Class 10 Compulsory Nepali notes and question bank — NEB Exam
Home/Class 10/Compulsory Nepali

Compulsory Nepali

Class 10 - 11 Chapters

Home/Class 10/Compulsory Nepali/Question Bank/Compulsory Nepali Old Question 2082 ko.p

विषय कोड : 1021

NEB — कक्षा X

2082 ko.p

पुरानो प्रश्नपत्र

Compulsory Nepali Question Paper 2082 ko.p (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 10 Compulsory Nepali, 2082 ko.p (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

१.

दिइएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर लेख्नुहोस् :

[२]

समूह 'क'

समूह 'ख'

अजस्र

कामको तौरतरिका

फसाद

धेरै

निष्ठा

समृद्धि

भाँती

दँसी

आस्था

झमेला

२.
[२]

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

एक दशकपछि विनय विदेशबाट स्वदेश फर्कियो। उसले आफ्नै गाउँमा बसेर आर्थिक प्रगति हुने काम गर्ने सोच राख्यो। उसले सरकारलाई कर तिरी असल उद्यमी बन्ने निर्णय गर्यो।

(क)

'उन्नति' को पर्यायवाची शब्द ............ हो।

(ख)

'विदेश' को विपरीतार्थक शब्द ............ हो।

(ग)

अनेकार्थी शब्द ............ हो।

(घ)

'दश वर्षको अवधि' जनाउने पदावलीको सिङ्गो शब्द ............ हो।

३.
[२]

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

समयमै आफ्नो काम फटाफट फत्ते गर्ने व्यक्तिको उन्नति चाँडै हुन्छ । कानमा तेल हालेर बस्ने प्रवृत्तिले व्यक्ति, समाज र राष्ट्रको अपेक्षित उन्नति हुँदैन । त्यसैले खुरुखुरु आफ्नो काममा ध्यान दिनु बुद्धिमानी हुन्छ ।

४.
[१]

दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

(क)

(अ) (i) चिरन्जीवी

(ii) चिरञ्जीवी

(iii) चिरञ्जीवी

(iv) चिरजीवी

(ख)

(आ)

(i) शशक्त

(ii) सशक्त

(iii) पशक्त

(iv) सशवत

(ग)

दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्

प्राचिन ऋषीमुनिले अनेकौँ सभ्यता संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योती संसार भर फिंजाए ।

५.
[३]

दिइएको अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

विद्वान्ले देशको विकास हुँदा देशवासीको भलो हुने विचार व्यक्त गरे । हामी सबै आफ्नो राष्ट्रप्रति इमानदार र कर्तव्यनिष्ठ हुनुपर्छ भन्ने धारणा पनि उनले प्रस्तुत गरे ।

६.
[२+२=४]

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

नेपालमा हिमाली सौन्दर्यको स्वर्गीय आनन्द अनुभव गर्न पाइन्छ । यहाँ नेपालीको हार्दिकतामा चुलुम्म डुब्न पाइन्छ । तसर्थ, विदेशी पर्यटक नेपाललाई आफ्नो यात्राको उत्कृष्ट गन्तव्य बनाउन चाहन्छन् ।

(ख)

दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

हिजो बिहानै डाँडाघरे सान्दाइ देवघाट धामतिर हिँडे । बाटाका लागि खर्च कटाएर भए पनि परिवारलाई तीन नदीको समूह भएको स्थानबाट मर्मसला हालेको मिठाईसिठाई ल्याइदिउँला भन्दै उनी झोलासोला बोकेर बाटो लागे ।

७.
[२]

दिइएका वाक्यलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् :

ऊ बन्दीपुर गयो । उसले कम्बलार चढ्यो । ऊ त्यहाँको सुन्दरता देखेर रमायो । ऊ खुसी भएर घर फर्कीयो ।

८.
[२]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क)

सम्भावनाथक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाको वर्णन गर्नुहोस् :

(ख)

दिइएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् : हम्रो नेपाली हौ । हामी स्वाभिमानी छौं । हामी मुलुकमा शान्ति र विकास चाहन्छौं । हामी स्वदेशको उन्नतीमा लाग्छौं ।

९.
[४]

कोष्ठकमा दिएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क)

पोखरा नेपालको एक सुन्दर स्थल हो । पर्यटक पोखरा घुम्न रुचाउँछन् । (वाक्य संश्लेषण)

(ख)

विद्यार्थी शान्त वातावरणमा परीक्षा दिँदै छन् । (कर्मवाच्य)

(ग)

पर्यटक सगरमाथाको आरोहण गर्छ । (प्रेरणार्थक)

