ‘सूचनाको हक’ कार्यान्वयनका लागि भएका कुनै पाँच प्रयासहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्।
नेपालको पहाडी र मध्य पहाडी क्षेत्रमा भौतिक तथा सामाजिक पूर्वाधारको विकास पर्याप्त हुँदाहुँदै पनि पान बसाइँसराइको प्रवृत्ति न्यूनतमा कुनै पाँच कारणहरू समीक्षा गर्नुहोस्।
‘गुणस्तरीय शिक्षा र रोजगार एक अर्काका परिपूरक हुन्।’ पाँच बुँदामा पुष्टि गर्नुहोस्।
शिक्षामा समावेशीताको आवश्यकता पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
समूह ‘ग’
विस्तृत उत्तरात्मक प्रश्नहरू
‘संवेग’ मानवीय जीवनको स्वाभाविक अभिव्यक्ति हो। संवेगलाई सीपमूलक क्रियाकलापबाट व्यवस्थापन गरिरहनुपर्छ। संवेग व्यवस्थापनमा जीवनोपयोगी शिक्षाले कसरी भूमिका खेल्न सक्छ? तर्कसहित पुष्टि गर्नुहोस्।
नेपालको कुनै दुई प्रदेशहरूको भौगोलिक अवस्था र जनसङ्ख्या वितरणबिचको सम्बन्ध स्पष्ट पार्नुहोस्।
सामाजिक–भौगोलिक अध्ययनमा चित्रात्मक प्रस्तुति र भू–सूचना प्रणालीको अवधारणा तथा महत्व उदाहरणसहित प्रस्ट पार्नुहोस्।
‘नेपालको आर्थिक विकासमा विश्वव्यापी सङ्घ/संस्था तथा क्षेत्रीय मञ्चको भूमिका’ शीर्षकमा एक दैनिक पत्रिकाका लागि लेख तयार पार्नुहोस्।