Class 12 Nepali notes and question bank — NEB Exam
Home/Class 12/Nepali

Nepali

Class 12 - 12 Chapters

Home/Class 12/Nepali/Question Bank/Nepali Old Question

विषय कोड : 0021

NEB — कक्षा XII

2083

पुरानो प्रश्नपत्र

Nepali Question Paper 2083 (पुरानो प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3hrsपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This पुरानो प्रश्नपत्र question paper is for Class 12 Nepali, 2083 (subject code 0021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3hrs. Answers with step-by-step solutions are available for every question below.

१.
[3]

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्या लेख्नुहोस् :

वातावरणीय प्रदूषण यही गतिमा बढिरहने हो भने प्राणी तथा वनस्पतिका लागि निकै घातक हुने देखिन्छ। प्रदूषणका मुख्य कारण मानवीय व्यवहार तथा जीवनशैली भएकाले यसका लागि मानिसहरू नै बढी सचेत र जवाफदेही हुनुपर्ने देखिन्छ।

२.
[3]

दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

सपनामा दमयन्तीले नलको भाइ जुवाडी पुष्करको कालो मुहारमा सेता दन्तपङ्क्ति र रातो पहेँलो आँखा देखिन्। सपनामा पुष्करले उनलाई बोलाउँदै सिर सुम्सुम्याइरहेको थियो।

३.
[2]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)
[2]

दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

परदेशीहरू पैसाविहीन भएर डिङ्ग परेका बेला इमानदार नेपालीहरू भने स्वरोजगारसहित आत्मनिर्भर भएका फुरुङ्ग थिए। उनीहरू थोरै पुँजी पनि साना उद्योगमा खुरुखुरु परिचालन गर्न सक्रिय बनेका थिए।

अथवा
(क)

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

हुने बिरुवाको चिल्लो पात बनेर ऊ सानैदेखि समाजमा अनुशासित व्यक्तिका रूपमा चिनिएको थियो। ठुलो भएपछि पनि ऊ सधैँ समाजमा नाक राख्नुपर्छ भन्दै दिन काट्थ्यो। भेला भएका गाउँका मानिसलाई सद्भावसहित सल्लाह दिन्थ्यो। सल्लाह नसुनी कानमा तेल हालेर बसेकालाई ऊ खोलो तर्नु लौरो बिर्सनु गयो भने अन्ततः पीडा भोग्न बाध्य भइन्छ भन्ने सम्झाउँथ्यो।

४.
[3]

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् :

शिवानीको गाउँमा व्यवसायीकरणको सुरुआत भएको छ। उनी गाउँमै कृषि उद्योगमा व्यस्त भएकी छन्। गाउँ अहिले दूध, फलफूल तथा तरकारी उत्पादनमा अब्बल देखिन्छ। अहिले त गाउँलेहरू मख्ख छन्।

५.
[2]

दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा तद्भव शब्द पहिचान गरी लेख्नुहोस् :

धेरै पहिले हल्सी घाम रहेको ठाउँमा घना जङ्गल थियो। त्यहाँ अनेक वन्यजन्तु थिए। गुफाको छेउमा सानो गाउँ थियो। त्यहाँ किसान बस्थे।

६.
[3]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय लागेका शब्द टिपोट गर्नुहोस् र निर्माण प्रक्रिया देखाउनुहोस् :

गाउँले जीवनको सामाजिक व्यवहार देखेर उनी हर्षित थिइन्। अरूको उपकार गर्दै सबैप्रति सदिच्छा प्रकट गर्ने र कसैलाई अपमान नगर्ने गाउँलेहरूको बानी उनलाई अनुकरणीय लाग्थ्यो। त्यस्ता कार्य सहरमा पनि हुन थालेको पाएर उनी उत्साहित देखिन्थिन्। त्यसलाई मानवीय प्रगति मानेर रमाउनु उनको विशुद्ध व्यक्तिगत स्वभाव थियो।

अथवा
(क)
[3]

दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

आल्तुफाल्तु कुरामा चासो नदिइ बुबाआमाले भनेको काम गर्नु सबैको कर्तव्य हो । रातदिन मेहनत गर्न सके मात्र जीवन अनमोल हुन्छ भन्ने विश्वास गर्नुपर्छ । हामी आफ्नो ठाउँलाई महत्त्व दिएर आआफ्नो पेसामा समर्पित भई कामकाज गर्नुपर्छ । दुईजिब्रे मानिसका कुरालाई वास्ता गर्दा दुखैदुख पाइन्छ भने परिवारलाई मायाको त्रिवेणी ठानेर रमाउँदा भाग्योदयका ढोका खुला हुन्छन् भन्ने विश्वास गरिन्छ ।

७.
[4]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)
[4]

‘ले’, ‘लाई’, ‘द्वारा’, ‘निम्ति’, ‘देखि’, ‘बाट’ र ‘मा’ विभक्ति लागेका कारक प्रयोग भएका आठओटा वाक्यमा आफ्नो गाउँ वा टोलमा आयोजित ‘सरसफाइ कार्यक्रम’ को वर्णन गर्नुहोस् :

अथवा
(क)
[4]

तलका वाक्यलाई तृतीय पुरुषमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस् :

म सधैँ समयमै विद्यालय जान्छु। म अनुशासित भई पढ्छु। म गुरुहरूले भनेको मान्छु। म परीक्षामा सर्वोत्त्कृष्ट नतिजा ल्याई प्रथम हुन्छु।

८.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क)
[4]

अभ्यस्त भूतकालका क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो बाल्यकालका बारेमा लेख्नुहोस्।

अथवा
(क)

तलका वाक्यहरूको वाच्य परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

वनभोज गइयो। नाचगान गरियो। साथीहरूसँग घुमियो। मनोरम दृश्यको फोटो खिचियो।

९.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क)

तलका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्:

शिक्षकले विद्यार्थीलाई उनको पढाइ राम्रो भएको बताउनुभयो।
विद्यार्थीले शिक्षककै प्रेरणाबाट त्यस्तो भएको बताए।
शिक्षकले उनलाई मेहनत भएको भन्नुभयो।
विद्यार्थीले सधैँ मेहनत गरिरहने प्रतिज्ञा गरे।

अथवा
(क)

तलका वाक्यहरूलाई चारओटा सरल वाक्यमा विश्लेषण गर्नुहोस् :

मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा सुन्दर ताल मानिन्छ तर यातायातको असुविधाका कारण ओझेलमा परेको छ।

१०.
[5]

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

समाचार भन्नाले सामान्यतः हालखबर वा नयाँ घटनाको विवरण भन्ने बुझिन्छ। यसैले रेडियो, टिभी जस्ता श्रव्यदृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन्। समाजमा घट्ने घटनाको विवरण भएकाले समाचार मानिसको पहुँचभित्रको विषय हो। जुन कुराले पाठक वा श्रोताको ध्यान आकर्षित गर्छ र नयाँ सूचना सम्प्रेषण गर्छ, त्यस्तो विषयवस्तु समाचार बन्छ। समाचारलाई रोचक बनाउने भन्दैमा यथार्थलाई परित्याग गर्न चाहिँ पूर्णतः वर्जित छ। समाचार सम्प्रेषणमा संवाददाता पूरै तटस्थ रहनु राम्रो मानिन्छ। उसले आफ्नो राय, विचार वा निर्णयभन्दा घटना वा सूचनाको तथ्यपरक विवरण दिए मात्र पुग्छ। समाचारको उद्देश्य आम जनतासम्म सन्देश पुर्‍याउनु हो। यसैले समाचारको भाषा सकेसम्म सरल हुनुपर्छ। समाचारमा छोटा वाक्य प्रयोग गर्नु राम्रो मानिन्छ। यस्ता वाक्यमा अनावश्यक विशेषण वा क्रियाविशेषण प्रयोग गर्नु राम्रो मानिँदैन। यसैले समाचारको शैली विशिष्ट हुन्छ। यही शैलीगत वैशिष्ट्यकै आधारमा समाचारलाई घटनापरक, प्रक्रियापरक र विवरणपरक (फिचर) गरी तीन प्रकारमा वर्गीकरण गरिन्छ। घटनापरक समाचार प्रायः दृश्य विवरणमा केन्द्रित हुन्छ। प्रक्रियापरक समाचारमा घटनाको सरसर्ती वर्णन मात्र नगरी तथ्यको विस्तृत व्याख्या, त्यसको पृष्ठभूमि र परिणामका बारेमा पनि उल्लेख गरिएको हुन्छ। विवरणपरक (फिचर) चाहिँ कुनै खास घटना वा तथ्यलाई कलात्मक बनाएर प्रस्तुत गरिन्छ। यसैले फिचर अन्य दुई किसिमका समाचारभन्दा बढी साहित्यिक हुने गर्छ। सम्प्रेषणमा भन्दा सरलता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, भाषिक सरलता, स्पष्टता र मिठास समाचारका विशेषता हुन्।

