विषय कोड : 1021
NEB — कक्षा X
2082 GP
पुरानो प्रश्नपत्र
Class 10 Compulsory Nepali पुरानो प्रश्नपत्र 2082 GP
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This old question paper is for Class 10 Compulsory Nepali, 2082 GP (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).
दिएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर लेख्नुहोस् :
समूह 'क' मा दिएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क' समूह 'ख'
झपेडी तयार भएको
मौजा कुनै वस्तु वा कुरालाई राम्ररी खाने काम
उद्यत जमिन
चक्षु अत्यधिक परिश्रमबाट हुने थकान
केही नरहने गरी हटाइएको
आँखा
दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
हिजोका दिन दुःख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो। आफ्ना आमाबुबा र गुरुको आज्ञाकारी बन्ने मानिस जीवनमा सधैँ सफल हुन सक्छ। अझ दूरदर्शी बन्न सके जीवनमा सुख पाइन्छ।
'मनुष्य' को पर्यायवाची शब्द ............... हो।
'रात' को विपरितार्थक शब्द ............... हो।
अनेकार्थी शब्द ............... हो।
'पछिसम्म हुने कुरामा विचार पुर्याउने'पदावलीको सिङ्गो शब्द ............... हो।
दिएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
कसैले मोबाइलमा सन्देश पठाएर बैंक खाता र व्यक्तिगत विवरण मागेपछि शुकमानले मनमनै सोध्यो, "हेर शुक ! यो तेरो भाग्य चम्केको हो। तेरो तालुमा आलु फल्दै छ।ठालु पल्टेर यसलाई स्वीकारिनस् भने तेरो खातामा आउने २५ लाख आउने छैन।"
दिएका शब्द समूहबाट शुद्ध शब्द छाानी लेख्नुहोस् :
(अ) (i) विशेषज्ञ, (ii) विषेशज्ञ,
(iii) विसेमज्ञ (iv) विशेष्ज
(आ) (i) प्रवेश, (ii) प्रवेष,
(iii) प्रवेश, (iv) पन्वेश
दिएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
बतासेले भनिन्, "हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास् हिमालको बतासमा मिलाए, हामिपनि त्यस्तै गरौला।"
दिएका वाक्यमा रेखाङ्कन गरिएको शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
तिमी दुई जना विवाहपछि पनि आमासँग बस्नुपर्छ। यो बुढेसकालमा ती आमालाई छोडेर जान पाउन्नौ।
दिएका प्रश्नको उत्तर लेख्नुहोस् :
दिएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आयुर्वेदिक उपचार गर्न हिँडेका संयमले बाटामा पाल्पाली बटुवालाई भेटेपछि सम्मानपूर्वक अभिवादन गर्दै सोधे, "ख्यातिप्राप्त आयुर्वेदिक चिकित्सक यता कतै बससाई सर्नुभएको छ रे नि, हजुरलाई थाहा छ?"
दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदাবলী पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
हामी नेपाली श्रमजीवी र कर्मवीर छौँ। हामी हात र खुट्टा चल्उन्जेल पाप र पुण्यको ख्याल गर्दै जालभेल नगरी कर्मको क्षेत्रमा लाग्छौँ। समाजमा बस्दा कहिले ससाना त कहिले ठुलठुला समस्या आइपर्छन्। त्यस्ता समस्या भैझगडा गरेर होइन, आपससमा सरसल्लाह गरेर समाधान गर्छौँ।
दिएका वाक्यलाई वर्तमान कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् :
विद्यार्थी दिनहुँ पुस्तकालय गए। उनीहरूलाई आउनुपर्ने सामग्री खोजी खोजी पढे। पढेका विषयवस्तुबारे सबै साथीसँग छलफल गरे। उनीहरूले नबुझेका कुरा शिक्षकलाई सोधे।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
इच्छार्थ्य भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा देशको उन्नतिका बारेमा वर्णन गर्नुहोस्
दिएका तृतीय पुरुषका वाक्यलाई वाक्य ढाँचासहित द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :
उनीहरूले देश विदेशका समाचार पढे। उनीहरूले संसारमा भएका सामाजिक परिवर्तनबारे जानकारी पाए। उनीहरू सही र गलत छुट्याउन सक्ने बने। समाजको भलाई हुने काम गर्न थाले।
कोष्ठकमा दिएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
नेपालीहरू स्वदेशमा बस्नुपर्छ। देशको विकास गर्नुपर्छ। (वाक्य संश्लेषण)
मुस्कान चेपाडले किताब किनिन्। (कर्मवाच्य)
अनुराग क्रिकेट खेल्छन्। (प्रेरणार्थक)
छिरिङ्गले भन्यो, "हामी कृषिमा आत्मनिर्भर हुनुपर्छ।" (प्रत्यक्ष कथन)
दिएको अनुच्छेद पछि सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
