Sub. code 0021
NEB — GRADE XII
2082
Old Question
Nepali Question Paper 2082 (Old Question)
The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Pass Marks : 32
सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)
This old question question paper is for Class 12 Nepali, 2082 (subject code 0021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3hrs. Answers with step-by-step solutions are available for every question below.
Group
विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुहोस् । नयाँ किताबबाट टिपिएका उत्तरहरू नलेख्नुहोस् ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर संख्या लेख्नुहोस् :
वातावरण प्रदूषणका कारण विश्वका नकारात्मक असरका विषयमा विभिन्न पक्षबाट बहस भइरहेको छ । यसको चरम अवस्था भएसम्म पुग्दा पूर्णतः समस्याको उपाय भने देखिएको छैन ।
दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
जीवन सङ्घर्शमय र रमनीय पनि छ जीवन जिउने पद्धतिले पनि यसमा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । सम्पत्ती, इज्जत र काममध्ये कुन पक्षलाई बढी महत्त्व दिइन्छ भन्ने आधारमा यसको प्रतिफल पनि निर्धारण हुन्छ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
हरेक आर्थिक वर्षमा खुरुखुरु राजस्व तिर्ने बानीले जरिवाना तिर्नु पर्दैन । राज्यकोषमा जम्मा भएको उक्त रकमले विकासका कार्यक्रमहरू सडक निर्माण, वृक्षरोपण, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा फटाफट लगानी गरी लाभ लिन सकिन्छ ।
दिइएको, अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
जान्नेको सहयोग लिई उनले पुराना घडी तथा रेडियोका पाटपुर्जाबाट कम्प्युटर बनाएका थिए र यसबाट उनी अवधारणात्मक गणितीय समीकरणको समाधान गर्ने गर्थे।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः
जब पर्यो राती तब बुढी ताती भन्छन् । परीक्षाको तालिका आएपछि मात्र कालोनिलो भएर पढ्न कस्सिएको रामलाई देखेर अभिभावकले अचानाको पिर खुकुरीले जान्दैन भन्दै चित्त दुखाए । यसरी अभिभावकको ओठमुख सुक्ने अवस्था आउनु राम्रो होइन ।
दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
मानिसहरू ग्रामीण क्षेत्रबाट रोजगारीका लागि सहरतिर प्रवेश गर्छन् । चाहेजस्तो जागिर नपाउँदा कतिपय त फेरि गाउँतिर फर्केर खेतीपाती गरी रमाएका पनि छन् ।
दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
आजको अभिभावक सामाजिक र राष्ट्रिय उत्तरदायित्वसमेत वहन गर्न सक्ने हुनुपर्दछ । शिक्षालाई मेरुदण्ड मानी शिक्षित र स्वावलम्बी जनशक्तिको उत्पादन गर्दै औद्योगिक र व्यावसायिक परिवेश निर्माण गर्न सामर्थ्यशील हुनुपर्दछ ।
दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
गर्मी बढेसँगै लामखुट्टे फैलिने हुनाले सरसफाइमा ध्यान दिनुपर्छ भनेर नीलाम्बरले आजभोलि गाउँगाउँमा सूचना गरिरहेको छ । यस्ता कुरा बुढापाका व्यक्तिहरूलाई जानकारी गराउनुपर्छ । लामखुट्टेले रातदिन टोकटाक गर्दै रोगसोग सार्ने जोखिम प्रबल हुन्छ। हामीले आआफ्नो घरआँगनलाई सफा राखी यसबाट बच्नु आवश्यक छ ।
दिइएको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी कारकको नाम लेख्नुहोस् :
बारीमा कोदालीले खनेर पनि राम्रो तरकारी उमार्न सकिन्छ । कुलो, नहर आदि नभएका ठाउँमा धारो र इनारबाट बाल्टीले पानी झिकेर सिंचाई गर्न सकिन्छ । आमाले यसरी गाउँघरमा फलाएको तरकारी मलाई पठाइदिनुहुन्छ । मैले त्यो तरकारी नियमित खाने गरेको छु ।
दिइएको अनुच्छेदमा रहेका चारओटा वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :
