विषय कोड : 1021
NEB — कक्षा X
2082 Ka.P
पुरानो प्रश्नपत्र
Class 10 Compulsory Nepali पुरानो प्रश्नपत्र 2082 Ka.P
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This old question paper is for Class 10 Compulsory Nepali, 2082 Ka.P (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).
समूह 'क' मा दिएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क' समूह 'ख'
नन्दन नराम्रो अवस्था
उदात्त हावा, पानी आदि घुमेर बनेको चक्र
भुमरी उदार
नाजी घाँसको भारी
स्वर्गको बगैँचा
जर्मनीको प्रसिद्ध राजनीतिक दल
दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
बगेर आएको पानी जमेर बनेको यो ताल सुन्दर छ । यहाँको पानी पिउन योग्य छ । यहाँको पानी प्रशोधन गर्न जरुरी छैन । हाम्रो मुलुक भूपरिवेष्टित भए पनि पानीका यस्ता स्रोत पर्याप्त छन् ।
'जल' को पर्यायवाची शब्द ............ हो
'अयोग्य' को विपरितार्थक शब्द ............ हो
अनेकार्थी शब्द ............ हो
'चारैतिरबाट जमिनले घेरिएको' पदावलीले जनाउने सिङ्गो शब्द ............ हो
दिएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
एकले थुकी सुकी सयले थुकी नदी भने झैँ सबै मिलेर काम गरे मात्र देशको विकास गर्न सकिन्छ । अचेल कतिपय मानिस यति स्वार्थी भएका छन् कि आफ्नो देशलाई चट्क्क बिर्सिन्छन् अनि आफ्नो हात जगन्नाथ भन्दै स्वार्थ सिद्ध गर्न लुसुक्क विदेशतिर लम्कन्छन् ।
दिएका शब्द समूहबाट शुद्ध शब्द छाानी लेख्नुहोस् :
(अ) (i) सोसन (ii) शोषण
(iii) शोषण (iv) सोयण
(आ) (i) पञ्चकन्या (ii) पंचकन्या
(iii) पञ्चकन्या (iv) पञ्चकऱ्या
दिएको वाक्यलाई शुद्ध पारी सार्नुहोस् :
पढाई पूरा गर्छु भनी सुन्दर, हरि र श्याम गाउँबाट सहर पसे ।
दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
ती किसान अति मिहिनेती छन् । तिनलाई यता बोलाएर सम्मान गर्नुपर्छ है ।
दिएका प्रश्नको उत्तर लेख्नुहोस् :
दिएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
देश विकासको मेरुदण्ड नै आर्थिक सम्पन्नताको अवस्था सबल हुनु हो । हरेक नागरिक सदाचारी र इमानदारी भयो भने देशले छिट्टै प्रगति गर्न सक्छ । त्यसैले आर्थिक उपार्जनका लागि हामी सबै सचेत भई अघि बढ्नुपर्छ ।
दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
हिजो आज गरजगना बनाउने बहुमूल्य सुनको मूल्य आकाशिएको छ । सुनचाँदीमा सजिएर हिँड्न खोज्नेहरू निराशा भएका छन् । झुपडीदेखि महलमा बस्नेहरूलाई समेत यसले प्रभाव पारेको छ । घरका लागि खर्च जुटाउन पनि धौ धौ परेकाले मानिस ससाना गहना लगाएर आफ्नो चित्त बुझाउन बाध्य छन् ।
दिएका वाक्यलाई भविष्यत् कालको अपूर्ण पक्षमा परिवर्तन गर्नुहोस् :
हामी विद्यालय जान्छौँ । हामी व्याकरण पढ्छौँ । हामी नबुझेका कुरा शिक्षकलाई सोध्छौँ । हामी आवश्यक कुरा कापीमा टिपछौँ ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
सम्भावनार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी बहिनीका बारेमा वर्णन गर्नुहोस् ।
दिएका तृतीय पुरुषको वाक्यलाई द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :
ऊ बगैँचामा जान्छ । ऊ सुन्तला टिप्छ । ऊ सुन्तला झोलामा राख्छ । ऊ बजारमा लगेर सुन्तला बेच्छ ।
कोष्ठकमा दिएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
समीरले परिश्रम गरेकाले धेरै अन्न फलायो । (वाक्य विश्लेषण)