(घ)

बुबाले छोरालाई भन्नुभो, "तिमी स्वदेशमै बसेर पढ ।" (प्रत्यक्ष कथन)

१०.
[४]

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिले व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हकका राखी, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा व्यक्तित्वको फूल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको समग्र व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पढिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो।

प्रश्नहरू:

(अ)

'यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ ।' वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।

(आ)

रेखाङ्कित 'बगैँचामा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।

(इ)

'उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।

(ई)

'अधिकारको बगैँचामा व्यक्तित्वको फूल फुल्छ ।' वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

११.
[४]

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

बाढी, पहिरो, खण्डवृष्टि, अल्पवृष्टि, अतिवृष्टि आदि प्राकृतिक प्रकोपका रूप हुन् । बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, जलवायु परिवर्तन र वैज्ञानिक उन्नतिका कारण विभिन्न किसिमका वातावरणीय समस्या उत्पन्न भएका छन् । जलचर, थलचर सबै प्राणी जगत् प्रभावित भएका छन् । यस्ता समस्याबाट पैदा हुने वातावरणीय असन्तुलनको खतराबाट जोगाउने कार्यमा वनजङ्गलको ठूलो भूमिका हुन्छ । यसले प्राणीलाई सास फेर्न आवश्यक पर्ने अक्सिजन दिई प्राकृतिक सुन्दरता बढाउने कामसमेत गर्छ । वनजङ्गलकै कारणले जलाधार क्षेत्र सुरक्षित रहन्छन् भने भूक्षय नियन्त्रण गर्ने कार्य पनि यसैबाट सम्भव छ । जङ्गल आफैमा प्राकृतिक सम्पदा हो । यसको संरक्षण र सदुपयोग गरी बाढी, पहिरो, भूक्षय जस्ता समस्याको न्यूनीकरण गर्नु आवश्यक छ । 'जहाँ जङ्गल त्यही मङ्गल', 'हरियो वन नेपालको धन' जस्ता उक्तिलाई सार्थक पार्न पनि वनजङ्गलको संरक्षणमा जोड दिनु जरुरी छ । यसका लागि जनचेतना बढाउनुका साथै वृक्षरोपण कार्यमा ध्यान दिनुपर्छ । जथाभावी चरन र चोरी पैठारीमा नियन्त्रण गर्नुपर्छ । सामुदायिक वनको अवधारणालाई प्राथमिकता दिई बन संरक्षण गर्नलाई पुरस्कार र यसको विनाश गर्नेलाई दण्डको व्यवस्थसमेत गरिन्छ अपरिहार्य छ।

प्रश्नहरू:

(अ)

प्राकृतिक प्रकोप भनेको के हो ?

(आ)

वातावरणीय समस्याका कारण के के हुन् ?

(इ)

वनजङ्गलको संरक्षण किन गर्नुपर्छ ?

(ई)

वातावरणीय समस्यालाई समाधान गर्न वनजङ्गलले कसरी सहयोग गर्छ ?

१२.
[४]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क)

दिएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमवेत लेख्नुहोस् :

नाम : भूपि शेरचन

जन्मस्थान : गण्डकी प्रदेश, मुस्ताङ जिल्ला, थাকदकुचे गाउँ

जन्ममिति : वि.सं. १९९२ पुस १२ गते

पिता/माता : सुब्बा हितमान शेरचन / पद्मकुमारी शेरचन

शिक्षा : स्नातकसम्मको औपचारिक अध्ययन

प्रवृत्ति : स्वच्छन्दतावादी प्रगतिवादी धाराका उत्कृष्ट कवि, युगीन विसङ्गति र विकृतिप्रति तीव्र सिरोध, मानवीय दुःख र वेदनालाई कवितामा उतारुँ, व्यङ्ग्यवादी चेत, प्रकृति प्रेम, देशप्रेम, प्रखर क्रान्तिचेतना, झ्याउरे तथा गद्य लयमा लोकप्रिय कविता सिर्जना, उत्कृष्ट गीतकार, सुधारवादी चेतना, प्रतीक र बिम्बको सुन्दर प्रयोग, सरल र सरस भाषाशैली ।

कृति : 'परिवर्तन', 'निर्भर', 'नयाँ झ्याउरे', 'घुम्ने मेचमाथि अन्धो मान्छे' आदि ।1

पुरस्कार : साझा पुरस्कार

मृत्यु : वि.सं. २०४६ जेठ १ गते, काठमाडौँ ।

(ख)

'जलवायु परिवर्तन' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् :

१३.
[४]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क)

