Class 10 Compulsory Nepali notes and question bank — NEB Exam

Compulsory Nepali

Class 10 - 11 Chapters

विषय कोड : 1021

NEB — कक्षा X

2082 SP

पुरानो प्रश्नपत्र

Class 10 Compulsory Nepali पुरानो प्रश्नपत्र 2082 SP

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This old question paper is for Class 10 Compulsory Nepali, 2082 SP (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).

१.
[२]

समूह 'क' मा दिएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क': समूह 'ख':

रद्दी दुब्लो

उदात्त झझल्को

आभास अनुहार

जुम्सो काम नलाग्ने

सिपालु

उदार

२.
[२]

दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

आउँदो साल विगतका समयभन्दा रमाइलो हुने आशा छ । प्रविधिको पहुँचले मानिसलाई दिन प्रतिदिन सुखी र खुसी बनाएको छ । यसकारण हरेक पलमा मानिस रमाउन चाहन्छ ।

(क)

'चाहना' को पर्यायवाची शब्द ............... हो ।

(ख)

'आगत' को विपरीतार्थक शब्द ............... हो ।

(ग)

अनेकार्थी शब्द ............... हो ।

(घ)

'समय' को लघुतावाची शब्द ............... हो ।

३.
[२]

दिएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

सबैले नेपाली विषयको परियोजना कार्य मिलकर गर्यौँ । सुरुमा कतिपय साथी सक्रिय भएनन् । शिक्षकले एक हातले ताली बज्दैन भनेपछि सबैले आआफ्ना काम खुरुखुरु गर्न थाले । एकले थुकी सुकी सयले थुकी नदी भने झैँ समूहमा मिलकर काम गर्दा नतिजा राम्रो आयो र हामी खुसीले गदगद भयो ।

४.
[१]

दिएका शब्द समूहबाट शुद्ध शब्द छाानी लेख्नुहोस् :

(क)

(अ) (i) बिविधता (ii) बिबिधता

(iii) विविधता (iv) विविधीता

(ख)

(आ) (i) पञ्चतत्व (ii) पंचतत्व

(iii) पञ्चतत्त्व (iv) पन्वतत्व

(ग)
[२]

दिएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :

आजका सफल नागरीक सुचना र प्रविधिमा परिचित पोख्त र दक्षय हुनुपर्छ ।

५.
[३]

दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

सानी मेलाबाट साथीसँग गफ गर्दै घर गई र ऊ ठुली दीदीसँग मिलेर खुरुखुरु काम गर्न थाली ।

६.
[२+२=४]

दिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

आयुर्वेद उपचार पद्धतिले मानवीय स्वास्थ्य सुरक्षामा विशेष जोड दिन्छ । ग्रामीण र सहरीरियन जीवनलाई सुमधुर बनाउन यसकी भूमिका ठूलो छ ।

(ख)

दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

बुबाले हामी दीदीभाइलाई भैझगडा नगरी काम गर्न भन्नुभयो । हामी पनि डोकोनाम्लो बोकेर खेतबारीतिर गयौँ । बुबा खाजासाजा बनाउन थाल्नुभयो । धारामा लामो पुच्छर भएको चरो आएर बस्यो । आमा त्यसलाई धपाएर गाईको गोठतिर जानुभयो । हामी सबैले आआफ्ना काम राम्ररी गर्यौँ ।

७.
[२]

दिएका वाक्यलाई भविष्यत् कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् :

तिमी हरेक दिन पुस्तकालय जानछौ । तिमी मन पर्ने पुस्तक खोजी खोजी पढ्छौ । तिमी पढेका पुस्तकका विषयमा साथीसँग छलफल गर्छौँ । तिमी साथीलाई पुस्तक पढ़्न प्रेरणा दिन्छौ ।

८.
[२]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

सम्भावनाथक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको वर्णन गर्नुहोस् :

(ख)

दिएका तृतीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

उसले धेरै पढेको छ । ऊ सबै साथीलाई पढ़ने सल्लाह दिन्छ । ऊ पढेको कुरालाई व्यवहारमा प्रयोग गर्छ । ऊ आफूलाई सबैतिर चिनाउन चाहन्छ ।

९.
[४]

कोष्ठकमा दिएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क)

रामभरोस बजार गएर सामान किन्छ । (वाक्य विश्लेषण)

(ख)

मैले उपन्यास पढें । (कर्मवाच्य)

(ग)

भाइले खानेकुरा खायो । (प्रेरणार्थक)

(घ)

बाबाले भन्नुभयो, "सबैले घरको काम गर्नुपर्छ ।" (प्रत्यक्ष कथन)

१०.
[४]

दिएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे । मुरलीधर रोएको देखेर श्रीधरका ज्यान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छाम्मे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, "बिसेक हुन्छ वा हरेस नखानु । आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन । बरु अब यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गर्न लैजान्छु ।"

