Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies

Social Studies

Class 12 - 76 Chapters

Home/Class 12/Social Studies/Question Bank/Class 12 Social Old Question 2082

विषय कोड : 0061

NEB — कक्षा XII

2082

पुरानो प्रश्नपत्र

Social Studies Question Paper 2082 (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 12 Social Studies, 2082 (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

समूह ‘क’

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू

11 Marks[11 x 1 = 11]
१.
[1]

बौद्ध परम्परामा अष्टाङ्गिक मार्ग अन्तर्गत ‘सम्यक् प्रयास’ को अर्थ स्पष्ट पार्नुहोस्।

२.
[1]

रूसी र पश्चिमी परम्परा बिचको समान विशेषता एक बुँदामा स्पष्ट पार्नुहोस्।

३.
[1]

सामाजिक अनुसन्धान प्रतिवेदन तयार पार्दा सन्दर्भ सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुरा एक बुँदामा लेख्नुहोस्।

४.
[1]

सूचना तथा तथ्याङ्कलाई अनुसन्धानको महत्वपूर्ण आधार मानिन्छ, किन? एक बुँदामा स्पष्ट पार्नुहोस्।

५.
[1]

नेपाल मण्डलको अन्तिम राजाको नाम उल्लेख गर्नुहोस्।

६.
[1]

तपाईंको समुदायमा भएको सामाजिक रूपान्तरणलाई कसरी अभ्यास गर्नुभएको छ? आफ्नो अनुभव एक बुँदामा लेख्नुहोस्।

७.
[1]

किशोरकिशोरीमा मोबाइल फोनको प्रयोगबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्न एउटा नारा तयार पार्नुहोस्।

८.
[1]

नेपालको आन्तरिक बसाइँसराइमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी हुनुको कारण के हो? एक बुँदामा उल्लेख गर्नुहोस्।

९.
[1]

नेपालको परराष्ट्र नीतिका कुनै दुई विशेषता लेख्नुहोस्।

१०.
[1]

विश्वव्यापी सङ्घ संस्थाबाट लाभ लिन नेपाल सरकारले गरेका गतिविधिको सम्बन्धमा जानकारी लिन परराष्ट्र मन्त्रालयलाई सोध्न सकिने दुईवटा प्रश्नको नमुना तयार पार्नुहोस्।

११.
[1]

बेरोजगारी समस्या समाधानमा प्राविधिक शिक्षाको महत्व एक बुँदामा लेख्नुहोस्।

समूह ‘ख’

संक्षिप्त उत्तरात्मक प्रश्नहरू

40 Marks[8 x 5 = 40]
१२.
[5]

वैदेशिक चोरी न्यूनीकरणका लागि भएका कानुनी प्रयासलाई व्यावहारिक बनाउन तपाईंले खेल्न सक्ने भूमिका पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

अथवा
१२.
[5]

कम्प्युटर सफ्टवेयर प्रयोग गरी अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई प्रभावकारी बनाउन के कस्ता विषयमा ध्यान पुर्‍याउनुपर्छ? पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

१३.
[5]

जीवन दर्शनको अर्थ उल्लेख गरी यसका कुनै चारवटा विशेषताहरू लेख्नुहोस्।

१४.
[5]

तपाईंको प्रदेशमा अवस्थित धार्मिक तथा ऐतिहासिक स्थललाई स्वच्छ र सफा राख्न आग्रह गर्दै सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस्।

१५.
[5]

नेपालको राणाकालीन राजनीतिक अवस्था प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएता पनि देशको शैक्षिक, कानुनी र सामाजिक क्षेत्रमा सकारात्मक सुधारको थालनी भएको थियो। यसप्रति तपाईंको धारणा पाँच बुँदामा लेख्नुहोस्।

१६.
[5]

सामाजिक विविधताको सम्मानले सामाजिक सद्भाव, सहिष्णुता प्रवर्द्धन गर्छ। उदाहरणसहित पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

१७.
[5]

प्रजातान्त्रिक शासन प्रणालीमा सूचनाको हकको महत्व पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

१८.
[5]

‘अव्यवस्थित सहरीकरणको नकारात्मक प्रभाव हुँदा हुँदै पनि सहरीकरण अपरिहार्य बनेको छ।’ यो भनाइलाई पाँच बुँदामा पुष्टि गर्नुहोस्।

१९.
[5]

शिक्षाको विकासमा समुदायको भूमिका पाँच बुँदामा लेख्नुहोस्।

२०.
[5]

शिक्षाको विकासमा समुदायको भूमिका पाँच बुँदामा लेख्नुहोस्।

अथवा
२०.
[5]

शिक्षाले मानव संसाधनको विकासमा कसरी सघाउँछ? पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

समूह ‘ग’

विस्तृत उत्तरात्मक प्रश्नहरू

24 Marks[3 x 8 = 24]
२१.
[8]

सिर्जनात्मक चिन्तनले व्यक्तिको क्षमता विकास तथा समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, कसरी? आफ्नो अनुभव तथा समाजमा भएका अभ्यासको आधारमा पुष्टि गर्नुहोस्।

२२.
[8]

तपाईं बसोबास गर्ने प्रदेशको भौगोलिक संरचनाले त्यहाँको आर्थिक गतिविधिमा पारेको प्रभाव र चुनौतीहरू उल्लेख गर्नुहोस्।

अथवा
२२.
[8]

विपद् व्यवस्थापनको अवधारणा तथा यसका लागि राज्यबाट गरिएका प्रयासहरू उदाहरणसहित छ बुँदामा स्पष्ट पार्नुहोस्।

२३.
[8]

दिगो विकास लक्ष्य (SDGs) र गरिबी निवारण विषयको सम्बन्ध शीर्षकमा एक लेखको नमुना उल्लेख गर्नुहोस्।

Social Studiesपुरानो प्रश्नपत्र 2082NEB Exam