लक्ष्मीप्रसाद देवकोटा कवि थिए । उनी निबन्धकार थिए । उनी कथाकार थिए। उनी नेपाली साहित्यका महान् प्रतिभा थिए ।
सामान्य वर्तमानकालका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीका बारेमा
चार वाक्यको एक अनुच्छेद लेख्नुहोस् ।
वाच्य परिवर्तन गर्नुहोस् :
यसपालि बिदामा पोखरा गइन्छ । फेवातालमा नौका विहार गरिन्छ । सराङ्कोटबाट माछापुच्छ्रे हेरिन्छ । त्यहाँका पर्यटकीय स्थलहरूबाट आनन्द लिइन्छ ।
दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् :
जिज्ञासा नै ज्ञानको बीज हो । जिज्ञासा वृत्तिलाई विकसित गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नुमा नै शिक्षाको उपयोगिता रहेको हुन्छ । यसै कारणले जुन शिक्षाले मानवमा सद्वृत्तिको जागरण गर्दैन, जसले मानवलाई भोगप्रधान प्रेयोमार्गबाट कल्याणप्रधान श्रेयोमार्गतर्फ लग्दैन, मानव मनमा पसेर मानवलाई एक श्रेष्ठ जीवनस्वप्नले भरिदिँदैन । त्यो शिक्षा होइन, साक्षरता मात्र हो । आज यस किसिमको साक्षरता नै संसारका अनेक जटिल समस्याको कारण बन्न पुगेको
छ । यस कारण शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनैपर्छ । विद्यार्थीले विद्यालयमा मात्र कुरा सिक्छन् भन्नु ठुलो भुल हुन जान्छ । बालक परिवारमा, बाटामा, मित्रसम्पर्कमा र सर्वत्र केही न केही सिकिरहेको हुन्छ । ऊ आफ्ना मातापिता, बन्धुबान्धव, साथीसँगाती, परिचित, अपरिचित मानिसको व्यवहारबाट पनि धेरथोर सिकिरहेको हुन्छ । यस कारण समाजको वातावरण दूषित हुनु हुँदैन । समाजको वातावरणको परिष्कार गर्नु अत्यन्त आवश्यक छ । यसका लागि अर्थप्रधान जीवनदृष्टिका ठाउँमा कर्तव्यप्रधान जीवनदृष्टिको स्थापना अत्यन्त आवश्यक छ । कर्तव्यप्रधान जीवनदृष्टिको निर्माण संस्कृतिमूलक शिक्षाबाट हुने गर्दछ । यस्तो शिक्षाबाट मानव असल त हुन्छ नै साथै सफल पनि हुन्छ ।
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
खगोल विज्ञान विश्व वैज्ञानिक इतिहासमा प्राचीन विज्ञानका रूपमा स्थापित छ । अहिले खगोल विज्ञानका क्षेत्रमा धेरै महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त भइसकेका छन् । यसतर्फको वैज्ञानिक अध्ययन अहिले ज्ञात ब्रह्माण्डीय पिण्डभन्दा पनि अज्ञात ग्रह तथा पिण्डको रहस्य खोतल्न लक्षित भएको छ । अहिलेका खगोलविद्हरू ब्रह्माण्ड निर्माणको भौतिक तथा रासायनिक प्रक्रियाको अध्ययनमा जुटेका छन् । खगोल विज्ञानको इतिहास केलाउने हो भने हामीले प्राचीन सभ्यतामा पुग्नै पर्छ । उत्पत्तिकालदेखि नै मानव जातिले ग्रह तथा आकाशीय पिण्डहरूका विषयमा जानकारी राख्न गरेको प्रयासलाई खगोल अध्ययनको पहिलो प्रहर मान्न सकिन्छ । ग्रहहरूको प्रक्रिया, जलवायु वा मौसमको परिवर्तन यी सबै प्राग्मानवका प्रारम्भिक जिज्ञासाहरू थिए । प्राचीन मिश्रका नागरिकहरूले प्रत्येक वर्ष बाढी आउनुपूर्व आकाशमा नक्षत्र एक निश्चित स्थितिमा हुन्छ भन्ने पत्ता लगाए । यो पर्यवेक्षण नै प्रमाणयुक्त खगोल अध्ययनको पहिलो पाइला थियो । यो खोजपछि नै उनीहरूलाई नक्षत्रयुक्त आकाशको मानचित्र बनाउन सफलता मिल्यो । फलतः मिश्रवासीहरू यसकै आधारमा पञ्चाङ्ग निर्माण गर्न सफल पनि भए र उनीहरूले नै एक वर्षमा ३६५ दिन हुन्छ भन्ने पत्ता लगाए । सूर्य तथा चन्द्रग्रहणको भविष्यवाणी आजको आधुनिक खगोल विज्ञानमा सहज बनिसकेको छ । प्राचीन बेबिलोनवासीहरू ग्रह तथा नक्षत्रको अध्ययन गरी सूर्य तथा चन्द्रग्रहणको भविष्यवाणी गर्न पहिलोपल्ट सफल भएका थिए । वर्षलाई महिना, सप्ताह, दिन, घण्टा र मिनेटमा बाँड्ने प्रक्रिया पनि बेबिलोनबाटै प्रारम्भ भएको हो । उनीहरूको सोचाइ थियो- आकाश ठुलो चाल्नी जस्तै छ जसमा असङ्ख्य छिद्रहरू छन् र यिनै छिद्रहरूबाट पृथ्वीमा वर्षा हुन्छ ।
अहिले खगोल वैज्ञानिकहरू कुन कुराको अध्ययनमा केन्द्रित छन् ?