(क)

कस्तो विषयवस्तु समाचार बन्न सक्छ ?

(ख)

समाचारमा कस्तो भाषिक पक्षलाई ध्यान दिनुपर्छ ?

(ग)

विवरणपरक (फिचर), घटनापरक र प्रक्रियापरक समाचारमा के भिन्नता छ ?

(घ)

राम्रो समाचार बन्नका लागि के के चाहिन्छ ?

(ङ)

उपर्युक्त अनुच्छेदको उपयुक्त शीर्षक के हुन सक्छ ?

११.
[2+3]

दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् :

कुनै पनि देशको मुख्य परिचायक तत्त्व भनेको संस्कृति हो। नेपाल पनि आफ्नै मौलिक संस्कृतिका कारण विश्वमा सुविख्यात चिनिएको छ। नेपाल बहुजातीय र बहुसांस्कृतिक देश हो। नेपालमा बसोबास गर्ने सबै जातिका आआफ्नै संस्कृति छन्। खस, नेवार, राई, गुरुङ, तामाङलगायत सबै जातिका आआफ्नै संस्कृति छन्। सर्वप्राचीन वैदिक संस्कृतिको आधारभूमि र संसारमै लोकप्रिय बनेको बौद्ध संस्कृतिको उद्गमस्थलका रूपमा नेपाल रहेको छ। नेपाली संस्कृतिमा म खाउँ, म लाउँको स्वार्थी भावना नभई सबै निरोगी र सुखी होऊन् अनि सम्मानपूर्वक बाँच्न पाऊन् भन्ने उच्च मानवीय भाव रहेको छ। नेपालमा रहेका सबै जातिका संस्कृतिको साझा विशेषता चाहिँ प्रकृतिलाई कुनै न कुनै रूपमा पूजा गर्नु हो। यस्तै आमाबुवा, पाहुना र गुरुलाई देवता मान्ने संस्कृति नेपालको साझा संस्कृति हो। यसै संस्कृतिका कारण नेपालीहरू समाजमा वन्दनीय, आदरणीय र स्मरणीय बनिरहेका छन्। उन्नत संस्कृति सूचक प्रगति सधैँभरि हो। यसले शान्तिमा सन्तुष्टि प्रदान गर्छ।

१२.
[4]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

हाल स्थायी सेवाको खरिदार पदमा जिल्ला प्रशासन कार्यालय, पर्सामा कार्यरत श्री लामु भोटियाले यसअघि करार सेवाको खरिदार पदमा कार्यरत रहँदा जिल्ला प्रशासन कार्यालय, पाँचथरबाट लिन बाँकी एक महिनाको तलब लिन आफू उपस्थित हुन नसकेकाले साथी सुहाङ स्याङ्बोलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दै लेखिने मन्जुरीनामाको नमुना तयार पार्नुहोस्।

अथवा
(क)
[4]

प्लास्टिकजन्य फोहोर व्यवस्थापनको अभावका कारण बढेको वातावरणीय प्रदूषणका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कुनै एक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् ।