आफ्नो टोलको कच्ची बाटोका कारण उत्पन्न भएका समस्याबारे अवगत गराउँदै उक्त बाटोलाई यथाशीघ्र अलकपत्रे बाटो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण मागि कुनै एक राष्ट्रिय दैनिकका सम्पादकलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् :

(ख)

स्थानीय बनस्पतिको प्रयोग गरी तयार पारिएको एक सुगन्धित अगरबत्ती उत्पादक कम्पनीका बिक्री गर्ने विज्ञापनको नमुना तयार पार्नुहोस् :

१४.
[२]

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारवटा बुँदा टिप्नुहोस् :

आयुर्वेदिक उपचारका अनेकों विशिष्ट पक्ष छन् । यसमा विरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । रोगको उपचार गर्दा मन र शरीरलाई पूर्ण रूपमा छुट्याउन सकिँदैन भन्ने मान्यताअनुसार रोगीको मन र शारीरिक प्रकृतिअनुरूप उपचार गरिन्छ पनि यसको विशेषता हो । आयुर्वेदिक औषधीले आफैमा ताकत र रसायनको पोषण प्रदान गर्ने, विरामी र स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो । आहार, बिहार र आचारसंहितामार्फत रोगले आक्रमण नगरोस् भनी रोगप्रतिरोधो औषधी र आहारमा जोड दिनु पनि यसको विशेषता हो।

१५.
[३]

दिएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

सुन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौँ मानिसको सफल शल्यक्रिया गरिसकेका छन् । यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई 'दृष्टिका देवता' मानेका छन् । नेपालको नवीन प्रविधि 'रुइतेक्टोमी' का रूपमा यो उपचार पद्धति एसिया, दक्षिण अमेरिका, अफ्रिकागत विभिन्न देशमा प्रयोगमा छ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गएको छ । उन्होंने मोतिबिन्दुको शल्यक्रिया भिडियोमार्फत बबथ्र्य सम्मप अनिस्थित भएर संसारभरिका डाक्टरलाई सिकार्दै आएका छन् । उत्तर कोरियामा उनले गरेको काम नेसनल जियोग्राफिक्सले एउटा वृत्तचित्रका रूपमा प्रसारण गरेको थियो । उनले पुऱ्याएका योगदानस्वरूप तिलगङ्गा आँखा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ । यसमार्फत उनले पुऱ्याएको मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै विश्वका प्रसिद्ध समाचार माध्यमले यसको प्रचारप्रसार गरेका छन् ।

१६.
[४+४=८]

दिएका प्रश्नको उत्तर लेख्नुहोस् :

दिएको कवितांश पढ़ी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ

नेपाली भाषा संस्कृति कला साहित्य बाँच्ने छ।

यसैले आऊ नेपाललाई बलियो बनाऊँ

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ॥

(क)

प्रश्नहरू:

(अ)

नेपाल बाँचमा हाम्रा के के कुरा बाँच्ने छन् ?

(आ)

हामीले आफ्नो श्रम र सिप किन स्वदेशमै लगाउन आवश्यक छ ?

(ख)

दिएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(अ)

एकाङ्कीका पात्रले किन आफ्नै देश फर्किने कुरा गरेका हुन् ?

(आ)

माथिको एकाङ्कीको अंशको आशय के हो

१७.
[४]

शत्रु नभएको मानिस हुन्छ कि हुन्न? 'शत्रु' कथाका आधारमा आफ्ना तर्क दिएर लेख्नुहोस्।

१८.
[४]

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

(क)

ईर्ष्यादिप हटाइए जो अर्छन् प्रेम सौरभ

तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव।

(ख)

शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड़ने शिक्षा आजको आवश्यकता हो।

१९.
[७]

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क)

दिइएको जीवनीको अंश पढी सोधिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

माथिको अंश र पाठका आधारमा लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको समीक्षा गर्नुहोस्।

(ख)

दिइएको कथांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

माथिको कथांश र पाठका आधारमा मुर्लीधरको चारित्रिक विशेषताको चर्चा गर्नुहोस्।

२०.
[७]

कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

(क)

सभ्य समाज निर्माणमा मेरो भूमिका

(ख)

सामाजिक सञ्जालको सदुपयोग

(ग)

देशको आर्थिक विकासमा पर्यटन व्यवसाय

Compulsory Nepali — पुरानो प्रश्नपत्र 2082 ko.pNEB Exam

Paper Overview & Analysis

2082 ko.p

Year

पुरानो प्रश्नपत्र

Type

75

Full Marks

32

Pass Marks

3 Hours

Duration

45

Question Items

Question Type Breakdown

Short Answer45