तिनै नै भन्नोस न, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति घोत्लिरहुन्, वैज्ञानिक जति घोट्टिरहुन् मलाई त लाग्छ, बाँच्नुको पर्याय नै पर्खनु हो। सोझै कुरा गरूँ भने पनि हेर्नास्, दसौँ महिना आमाको गर्भमा गुँड्लिएर नपर्खी तपाइँले सूर्यदर्शनको साइत फेला पार्नुभएन। यसरी नजन्मेदेखि पर्खिँदै आउनुभएको तपाइँले सायद किशोर भएपछि विद्यालयमा शिक्षकलाई कैयौँ दिन पर्खनुभयो। त्यसैले पर्खाइबाटै सुरु भएको तपाइँ हाम्रो जिन्दगी यता र उता, यसलाई र उसलाई पर्खंदा आज कताबات यहाँ आइपुगेको छ।
प्रश्नहरू :
'कहाँ पर्खाइ चल्दैन ?' यस वाक्यलाई करणमा परिवर्तन गर्नुहोस्।
अनुच्छेदमा रेखाङ्कित 'विद्यालयमा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस्।
'तपाइँले सूर्यदर्शनको साइत फेला पार्नुभएन ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गर्नुहोस्।
'तपाइँ किशोर भएपछि विद्यालयमा कैयौँ दिन शिक्षकलाई पर्खनुभयो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस्।
दिएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
वर्तमान समाज वैज्ञानिक चिन्तनतर्फ उन्मुख हुँदै गइरहेको छ। त्यसैले अब हाम्रो संस्कृति पाप, पुण्य, स्वर्ग, नरक आदिका आधारमा निर्धारित हुनुहुँदैन। अब पापको हाउगुजीमा मात्र संस्कृति बाँचदैन। अब त विज्ञानका सापेक्षतामा मानिसका आवश्यकता, खुसी, सुखी र मनोरञ्जनका रूपमा संस्कृतिलाई ग्रहण गरिन्छ। अहिले विज्ञानको सापेक्षतामा नै जीवनको व्याख्या हुन्छ। विज्ञान सत्य र तथ्यमा आधारित हुन्छ र यसले प्रामाणिकतामा विश्वास गर्छ। कुनै कुराको अवलोकन जाँच र परखका आधारमा मात्र सत्यनजिक पुगिन्छ भन्ने मान्यता विज्ञानको छ। तसर्थ, अबको संस्कृति विज्ञानबन्दै पर रहन सकिँदैन। हिजो हामीले मानेका कतिपय कुरा आज अन्धविश्वासमा परिणत भएका छन्। त्यसैले अबको संस्कृति अनुमान र अन्धविश्वास होइन, मानव हितका लागि विज्ञानसम्मत हुन आवश्यक छ। यसप्रति हामी सबै सचेत बन्नु जरुरी छ।
प्रश्नहरू :
परंपरागत संस्कृतिका आधार के के हुन् ?
वर्तमान समाजले संस्कृतिलाई कुन रूपमा ग्रहण गर्न थालेको छ ?
विज्ञानले किन तथ्यमा विश्वास राख्छ ?
हाम्रो संस्कृतिको संरक्षण र संवर्द्धन कसरी गर्न सकिन्छ ?
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
दिएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेट लेख्नुहोस् :
नाम : भवानी भिक्षु
जन्म : वि.सं. १९६६ जेठ २१, तौलिहवा
मातापिता : यशोदादेवी, इन्द्रप्रसाद गुप्ता
शिक्षा : हिन्दी साहित्यमा 'साहित्य कुलभूषण' परीक्षा उत्तीर्ण
कृति : 'गुनकेसरी', 'मैयाँसाहेब', 'आवर्त', 'अवान्तर', (कथासङ्ग्रह), 'आगत', 'पाइ नं. २' र 'सुन्तली' गरी तीनओटा उपन्यास
सेवा : नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य भएर सेवा गरेका, नेपाली भाषा साहित्यलाई माया गर्ने
पुरस्कार : मदन पुरस्कार (२०३२), साझा पुरस्कार (२०३२), त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६)
निधन : वि.सं. २०३८ वैशाख ४, काठमाडौँ
'सामाजिक सञ्जालको प्रभाव' शीर्षकमा दुई जना पात्रबीच भएको कुराकानीको विषयवस्तु समेटी संवाद तयार पार्नुहोस् :
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
आफ्नो समाजमा देखिएको कुनै एक सामाजिक समस्याका बारेमा जानकारी गराउँदै टोलवासीका तर्फबाट स्थानीय पत्रिकाका सम्पादकलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् :
विद्यालयले आयोजन गरेको जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रमुख अतिथिका रूपमा उपस्थित भइदिन अनुरोध गर्दै पालिका प्रमुखलाई लेखिने निमन्त्रणापत्रको नमुना तयार पार्नुहोस् :
दिएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ। यसलाई हाम्रो भित्री हृदयको नयन पनि भन्छि। यो हाम्रा बाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक्, महान् र तेजवान् छ। हामीसँग भएको यही ज्ञानचक्षुबाट हामीले शिक्षा आर्जन गर्छौँ, कुनै कुरा सुन्छौँ र सिक्छौँ, समाज र प्रकृतिमार्फत सैद्धान्तिक र व्यावहारिक ज्ञान निरन्तर आर्जन गरिरहन्छौँ। प्रकृति, संस्कृति र सभ्यताका दृष्टिले सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतितर्फ लम्कँदै छ। शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ। यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारेमा समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ।