१३.
[5]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

२०८३ जेठ १३ गते आफ्नो विद्यालयमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् । (माथि तपाईंको नाम सजुन हो र विद्यालय बुद्धभूमि मावि, कपिलवस्तु हो ।)

अथवा
(क)

‘सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग’ शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

१४.
[4]

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

(क)

जिन्दगी हाँसो, रोदन, दुःख, पीडा, करुणा, व्यथाले भरिएको सामूहिक भेल हो । आपत्, सुख र दुःख सबैलाई पर्छ ।

अथवा
(क)

जति बढ्यो उति बाँकी हिमचुली शिखर
नदेखेको कुरा हेर्न हामीलाई रहर ।

१५.
[4]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

दिइएका संवादांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

हेर घनश्याम, प्राकृतिक सौन्दर्यको मात्रै कुरा गर्ने हो भने पनि नेपालका हिमाल, जङ्गल र चरा मात्रै भनेर पुग्दैन । यहाँ असङ्ख्य पहाड, अनगिन्ती भण्डार तराई, नदी, ताल, उपत्यका, हिमसार, जैविक विविधता आदि थुप्रै कुरा छन् । नेपाल आउँदा पर्यटक सबै हिमाल हेर्न र आरोहण गर्न आउने होइनन् नि । पर्यटनका पनि विभिन्न किसिम छन् भन्ने तिमीलाई थाहै छ । त्यसमध्ये सांस्कृतिक पर्यटन पनि त एक हो । नेपाल जस्तो सानो ठाउँमा सयौँ जाति, सयौँ भाषा, सयौँ संस्कृतिको अध्ययन गर्न पाउनु सांस्कृतिक पर्यटकको लागि ठूलो अवसर हो नि त्यसैले नेपालको विविधतासँग पर्यटकको सरोकार हुने भएन र ?

प्रश्नहरू

अ. नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ?

आ. नेपालमा सांस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ?

अथवा
(क)

दिइएको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

अक्षता हेरे झैँ पत्रिकाका फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे । आधाजति पुयाएपछि राक्षस जस्तो घिनलाग्दो देखिने भाइरस भेट्यो । झोलाबाट खरानी निकाल्यो । मन्त्र फुकेर रेखा हाल्यो । त्यस भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचान्यो । फेरि स्क्यान गर्न थाल्यो । स्क्यानिङ गर्न थालेपछि केही भाइरस भागेर कुना कुनामा पस्दा रहेछन् । करिब एक लाख फाइल स्क्यान गरेपछि पाँच थरीका भाइरस भेट्यो । ती भाइरसले लगभग चार सय फाइलमा सङ्क्रमण गरेका थिए । थुप्रै फाइल मर्मत भए, मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोर्खेले डिलिट गर्न सुझाव दियो । पेशलले 'ओके' लेखेका ठाउँमा माउसको चुच्चो लगेर थिच्यो । भाइरसले बिगारेका र मर्मत हुन नसकेका फाइल जति स्वात्तै उडायो ।

अ. ‘भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचान्यो' भन्नुको तात्पर्य के हो ?

आ. गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि गरेका क्रियाकलाप के के हुन् ?

१६.
[4]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क)

संयुक्त राष्ट्र सङ्घले संसारका सबै देशलाई सहकारिताको स्थापना र सञ्चालन गर्न दिएको सुझावबारे आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।

अथवा
(क)

मरेपछि गरिने काजक्रिया र दानदक्षिणासम्बन्धी अष्टनारानको विचार तपाईँलाई कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोस् ।

१७.
[8]

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क)

आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरालाई ‘विरहिणी दमयन्ती’ कथाका आधारमा पुष्टि गर्नुहोस् ।

अथवा
(क)

आमाको सपना के हो ? त्यो कसरी साकार हुन सक्छ ? 'आमाको सपना' कविताका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।

१८.
[8]

कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

(क)

पर्यावरणीय सहसम्बन्ध

(ख)

नेपालका सांस्कृतिक सम्पदा

(ग)

मेरो भविष्य

Nepaliपुरानो प्रश्नपत्र 2083NEB Exam