Class 10 Compulsory Nepali notes and question bank — NEB Exam

Compulsory Nepali

Class 10 - 11 Chapters

विषय कोड : 1021

NEB — कक्षा X

2082 LP

पुरानो प्रश्नपत्र

Class 10 Compulsory Nepali पुरानो प्रश्नपत्र 2082 LP

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This old question paper is for Class 10 Compulsory Nepali, 2082 LP (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).

१.
[२]

समूह 'क' मा दिएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क' समूह 'ख'

निकाफ त्रुटि हटाउने काम

टालो पानीको थोपा

परिष्करण खराब नतिजा

सङ्कल्प अदालतको निर्णय

कपडाको सानो टुक्रा

दृढ निश्चय

२.
[२]

दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

जीवन अनन्त गतिमा बहोस भन्ने सबैको चाहना हुन्छ तर परिस्थितिमा गर्दा त्यो सब पूरा गर्न सकिँदैन । मनमा दृढ विश्वास बोकेर उच्च मनोबल राख्नु नै जीवनको अर्थ बुझ्नु हो ।

(क)

'अभिरुचि' को पर्यायवाची शब्द ............ हो

(ख)

'मरण' को विपरितार्थक शब्द ............ हो

(ग)

अनेकार्थी शब्द ............ हो

(घ)

'कहििल्यै अन्त नहुने' पदावलीको सिङ्गो शब्द ..... हो

३.
[२]

दिएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

समयमै काम पूरा गर भन्दा कानमा तेल हालेर बस्यौ । त्यो बेला भनेको कुरा फटाफट गरिदिएको भए आज यसरी हावा खानु पर्नेथिएन । अहिले झलझली सम्झेर पछुतो मान्नु बेकार छ ।

४.
[१]

दिएका शब्द समूहबाट शुद्ध शब्द छाानी लेख्नुहोस् :

(क)

(अ) (i) संशोधन (ii) शंशोधन

(iii) शंसोधन (iv) संसोधन

(ख)

(आ) (i) विरुबा (ii) विरुवा

(iii) विरुवा (iv) बिरुवा

(ग)
[२]

दिएको वाक्यलाई शुद्ध पारी सार्नुहोस् :

जमानसिंहले भन्यो, किन गाउँ छाडेको कान्छ्रा सारा खेती धान्नुपर्ने र्यानी छोरो परदेश पो आएछ ।

५.
[३]

दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

त्यो केटो एककासि भुइँमा लड्यो अनि तुरुन्त कोही आएर उठायो । सामान्य उपचार गरेपछि उसलाई घर लगियो ।

६.
[२+२=४]

दिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

नेपाली भाइले असम्भव कामलाई अहिले पनि सम्भव हुन्छ भन्थे । उनको विचार जाँगरिलो बनी काम गरे प्रगति गर्न कठिन छैन भन्ने थियो । ग्रामीण परिवेशमा हुर्किएका उनी साह्रै मिहिनेती थिए ।

(ख)

दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

ठूली आमा माइत जान तमतार भएपछि पीताम्बर काकाले बाटालाई खर्च भनेर पैसापैसा दिनुभयो । ससाना भाइ र बहिनी पनि पछि पछि लागेर मामाघर गए ।

७.
[२]

दिएका वाक्यलाई कर्मवाच्यमा परिवर्तन गर्नुहोस् :

आयुष र लाक्पा मिहिनेत गर्छन् । उनीहरू सहरोको विद्यालयमा पढ्छन् । उनीहरू आफ्नो गाउँको उन्नति हेर्न चाहन्छन् । उनीहरू सबैलाई आफ्नो गाउँ फर्कनुपर्छ भन्छन् ।

८.
[२]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

सामान्यार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफूले गर्ने कुनै कामका बारेमा वर्णन गर्नुहोस् ।

(ख)

दिएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनलेखन गर्नुहोस् :

म नेपाली नागरिक हूँ । म आफ्नो देशलाई माया गर्छु । म नेपाली हुन पाएकामा गौरव गर्छु । म आफ्नो देशको समृद्धिमा लाग्छु ।

९.
[४]

कोष्ठकमा दिएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क)

बुद्ध नेपालमा जन्मिएका हुन् । बुद्धले अहिंसाको पाठ सिकाए । (वाक्य संश्लेषण)

(ख)

बाबु त बजार गान्छन् । (कर्तृवाच्य)

(ग)

भाइबहनीहरू पाठ पढ्छन् । (प्रेरणार्थक)

(घ)

गुरुले मलाई भन्नुभयो, “तिमी हिजो किन आएनी ?” (अप्रत्यक्ष कथन)

१०.
[४]

दिएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

यस्तै बेलामा कुटुम्बले छोरा शशीधरलाई छोरी दिन आए । कुटुम्ब धनीमानी थिए । जिल्लामा उनको ठulo ख्याति थियो । मधेसतिर तीनचार मौजा जिमिदारी छ भन्थ्यौ । सन्तानमा केवल तिनै एउटै छोरी मात्र हुन् भन्ने सुनिनथ्यो । शशीधर भखर १५ वर्ष मात्र लागेको थियो । छिटो राम्रो र बह्तै मेधावी थियो । छोराको यति सानो उमेरमा बिहा गर्न त श्रीधरको मन थिएन । एउटै छोरी मात्र भएका धनी कुटुम्बले घरै आएर छोरी दिदा उनी असमञ्जसमा परे । उता घरकाले पनि बिहा गर्नुपर्छ भनेर करकर गर्न थाले । कामकुरो ढिलियो । खुब मन फुकाएर बिहाका मालसामान तयार गर्ने थाले ।