प्रमाणयुक्त खगोल अध्ययनको पहिलो पाइला के थियो ?
बेबिलोनवासीहरू सूर्य तथा चन्द्रग्रहणको भविष्यवाणी गर्न कसरी सफल भए ?
वर्षमा ३६५ दिन हुन्छ भन्ने कुरा के आधारमा पत्ता लाग्यो ?
मानव जातिको कस्तो प्रयासलाई खगोल अध्ययनको पहिलो प्रहर मान्न सकिन्छ ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
स्वदेशमै निर्मित सिस्नो तथा अल्लोका कपडाहरूको प्रचार प्रसारका लागि उत्पादक कम्पनीका तर्फबाट गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् ।
आफ्नो जग्गामा स्वास्थ्य चौकी निर्माण गर्नका लागि वडा कार्यालयलाई दिइने मन्जुरीनामाको नमुना लेख्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
तपाईं सहभागी भएको कुनै साहित्यिक कार्यक्रमका गतिविधिलाई समेटी १५० शब्दमा नघटाई प्रतिवेदन लेख्नुहोस्
'अव्यवस्थित सहरीकरण र यसको असर' शीर्षकमा १५० शब्दमा नघटाई टिप्पणी लेख्नुहोस्
कुनै एकको व्याख्या गर्नुहोस् :
प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो ।
उकालीको चिसो पानी अँजुलीले खाउँला
देउरालीको बिसौनीमा सुसेलीले गाउँला ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
हो र आमा ।
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ ।
त्यो तिमी नै होला भन्ने
मेरो यौवनभरिको सपना थियो ।”
प्रश्नहरू :
(अ) आमाको सपना के थियो ?
(आ) 'त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ' भन्नुको तात्पर्य के हो ?
दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । यसैले समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता सबैतिरबाट महसुस गरिएको छ । सहकारी विभागको वि.सं. २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालन भए पनि अहिलेसम्म सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन। सबैजसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको खण्डमा नेपाल धेरै कुरामा स्वावलम्बी हुन सक्ने देखिन्छ ।
प्रश्नहरू :
(अ) नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?
(आ) नेपालका घरेलु उत्पादनलाई व्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुपर्ला ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
'गोर्खे' कथामा पेशल र सतपालमध्ये कसको भूमिका मुख्य रहेको छ ? आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
“नयाँ कुराको परिकल्पना गर्ने जोखिम मोल्नुभन्दा पनि अरूले गरेको हेरेर त्यसैको अनुसरण गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन छ ।" यस भनाइप्रति तपाईंको सहमति वा असहमति के छ ? तर्कसहित लेख्नुहोस् ।
प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
“दृढ इच्छा शक्ति, ज्ञानशक्ति र क्रियाशक्ति सामु शारीरिक रोग शक्तिहीन हुन्छ” भन्ने भनाइलाई 'स्टिफन विलियम हकिङ' पाठका आधारमा पुष्टि गर्नुहोस् ।
कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दको निबन्ध लेख्नुहोस् :
मेरो देश :मेरो कर्मभूमि
खेलकुदको महत्त्व
सामाजिक सञ्जालको सदुपयोग
Paper Overview & Analysis
2082
Year
Old Question
Type
75
Full Marks
32
Pass Marks
3hrs
Duration
29
Question Items
Question Type Breakdown
Group Breakdown