प्रश्नहरू :

(अ)

'भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे ।' यस वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।

(आ)

रेखाङ्कित 'मुरलीधरले' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् :

(इ)

'बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् :

(ई)

'उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् :

११.
[४]

दिएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

नेपाललाई जलस्रोतका दृष्टिले धनी देश मानिन्छ । हिमाल, पहाड र तराईमा फैलिएका सयौँ नदी, खोलास्, झरना तथा मुहानले नेपाललाई जलसम्पदामा सम्पन्न बनाएका छन् । पानीको मात्रा र नदीको बहाбка आधारमा विश्व जलसम्पदामा नेपालको उल्लेखनीय योगदान छ । नेपालमा बहने नदी प्रायः हिमाली क्षेत्रबाट उत्पन्न हुने भएकाले वर्षभरि निरन्तर पानीको प्रवाह भइरहन्छ । यही जलस्रोतले नेपाललाई आर्थिक, सामाजिक तथा पर्यावरणीय रूपमा विकास गर्ने ठूलो आधार प्रदान गर्छ । विशेष गरी जलविद्युत् उत्पादन, सिँचाइको विस्तार, खानेपानी आपूर्ति, पर्यटन प्रवर्द्धन तथा जल यातायात आदि क्षेत्रमा नेपालको जलस्रोतको उपयोगको ठूलो सम्भावना छ । सिँचाइको पहुँच बढेमा कृषि उत्पादनमा गुणात्मक वृद्धि हुन सक्छ । यसले मुलुकलाई आत्मनिर्भर बन्न मद्दत गर्छ । जलस्रोतको उपयोग गरी अधिकतम जलविद्युत् उत्पादन गर्नुपर्छ । उत्पादित जलविद्युत् उपयोग भएमा नेपालले विदेशी ऊर्जामा निर्भरता घटाउन सक्छ । अतिरिक्त विद्युत् निर्यात गरी आर्थिक आय वृद्धि गर्न पनि सक्छ । जलवायु परिवर्तनले जलस्रोत संरक्षण र वैज्ञानिक व्यवस्थापनमा चुनौती थपिएका छन् । यदि नेपालले जलस्रोतलाई सुव्यवस्थित रूपमा विकास गर्न सफल भयो भने मुलुकको उज्ज्वल आर्थिक भविष्य निर्माण गर्न सकिन्छ ।

(क)

नेपालका प्रमुख जलस्रोत के के हुन् ?

(ख)

नेपालमा नदीको प्रवाह किन वर्षभरि भइरहन्छ ?

(ग)

जलस्रोतले कृषि क्षेत्रमा कस्तो सुधार ल्याउन सक्छ ?

(घ)

जलविद्युत्को विकासले नेपालको आर्थिक भविष्यमा कसरी प्रभाव पार्न सक्छ ?

१२.
[४]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिएका बुँदाका आधारमा कथा तयार पारी शीर्षक समेत लेख्नुहोस् :

कुनै वनमा धेरै परेवा बस्नु ...... वनको नजिकै किसानको खेत हुनु ...... परेवा सधैँ खेतमा गई धान खाने गर्नु ...... किसानले परेवालाई जाल थार्नु ...... परेवामध्ये बुढो परेवाल्जे जाल देख्नु ...... उसने अरू परेवालाई सतर्क गराउनु ...... बुढो परेवाबाहेक अरू सबै जालमा पर्नु ...... जालमा परेका परेवािले पछुताउँदै जालबाट बचाउने जुक्ति निकाल्न बुढो परेवालाई अनुरोध गर्नु ...... किसान आएर जाल झिक्ता सबैले मरे जस्तै गर्नु र जाल झिकेपिछि सबै एकै साथ उड्नु भन्ने सल्लाह दिनु ...... बुढो परेवाको सल्लाहअनुसार सबै परेवाल्जे त्यस्तै गर्नु ...... सबै परेवा बाँच्नु ।

(ख)

वडास्तरीय खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्दा तपाईंको मनमा उठेका भावना समेटेर एउटा मनोवाद लेख्नुहोस् ।

१३.
[४]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

'जानकी पुस्तक पसल' धनुषाका तर्फबाट कक्षा १० का अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै जनक शिक्षा सामग्री केन्द्र, लिमिटेड, सानोठीमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।

(ख)

अर्गानिक मह उद्योगद्वारा उत्पादित शुद्ध महको व्यापार प्रवर्द्धनका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् ।

१४.
[२]

दिएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :

