Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies

Social Studies

Class 12 - 76 Chapters

Home/Class 12/Social Studies/Question Bank/Class 12 Social Old Question 2080

विषय कोड : 0061

NEB — कक्षा XII

2080

पुरानो प्रश्नपत्र

Social Studies Question Paper 2080 (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 12 Social Studies, 2080 (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह ‘क’

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू

11 Marks[11 x 1 = 11]
१.
[1]

सामाजिक अध्ययन विषयमा समेटिएका मानविकीका विषयहरूको कुनै दुई नाम लेख्नुहोस्।

२.
[1]

जीवनोपयोगी सीपलाई परिभाषित गर्नुहोस्।

३.
[1]

अनुसन्धानको कुनै एक मुख्य उद्देश्यलाई कसरी प्रयोगमा ल्याउनुहुन्छ?

४.
[1]

बौद्धिक चोरीबाट बच्न तपाईंले अपनाउने कुनै दुई उपायहरू लेख्नुहोस्।

५.
[1]

नेपालको मध्यकालीन अवधिमा काठमाडौंदेखि कहिलेसम्म कसले शासन गरेको थियो? विकास सम्बन्धमा लेख्नुहोस्।

६.
[1]

तपाईंलाई देखिएका समाजशास्त्रीय समस्यालाई कसरी समाधान गर्न सकिन्छ?

७.
[1]

तपाईंले सार्वजनिक पद धारण गर्नु भएको छ भने पदीय जिम्मेवारीलाई कसरी उत्तरदायी बनाउन सक्नुहुन्छ?

८.
[1]

जनगणना २०७८ अनुसार नेपालमा कति प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गरेको पाइन्छ?

९.
[1]

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नका लागि सार्क सङ्गठनको कुन उद्देश्यले सहयोग पुर्याएको छ?

१०.
[1]

विप्रेषण दुरुपयोग न्यूनीकरण गर्न तपाईं कस्तो योगदान पु¥याउन सक्नुहुन्छ?

११.
[1]

मानव संसाधन विकास गर्ने कुनै एक प्रभावकारी तरिका लेख्नुहोस्।

समूह ‘ख’

संक्षिप्त उत्तरात्मक प्रश्नहरू

40 Marks[8 x 5 = 40]
१२.
[5]

‘सामाजिक अध्ययनमा कार्यकारण तथा सह–सम्बन्धको सान्दर्भिकता’ शीर्षकमा एक नमुना सम्पादकीय तयार पार्नुहोस्।

अथवा
१२.
[5]

‘सामाजिक अध्ययनमा चित्रात्मक प्रस्तुतिको सान्दर्भिकता’ लाई समेटी एक संवाद तयार पार्नुहोस्।

१३.
[5]

नेपालमा सामाजिक रूपान्तरणबाट आएका पाँच–पाँचवटा सकारात्मक र नकारात्मक प्रभावहरूको सूची तयार पार्नुहोस्।

१४.
[5]

तपाईं बस्ने प्रदेशको आर्थिक विकास गर्नका लागि एउटा योजनाको नमुना तयार पार्नुहोस्।

१५.
[5]

नेपालमा दोस्रो जनआन्दोलनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ल्याएका उपलब्धिको समीक्षा गर्नुहोस्।

१६.
[5]

‘समतामूलक समाजको निर्माणमा समावेशीकरणको सान्दर्भिकता’ स्पष्ट पार्नुहोस्।

१७.
[5]

किशोरकिशोरीहरूको पारिवारिक कर्तव्यहरू बुँदागत रूपमा लेख्नुहोस्।

१८.
[5]

वर्तमान समयमा नेपालको ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा भइरहेको तीव्र बसाइँसराइलाई रोक्नका लागि नेपाल सरकारले के कस्ता कार्य गर्नुपर्ला? बुँदागत रूपमा सुझाव पेस गर्नुहोस्।

१९.
[5]

शिक्षामा पहुँच वृद्धि गर्ने आधारहरू संक्षेपमा उल्लेख गर्नुहोस्।

अथवा
१९.
[5]

नेपालमा बेरोजगारी समस्या समाधानका लागि प्राविधिक शिक्षाको आवश्यकताका सम्बन्धमा पाँच बुँदामा उल्लेख गर्नुहोस्।

समूह ‘ग’

विस्तृत उत्तरात्मक प्रश्नहरू

24 Marks[3 x 8 = 24]
२०.
[8]

आत्मालोचना र आत्ममूल्याङ्कन सीपले व्यक्तिलाई आत्मविश्वासी बनाउँदै सिर्जनशीलताका लागि उत्साहित गर्दछन् भन्ने भनाइलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।

२१.
[8]

भौगोलिक अध्ययनमा भौगोलिक सूचना प्रणालीले तपाईंलाई कसरी मद्दत गर्दछ? आफूले प्रयोग गरेका आधारमा तिनैको महत्व उल्लेख गर्नुहोस्।

२२.
[8]

नेपालले अवलम्बन गरेको अर्थ व्यवस्था र यसको प्रभाव सम्बन्धमा एक वक्तव्य तयार पार्नुहोस्।

Social Studiesपुरानो प्रश्नपत्र 2080NEB Exam