प्रश्नहरू :

(अ)

'कुटुम्ब धनीमानी थिए ।' यस वाक्यलाई नकारात्मकमा बदल्नुहोस् ।

(आ)

रेखाङ्कन 'शशीधरलाई' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।

(इ)

'यस्तै बेलामा कुटुम्बले छोरा शशीधरलाई छोरी दिन आए ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।

(ई)

'एउटै छोरी मात्र भएका कुटुम्बले घरै आएर छोरी दिदा उनी असमञ्जसमा परे ।' यस वाक्यलाई मिश्र वाक्यमा बदलनुहोस् ।

११.
[४]

दिएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

पश्चिमहरू प्रकृतिलाई जड मान्छन् । उनीहरूका लागि प्रकृति एउटा भौतिक उपलब्धि मात्र हो । प्रकृति मान्छेका लागि हो तसर्थ यसको जतिसबदो उपयोग गर्नुपर्छ भन्ने भौतिकवादी दृष्टिकोण पश्चिमी विचारको चुरो हो । प्रकृति र मानवको अस्तित्व परिपूरक सम्बन्धमा आधारित छ, त्यसैले प्रकृतिलाई चेतन रूपमा मान्नुपर्छ र सन्तुलित उपयोग गर्नुपर्छ भन्ने कुरा पूर्वीय दर्शनको सारतत्त्व हो । अहिले आएर पश्चिमाहरू प्रकृति संरक्षणको नारा उठाए and पनि पश्चिमामा यो नारा उठेको धेरै समय भएको छैन । मान्छे आफैँ प्रकृति हो त्यसैले भौतिक विकासको चरमचुलीमा पुगेेपछि मानवतामा उत्पन्न हुने अन्तर्वित्तिवृत्ता वा कुण्ठाको उचित निकासका लागि 'प्रकृतितिर फर्को' को नारालाई यसै सन्दर्भमा हेर्नुपर्छ । प्रकृति भनेको ढुङ्गो, माटो, वृक्ष, वनस्पति र जलस्रोत हो । अब यी सबै कुराहरू प्राकृतिक सम्पदा भन्न थालिएको छ । समकालीन विश्वमा धन वा गरिब राष्ट्रको निर्णय उसको अधीनमा रहेको प्राकृतिक सम्पदाका आधारमा हुन थालेको पाइन्छ । प्रकृतिको विराट स्वरूप नै वातावरण हो । वातावरणभित्र वायुमण्डलसमेटिन्छ ।

प्रश्नहरू :

(अ)

पश्चिमी विचारको चुरो के हो ?

(आ)

प्रकृति र मानवको अस्तित्व केमा आधारित छ ?

(इ)

विश्वमा धन र गरिब राष्ट्रको पहिचान कसरी गरिन्छ ?

(ई)

वातावरण किन प्रकृतिको विराट स्वरूप भनिएको हो ?

१२.
[४]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेट्नुहोस् :

नाम : बालकृष्ण सम

जन्म : वि.सं. १९५९ माघ २४ गते

जन्मस्थान : ज्ञानेश्वर, काठमाडौँ

मातापिता : कृति राज्यलक्ष्मी र समर शमशेर

शिक्षा : आई. एस्सी.

सेवा : सैनिक सेवा, रेडियो नेपालका निर्देशक, गोरखापत्रका सम्पादक

कृति : मुटुको व्यथा, अमरसिंह, भीमसेनको अन्त्य आदि नाटक, चिसो चुल्हो महाकाव्य, आगो र पानी खण्डकाव्य आदि ।

योगदान : आधुनिक नेपाली नाटकका प्रवर्त्तक, सुखान्त र दुःखान्त नाटकको रचना, पौराणिक र ऐतिहासिक विषयवस्तुमा नाटक रचना

पुरस्कार : त्रिभुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार आदि ।

मृत्यु : वि.सं. २०३८ साउन ६ गते, काठमाडौँ ।

(ख)

'भाग्य ठूलो कि परिश्रम ठूलो' भन्ने वादविवादको विषयमा विपक्षिका मतको खण्डन गर्दै पक्षका तर्फबाट आफ्ना गहकिला तर्क प्रस्तुत गर्नुहोस् ।

१३.
[४]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

विद्यालयमा जम्मा हुने फोहोर व्यवस्थापन गरिदिन अनुरोध गर्दै वडा कार्यालयलाई लेख्ने निवेदनको नमूना तयार पार्नुहोस् ।

(ख)

विद्यालयको वार्षिकोत्सव समारोहमा अतिथिलाई आमन्त्रण गर्न दिइने निमन्त्रणापत्रको नमूना तयार पार्नुहोस् ।