दिएको अनुच्छेदबाट एक तृतीयांशामा सारांश लेख्नुहोस् :
सन्दुक रुइत आँखाको डाक्टर भएपछि मोतीविन्दुको शल्यक्रियामा सक्रिय भए। शल्यक्रिया गर्ने प्रविधि पुरानो थियो। जुन प्रविधिबाट मोतीविन्दुको उपचार गरिन्थ्यो त्यसबाट बिरामीलाई पीडाबोध मात्र नभई रोग बल्झिने समस्या पनि हुन्थ्यो। आँखा लेन्स रहने पद्धति निकै महँगो थियो। बिरामीले उपचार र शल्यक्रियापछि पनि बाक्लो सिसा भएको चश्मा लगाउनुपर्थ्यो। रुइत सरल र सस्ता पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे। त्यसैले सम्भव बनाएर ठाउँ ठाउँमा पुगेर आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे। यो प्रविधि सबैभन्दा सस्तो र भरपर्दो साबित भयो। यही प्रविधि अन्तर्राष्ट्रिय जगतमा नेपाली प्रविधि अर्थात् 'रुइक्टोमी' का रूपमा विश्वभर चर्चित छ।
दिएका प्रश्नको उत्तर लेख्नुहोस् :
दिएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
कृष्ण राय विचार गर्न थाले, "यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, झगडा फसादमा रहिनँ।" उनलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन। सब तन्दरा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन। उनले बिछ्यौनाबाट निहुरिकन त्यस टुक्रालाई टिपे, हेरेर गन्न थाले, "को मेरो शत्रु हुन सक्छ?"
कृष्ण रायले आफूलाई शत्रुरहित ठान्नुको कारण के हो ?
कथामा कृष्ण रायको कस्तो मानसिकताको चित्रण गरिएको छ ?
दिएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
नेपाल आयुर्वेदिक औषधीका लागि भूस्वर्ग मानिन्छ। नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटीहरू नेपालको समृद्धिको ढोका खोल्न सक्छन्। नेपाल बहुमूल्य र घातक रोग निको पार्ने जडीबुटीको अजस्र भण्डार हो। रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण घιइते हुँदा सञ्जीबुनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ।
नेपाललाई किन आयुर्वेदिक औषधीको भूस्वर्ग मानिन्छ ?
आयुर्वेदिक जडीबुटीले नेपालको समृद्धिको ढोका कसरी खोल्छ ?
यदि तपाईँ 'घरको माया' एकाङ्कीको पात्र लालबहादुर हुनुभएको भए साथीहरू स्वदेश फर्केका गर्नुहुन्थ्यो ? आफ्ना तर्क लेख्नुहोस् ।
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ।
पहाड भन्छ पसिना पाए म स्वर्ग बुलाउँदै
तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँदै ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
दिएको कथांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर वरियतामा आएका ठिटा परस्पर कानेखुसी गर्न थाले। मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए। उनलाई कन्यापक्षका धेरै मानिसले चिन्य्रे। श्रीधर र मुरलीधरले जिन्दगीमा विषय वर्ष दिनसम्म मुद्दा लड़ेको पनि धेरै "त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्दै। तब पो मानिस कुलघरान भन्छन्।"
'कर्तव्य' कथामा नेपाली समाजको वास्तविकतालाई कसरी प्रस्तुत गरिएको छ ? समीक्षा गर्नुहोस्।
दिएको कवितांश पढी सोधिएको प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
प्रिय सम्पादक !
फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाई बम वर्षाका खबरहरू
बालिग मताधिकारका कुराहरू
साहित्यिक आन्दोलन र अन्तरिक्ष यानका गतिविधिहरू
तपाइँले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
तपाइँलाई नागरिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता यो गाउँ !
अहिले पनि यो
ढिक्कीच्याउँ ढिक्कीच्याउँ !!
एउटा खुट्टा उचालेर ढिकीमा उभिरहेकै छ।
'गाउँमाथि एउटा कविता' कवितामा ग्रामीण जनजीवनको कस्तो चित्र उतारिएको छ ? समीक्षा गर्नुहोस्।
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :
मेरो कल्पनाको नेपाल
पर्यटन व्यवसायका सम्भावना र चुनौती
नैतिक शिक्षा : आजको आवश्यकता
Paper Overview & Analysis
2082 GP
Year
पुरानो प्रश्नपत्र
Type
75
Full Marks
32
Pass Marks
3 Hours
Duration
45
Question Items
Question Type Breakdown