कर्तव्यभन्दा अधिकार नै महान् छ । (व्यक्तिगतको व्यक्तित्व विकास र कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तिगत विकास र कर्तव्यका लागि अधिकार निम्ता अनिवार्य कुरा हो । कर्तव्यको फूल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र व्यक्तिको सक्दो व्यक्तिगत उज्ज्यालो बन्छ । साना छोरा राख्o लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अधिक हुर्दी जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पहिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुँदा अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको अधिकार विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुने त परिवार, समाज र राज्यको समेत विकास हुन हो ।

१५.
[३]

दिएको अनुच्छेदबाट एक तृतीयांशामा सारांश लेख्नुहोस् :

मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकاउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लग्न प्रेरित गर्दै कुनै कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ । ज्ञान र विज्ञानले युक्त शिक्षाको आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । जस्ता विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुऱ्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण परिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारको क्षमता हुनु जरुरी छ भन्नेलाई लाग्छ । त्यस्ता व्यक्तिमा प्रतिकूल परिस्थितिमा शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई आफैँ व्यवस्थापन गर्ने र परिस्थितिदै धैर्यपूर्वक सामना गर्ने विशेषता हुनु जरुरी छ । साथै नेतृत्व गर्ने क्षमता, अनुशासन, सत्य र त्रुटि बुझ्ने क्षमता, निरन्तर सुधार गर्ने क्षमता शिक्षित व्यक्तिमा देखिनु जरुरी छ ।

१६.
[४+४=८]

दिएको प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

पहाडले भन्छ पसिना पाए म स्वर्ग बुलाउँदै

तराई भन्छ सिँचाइ पाए म सुन बुलाउँदै

छे र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए

सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।

(अ)

पहाडलाई पसिना र तराईलाई सिँचाइ किन चाहिएको छ ?

(आ)

'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ' भन्नुको तात्पर्य के हो ?

(ख)

दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

जे होस् ल, आफ्नै कुरा गरूँ, धेरै पटक भैसक्यो, एउटै लेख तपाईंले मसित माग्नुभएको तर पटकेपिच्छे मैले 'पख्नोस्' भन्दै आएको छु, पर्खाइएको छु। सम्पादक जस्तो मान्छेलेपनि जमिनदार कहाँ ऋण माग्न गएको जैरे काहिँलो भैं पटके पिच्छे लुत्रे कान लगाएर फर्किनुपर्दा जङ्ग चलनु स्वाभाविकै हो। जङ्गबहादुरदेखि जङ्गबहादुर बने पनि के लाग्छ र ? अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षि राखेर तपाईंले पर्खनुपर्छ। चिल्लो शब्दमा तपाईंले धैर्य गर्नुपर्छ। अझ भनुँ भने भुल्नुपर्छ, धाउनुपर्छ, पर्खनुपर्छ। सभ्य शिक्षित चिल्लो शब्द प्रयोग गर्छन्। आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन्।

(अ)

निबन्धशंशमा शिक्षित मानिसलाई किन व्यङ्ग्य गरिएको हो ?

(आ)

कसैसंग काम लिनका लागि पर्खने पर्ने चलन हटाउन के गर्नुपर्छ ?

१७.
[४]

राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त ? कथाका आधारमा तर्क दिएर लेख्नुहोस्।

१८.
[४]

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

(क)

उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ

आदर्श नमुना मान्छन् विश्वमा तिनै ।

(ख)

बन्दुकभन्दा कलम र कुचो बलियो हुन्छ।

१९.
[७]

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क)

दिएको जीवनीको अंश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

देवकोटाले साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिको दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःख सागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै 'भिखारी' कवितामा मानवतावाद र कर्मवादको शङ्खनाद गरे ।

लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका क्षेत्रमा दिएको योगदानको समीक्षा गर्नुहोस् ।

(ख)

दिइएको एकाङ्कीको अंश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

किन बस्ने यहाँ एक गाँस खानका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइको गरीबीमा । जति पसिना बगाउनुपरे पनि आफ्नै घरवारीमा बगाऔंला । एक गेड़ा भर्क भए पनि आफ्नै माटोमा उब्जाउँला । यसरी सबैको हेलाहोँचो भएर म त बस्दिनँ यहाँ ।

'घरको माया' एकाङ्कीमा बताएसा कस्तो देशप्रेमको भावना प्रस्तुत गरिएको छ ? माथिको अंश र पाठको आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।

२०.
[७]

कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

(क)

ज्येष्ठ नागरिकप्रति मेरो दायित्व

(ख)

लोकतन्त्र र मानव अधिकार

(ग)

पुस्तकालयको महत्त्व

Compulsory Nepali — पुरानो प्रश्नपत्र 2082 SPNEB Exam

Paper Overview & Analysis

2082 SP

Year

पुरानो प्रश्नपत्र

Type

75

Full Marks

32

Pass Marks

3 Hours

Duration

45

Question Items

Question Type Breakdown

Short Answer45