बाबु त सुतियो । (कर्तृवाच्य)
सोमपाल गीत गाउँछ । (प्रेरणार्थक)
दीपिकाले विदेशमा पढ्न नजाने कुरा गरिन् । (प्रत्यक्ष कथन)
दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
प्राचीन ऋषिमुनिले अनेको सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिजाएर नै मेरो देशको शिक्षालाई आलोकित गरे । वेदव्यासमा ज्ञानको स्फुरण यही भयो र उनले अठार पुराणको रचना गरे । राजा जनकको दरवारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वात् विदुषीले शास्त्रार्थ गरेर जीवन र जगतको यथार्थ र रहस्यका पाटा उजागर गरे, ज्ञानको तिखारिए आकुल्याकुल भएर घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे । फाल्गुननन्दले किराँत समुदायमा आफ्नो संस्कृतिको उत्थान र संवर्द्धन गर्न प्रेरणा दिने अनि समाजमा चेतना र जागरण फैलाउने मुन्धुम जस्तो ग्रन्थ रचना गरे । यसरी मेरो देशको शिक्षाको प्रवर्धनमा परापूर्वकालदेखि विभिन्न ऋषि, महर्षि र विद्वान्ले विशिष्ट योगदान दिएका छन् ।
प्रश्नहरू :
'मेरो देशको शिक्षालाई आलोकित गरे' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
अनुच्छेदमा रेखाङ्कन 'दरबारमा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
'विद्वान्ले विशिष्ट योगदान दिएका छन् ।' यस वाक्यबाट उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
'घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गरी लेख्नुहोस् ।
दिएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
निबन्ध भावना वा विचारको लेखन हो । यसमा लेखकको निजी अनुभूति व्यक्त हुन्छ । निबन्धमा कुनै विषयमाथि विचारको क्रमबद्ध प्रस्तुति हुन्छ । निबन्ध गद्य भाषामा लेखिने सङ्कथन हो । यसमा कुनै पनि विषयमाथि सूचना, विचार वा अनुभूतिकाले सङ्गठित र क्रमिक अभिव्यक्ति हुन्छ । निबन्धको मुख्य अर्थ कुनै विषयमा बाँधिएको भनेर पनि यो बन्धनरहित लेखन हो । आख्यान, नाटक र कविताका तुलनामा निबन्ध स्वतन्त्र विधा हो । कुनै पनि विषयमा आत्मनिष्ठ र वस्तुनिष्ठ भएर मनमा लागेका विचार र अनुभूतिको सिलसिलैवार गद्य लेखन गर्दा निबन्धको रचना हुन्छ । निबन्धमा मूलतः स्रष्टा वा लेखकको निजीपन समेटिएको हुन्छ । आत्मपरक निबन्धमा निबन्धकारका भोगाइका पाटा प्रस्तुत हुन्छन् भने वस्तुपरक निबन्धमा विषयको वस्तुपरक दृष्टिकोण र सूचनामूलकता बढी हुन्छ । निबन्धमा स्रष्टा आफू वरपरको जीवन र समाजसँग विचारको प्रवाह प्रस्तुत गरेको हुन्छ । तसर्थ, निबन्ध स्रष्टाको निजीपन बोकेको वैचारिक लेखन हो ।
प्रश्नहरू :
निबन्धमा केको अभिव्यक्ति हुन्छ ?
निबन्धको रचना कसरी हुन्छ ?
वस्तुपरक निबन्धमा कस्ता विषयवस्तु रहेका हुन्छन् ?
निबन्धलाई स्वतन्त्र रचना भनिनुको कारण के हो ?
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
दिएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकमेत लेख्नुहोस् :
कुनै एक ऋषि तपोनवनमा जानु ...... ऋषि तपस्यामा लीन हुनु ...... केही डाँकाले एक जना व्यापारीलाई लखेट्दै ल्याउनु ...... व्यापारी भार्गै ऋषिको आश्रममा आइपुग्नु ...... व्यापारी कुटीभित्र लुक्नु ...... ऋषिको कहिल्यै झुट नबोल्ने प्रतिज्ञा हुनु ...... डाँकाले ऋषिंसग व्यापारीबारे सोध्नु ...... ऋषिले साँचो कुरा बताउनु ...... व्यापारीलाई डाँकाले भेट्टाउनु ...... व्यापारी मारेको पाप ऋषिले पनि लाग्नु ...... ऋषि पश्चात्तापमा पर्नु ......