१४.
[२]

दिएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :

मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा विकासोलने सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दूकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दृष्टी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले विकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्ने दिएनन् । उनले भिखारी, जेलमा थुलिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिस चित्र पनि बनाए । जनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हो र ! ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्ति बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे । जनसले ती चित्र हेर्थे ती व्यक्तिको हृदयमा करुणा, दया, माया, स्नेह र आक्रोशको भाव सल्बलाउँथ्यो र हेर्दाहेर्दै ती चित्रमा नै हराउँथे ।

१५.
[३]

दिएको अनुच्छेदबाट एक तृतीयांश सारांश लेख्नुहोस् :

अधिकारको क्षेत्र व्यापक छ । यसभित्र बाल अधिकार, धार्मिक अधिकार, महिला अधिकार आदि थुप्रै अधिकारका कुरा पर्छन् । संयुक्त राष्ट्रसङ्घले मानव अधिकार र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको अधिकारहरू बारेमा स्पष्ट उल्लेख गरेको छ । बालबालिकाले जन्मनासाथ शिक्षा र सुरक्षाको अधिकार पाउनुपर्छ । अभिब्कले न्यूनतम ज्याला र सामाजिक सुरक्षाको अधिकार पाउनुपर्छ । आफ्ना अधिकार प्राप्तिका लागि थुप्रीनी गरेको ऐतिहासिक विद्रोहको सम्झनामा संसारभर मे १ तारिखका दिन 'मजदुर दिवस' मनाइन्छ । किसानलाई पनि राज्यबाट विज्ञिवियन र मल जस्ता वस्तुमा सहुलियत पाउने अधिकार छ । अधिकार नै नभएका मानिसले कर्तव्य पूरा गर्न सक्दैन । त्यसैले अधिकारविनाको कर्तव्य मुर्खिनाको तरकारी बन्ने हो ।

१६.
[४+४=८]

दिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिएको कवितांशको आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

यो गर्नु चुनावका घोषणापत्रहरू ?

सिँगाने पुछ्ने कागजभन्दा बढी कामदार हुन सक्दैन यो

तिनीहरूलाई नै पढ्नु अन्तरक्रिया भत्ताका गतिविधिहरू !

दन्तब कथाका सिमितीसा जोड्नुभन्दा बढी केही गर्ने छैन

यसको पनि तिनीहरूलाई ।

(अ)

प्रस्तुत कवितांशमा चुनावी घोषणापत्रलाई कुन रूपमा चित्रण गरिएको छ ?

(आ)

अन्तरिक्ष यानका बारेमा कविको धारणा के छ ?

(ख)

दिएको निबन्धका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

पसरी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्ने आतुर छ । स्पष्ट नै मेरो देशले पारापूर्व कालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग ऐक्यसहाय्य गरेका छै । नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिन मेरो देशको शिक्षामा अझै लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मुलुकको उत्पादनलाई विश्वबजारमा पस्कने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्नु जरुरी छ ।

(अ)

देशको शिक्षामा आउनुपर्ने सकारात्मक परिवर्तन के के हुन् ?

(आ)

व्यावसायिक शिक्षाले कृषि उत्पादनमा कसरी सहयोग गर्छ ?

१७.
[४]

'कुनै पनि मानिस शत्रु नभएको हुन सक्दैन' भन्ने भनााइका बारेमा 'शत्रु' कथाका आधारमा आफ्ना तर्क लेख्नुहोस् ।

१८.
[४]

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

(क)

पहाड भन्दा पसिना पाए म स्वर्ग बुलाउँथें

तराई भन्दै सिँचाइ पाए म सुन बुलाउँथें ।

(ख)

हामी दुबै चाहन्छौँ एउटा यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ।

१९.
[७]

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क)

दिएको एकाङ्कीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

किन बस्ने यहाँ ? एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौला । जति पसिना बढाउनुपरे पनि आफ्नै घरबारीमा बढाऔँला । एक गेड़ा मकै भए पनि आफ्नै माटोमा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा लत्रेर बस्नुपर्छ र ?

युवाहरूलाई विदेशिनबाट रोक्न 'घरको माया' एकाङ्कीले कस्तो सन्देश दिएको छ ? दिएको अंशसहित पाठका आधारमा समीक्षा गर्नुहोस् ।

(ख)

दिएको जीवनीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ ! नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा रचना परिणाम र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् ।

जीवनीको अंश र मूल पाठका आधारमा नेपाली भाषा साहित्यका क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुऱ्याएका योगदानको समीक्षा गर्नुहोस् ।

२०.
[७]

कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

(क)

विद्युतीकरण र विकास

(ख)

राष्ट्र निर्माणमा युवाको भूमिका

(ग)

मेरो जीवनको लक्ष्य

Compulsory Nepali — पुरानो प्रश्नपत्र 2082 LPNEB Exam

Paper Overview & Analysis

2082 LP

Year

पुरानो प्रश्नपत्र

Type

75

Full Marks

32

Pass Marks

3 Hours

Duration

45

Question Items

Question Type Breakdown

Short Answer45
Class 10 Compulsory Nepali Old Question 2082 LP | NEB Exam