Class 12 Social Studies notes and question bank — NEB Exam

Social Studies

Class 12 - 76 Chapters

विषय कोड : 0061

NEB — कक्षा XII

Set A

नमुना प्रश्नपत्र

Class 12 Social Studies नमुना प्रश्नपत्र Set A

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This model question paper is for Class 12 Social Studies, Set A (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).

समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू

11 marks[11x1=11]
१.
[1]

औपचारिक शिक्षा र जीवनोपयोगी शिक्षाबीचको कुनै एक फरक लेख्नुहोस् ।

२.
[1]

मानव विकास सूचकांक मापन गर्ने कुनै एक सूचक उल्लेख गर्नुहोस् ।

३.
[1]

यदि तपाईंको छिमेकीले सामाजिक सञ्जालमा कसैको बारेमा झूटो अफवाह फैलाउँदैछ भने, तपाईं उसलाई डिजिटल नागरिकताको कुन मूल्य सम्झाउनुहुन्छ?

४.
[1]

नेपालका आदिवासी जनजाति समुदायमा प्रचलित कुनै एक परम्परागत न्यायिक प्रणालीको नाम लेख्नुहोस् ।

५.
[1]

आन्तरिक बसाइँसराइलाई कसरी प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ? कुनै एक उपाय लेख्नुहोस् ।

६.
[1]

अन्तर्राष्ट्रिय सम्बन्धमा "असल छिमेकी नीति" को मुख्य उद्देश्य के हो? उल्लेख गर्नुहोस् ।

७.
[1]

एतिहासिक घटनाले राष्ट्रको पहिचानलाई कसरी आकार दिन्छ भन्ने कुराको एउटा उदाहरण दिनुहोस् ।

८.
[1]

नेपालमा द्वितीयक आर्थिक क्षेत्रले सामना गरिरहेको एउटा मुख्य चुनौती पहिचान गर्नुहोस् ।

९.
[1]

वित्तीय साक्षरताको सन्दर्भमा 'औपचारिक कर्जा' को परिभाषा दिनुहोस् ।

१०.
[1]

नेपाली कला र संस्कृतिमा विश्वव्यापीकरणको कुनै एक सकारात्मक प्रभाव लेख्नुहोस् ।

११.
[1]

सामाजिक समस्या र विकृति भन्नाले के बुझिन्छ?

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू

40 marks[8x5=40]
१२.
[5]

एक मुख्य जीवनोपयोगी सीपको रूपमा 'समानुभूति' को अवधारणालाई स्पष्ट पार्नुहोस् । समानुभूतिले हाम्रो समाजमा लैंगिक हिंसा न्यूनीकरण गर्न कसरी मद्दत गर्छ? व्याख्या गर्नुहोस् ।

अथवा
१२.
[5]

नेपालको प्रमुख भौगोलिक विविधताहरूबारे चर्चा गर्दै यी विविधताहरूले पर्यटन विकासका लागि कसरी अवसर र चुनौती दुवै थपेका छन्, विश्लेषण गर्नुहोस् ।

१३.
[5]

वि.सं. २००७ देखि २०७२ सम्मका नेपालका प्रमुख राजनीतिक परिवर्तनहरूलाई देखाउने एक समयरेखा निर्माण गर्नुहोस् । वि.सं. २०७२ मा नेपालको संविधान जारी हुनुलाई किन ऐतिहासिक कोेसेढुङ्गा मानिन्छ, उल्लेख गर्नुहोस् ।

१४.
[5]

"कक्षा १२ का विद्यार्थीहरूको शैक्षिक प्रदर्शनमा सामाजिक सञ्जालको खपतको प्रभाव" विषयमा तपाईंले एउटा अनुसन्धान अध्ययन गर्नुभएको छ। कार्यकारी सारांश, विधि र प्रमुख निष्कर्षहरू समावेश गरी एक नमुना प्रतिवेदन ढाँचा तयार पार्नुहोस् ।

१५.
[5]

नेपालमा सामाजिक रूपान्तरणका लागि भइरहेका पाँच प्रयासहरूको स्पष्ट व्याख्या गर्नुहोस् ।

१६.
[5]

किशोरावस्थामा परिवारप्रति आफूले पूरा गर्नुपर्ने कुनै पाँचवटा कर्तव्यहरूको व्याख्या गर्नुहोस्।

१७.
[5]

नेपालको पहाडी र मध्य पहाडी क्षेत्रमा पूर्वाधारको विकास हुँदाहुँदै पनि बसाइँसराइको प्रवृत्ति नघट्नुका पाँच कारणहरू:

१८.
[5]

शिक्षाको विकासमा समुदायको भूमिका पाँच बुँदामा लेख्नुहोस्।

१९.
[5]

'गुणस्तरीय शिक्षा र रोजगार एक अर्काका परिपूरक हुन्' (पाँच बुँदा):

अथवा
१९.
[5]

नेपालमा बेरोजगारी समस्या समाधानका लागि प्राविधिक शिक्षाको आवश्यकताका सम्बन्धमा पाँच बुँदामा उल्लेख गर्नुहोस्।

समूह 'ग'

लामो उत्तरात्मक प्रश्नहरू

24 marks[8x3=24]
२०.
[8]

सामाजिक समस्या र विकृति भन्नाले के बुझिन्छ? कडा कानुनका बाबजुद नेपाली समाजमा दाइजो प्रथा र छुवाछूत जस्ता सामाजिक विकृतिहरू कायम रहनुका मुख्य कारणहरूको विश्लेषण गर्नुहोस् । यिनलाई निर्मूल पार्न दीर्घकालीन व्यावहारिक र संरचनागत उपायहरू प्रस्ताव गर्नुहोस् ।

२१.
[1]

समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तन एक-अर्कासँग कसरी अन्तरसम्बन्धित छन्? स्पष्ट पार्नुहोस्।

अथवा
२१.
[8]

नेपालका विभिन्न प्रदेशहरूको भौगोलिकता र जनसङ्ख्याको घनत्व वा वितरणमा भिन्नता पाइन्छ। यसलाई उदाहरणका लागि बागमती प्रदेश र कर्णाली प्रदेशको सन्दर्भमा यसरी प्रष्ट पार्न सकिन्छ:

२२.
[8]

नेपालमा गरिबीको वर्तमान अवस्थाको विश्लेषण गर्दै गरिबी न्यूनीकरणका लागि अपनाउनुपर्ने पाँचवटा प्रभावकारी उपायहरू उल्लेख गर्नुहोस्।

Social Studies — नमुना प्रश्नपत्र Set ANEB Exam

Paper Overview & Analysis

Set A

Year

नमुना प्रश्नपत्र

Type

75

Full Marks

32

Pass Marks

3 Hours

Duration

22

Question Items

Question Type Breakdown

Very Short Answer11
Short Answer8
Long Answer3

Group Breakdown

समूह 'क'11 questions · 11 marks
समूह 'ख'8 questions · 40 marks
समूह 'ग'3 questions · 24 marks