कुनै एउटा प्रतियोगितामा आफू प्रथम भएर पुरस्कृत हुँदाको छणलाई समेटेर एउटा मनोवाद तयार पार्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
विद्यालयद्वारा आयोजित खेलकुद कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्दै वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
आफ्नो विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई समेटेर एउटा समाचारको नमुना तयार पार्नुहोस् ।
दिएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे ।देवकोटा आफैले हात हालेका हरेक क्षेत्रमा असल व्यक्तित्वका रूपमा चिनिए, उनका फेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरागर्छन् । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्य विषयका रूपमा लागु गर्न गराउने कार्यमा उनको विशेष पहलकदमी रह्यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय संलग्न भएर संस्थागत रूपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा योगदान चिरस्मरणীয় रहेको छ ।
दिएको अनुच्छेदबाट एक तृतीयांशामा सारांश लेख्नुहोस् :
अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा ठूलो अर्को कुनै वस्तु हुन सक्दैन । त्यसैले त हाम्रा धर्मग्रन्थ र उपनिषद्मा कर्तव्यको महिमा र सर्वोच्चताको चर्चा छ । हाम्रा मात्र होइन संसारका सबै धर्मग्रन्थमा कर्तव्यलाई महान् ठानिएको पाइन्छ । आफ्ना माता, पिता र गुरुप्रतिको कर्तव्यलाई हाम्रा ग्रन्थले 'मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव' भनेर उल्लेख गरेका छन् । अर्को कुरा संसारमा त्यही व्यक्ति आदर्श व्यक्तिको रूपमा चिनिन्छ जो कर्तव्य पालनाको कसीमा खारिएको हुन्छ ।
दिएको प्रश्नको उत्तर लेख्नुहोस् :
दिएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन
घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पले बनेका हुन् महान् मान्छेहरू सब ।
'घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन' भन्नुको तात्पर्य के हो ?
कवितांशमा मानिस कसरी महान् बन्न सक्छ भनिएको छ ?
दिएको जीवनीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दूकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दशी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा ब्युह गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिको चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । उनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हुन् ती व्यक्तिका भत्री वेदना, संवेदना, संवेग, मर्म र सौंदर्य मूर्त बनेर उनका अमृत चित्रभित्र चित्रित हुन्थे ।
माथिको अंशमा 'बन्दुकभन्दा कमल र कुची बलियो हुन्छ ।' भन्नुको तात्पर्य के हो ?
माथिको अंशमा पिकासोको चित्रमा कस्ता कस्ता विशेषता रहेको उल्लेख गरिएको छ ?
यदि 'कर्तव्य' कथाका पात्र मुरलीधरका ठाउँमा तपाईं हुनुभएको भए आफ्ना भाइप्रति कस्तो व्यवहार गर्नुहुन्थ्यो ? तर्क दिएर लेख्नुहोस् ।
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य बाँच्ने छ ।
नेपाल आयुर्वेद औषधीका लागि भूस्वर्ग हो ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
दिएको गद्यांशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
"याङ्गजी, त्यो दुर्घटनामा कमल नबिकेको भए तिमी मेरी बुहारी नै रहन्थ्यौ । अहिले तिमी मेरी छोरी हौ । म महसुस गर्न सक्छु एक्लो बाँच्न कति सकस हुन्छ भनेर । मैले कमलको बुबाबिना बिताएको यो १९ वर्षले बोध गराएको छ । म बुझ्छु तिम्रो मनस्थिति । तिमी उसँग भाभी जीवन बिताउन तयार छौँ भने मैले रोकने कुरै छैन तर एउटा सर्त छ ।" आमाले अग्निपछिल्ल भन्दा मतिनोसँग भन्नुभयो ।
सासू र बुहारीको सम्बन्धलाई कसरी प्रस्तुत गरेको छ ? कथांश र कथाका आधारमा समीक्षा गर्नुहोस् ।
दिएको एकाङ्कीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
किन बस्ने यहाँ ? एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौला । जति पसिना बढाउनुपरे पनि आफ्नै घरबारीमा बढाऔँला । एक गेड़ा मकै भए पनि आफ्नै माटोमा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा लत्रेर बस्नुपर्छ र ? उहाँ आफ्नो चाडपार्ड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ?
'घरको माया' एकाङ्कीमा देशप्रेमको भावनालाई कुन रूपमा चित्रण गरिएको छ ? माथिल्लो अंश र पाठका आधारमा समेत चर्चा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :
परिवारप्रति मेरो दायित्व
प्राविधिक शिक्षा : आजको आवश्यकता
वातावरण र जनस्वास्थ्य
Paper Overview & Analysis
2082 Ka.P
Year
पुरानो प्रश्नपत्र
Type
75
Full Marks
32
Pass Marks
3 Hours
Duration
45
Question Items
Question Type Breakdown