Class 12 Nepali notes and question bank — NEB Exam
Home/Class 12/Nepali

Nepali

Class 12 - 12 Chapters

Home/Class 12/Nepali/Question Bank/Nepali Old Question

Sub. code 0021

NEB — GRADE XII

2079

Old Question

Nepali Question Paper 2079 (Old Question)

The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

समय (Time) : 3hrsपूर्णाङ्क (Full Marks) : 75

Pass Marks : 32

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)

This old question question paper is for Class 12 Nepali, 2079 (subject code 0021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3hrs. Answers with step-by-step solutions are available for every question below.

1.
[3]

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् :

जीवनमा सफल हुन चाहने व्यक्तिले मिहिनेत त गर्नैपर्छ । काम गर्दा असफल भइन्छ कि भन्ने आशङ्का गर्नु हुँदैन । संसारमा जति पनि व्यक्ति सफल भएका छन्, ती सबै लगनशील र परिश्रमी छन् ।

2.
[3]

तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

दमयन्तीलाई अचम्म लाग्यो, सवै मानव नैत हुन् । मनूका सन्तान हुन् । यो सम्झेर शपनामा दमयन्ती मुसुक्क हाँसीन् ।

3.
[2]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

कम्प्युटरमा भाइरस संक्रमणबाट मर्मत हुन नसकेका फाइललाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई खुरुखुरु डिलिट गर्न सुझाब दियो । आफ्नो काम सकेर मुसुमुसु हाँस्दै ऊ लुरुलुरु बाटो लाग्यो ।

Or
a.

तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयो गर्नुहोस् :

हाम्रो समाज आलु खाएर पेडाको धाक लगाउने र कुरा काट्ने प्रवृत्ति निकै बढेको देखिन्छ । यस्तो प्रवृत्ति बढ्दै गएमा समाजले काँचुली फेर्ने कुरा त आकाशको फल आँखातरी मर भनेझैँ पो हुन्छ ।

4.
[3]

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

विविधता नै नेपालको पहिचान हो भन्ने कुरामा त हामी स्पष्ट भयौं । यो विविधता समस्या नभएर सम्पत्ति हो भन्ने कुराचाहिँ अलि बुझिएन नि ।

5.
[2]

तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

मोबाइल एक इलेक्ट्रोनिक साधन हो । सहर बजारका पसल पसलमा यसको बिक्री गरिन्छ । यसबाट मानिसलाई सूचना संप्रेषण गर्न सहज भएको छ ।

6.
[3]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

प्राकृतिक सम्पदा र जैविक विविधतामा धनी हाम्रो देश नेपालको आर्थिक प्रगति गर्न जल, जमिन र पर्यटनमा ध्यान हुनु अत्यावश्यक छ । राष्ट्रमा पर्याप्त रोजगारीको अवस्था सिर्जना नभएसम्म नेपाली युवाहरूको विदेश पलायन रोक्ने कुरा त केवल परिकल्पना मात्रै हुन्छ ।

Or
a.

तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द खोजी तिनको निर्माण प्रक्रिया देखाउनुहोस्:

गाउँठाउँमा मानिसहरू एक आपसमा सरसहयोग गरी मिलिजुली बस्छन् । गाउँघरमा छरछिमेक र इष्टमित्रहरू सबै आ-आफ्नो कामकाजमा साँझबिहान सक्रिय हुन्छन् । कसैलाई खनखाँचो पर्यो भने रातदिन नभनी मरमद्दत गर्न सबै जना मनवचनले अग्रसर हुन्छन् ।

7.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

ले, लाई, बाट, देखि, द्वारा, को, नो, मा विभक्तिहरूको प्रयोग गरी आफूले घुमेको एक रमाइलो ठाउँको चार वाक्यमा वर्णन गर्नुहोस् ।

Or
a.

तलका वाक्यलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गर्नुहोस् :

मेरो साथी पोखरा घुम्न गयो । उसले त्यहाँको रमाइलो ठाउँ घुम्यो । उनीहरूले फेवा तालमा नौका विहार गरे । उनीहरूलाई पोखराका रमाइला दृश्यहरूले निकै लोभ्याए ।

8.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

सम्भावनार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाको वर्णन गर्नुहोस् ।

Or
a.

वाच्य परिवर्तन गर्नुहोस् :

हामी यसपालि बिदामा रारा ताल घुम्न जान्छौँ । त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउँछौँ । रिसोर्टमा बसेर नाचगान गर्छौं । दुई दिनको बसाइपछि हामी घर आउँछौं ।

9.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन् । देवकोटा प्रसिद्ध निबन्धकार पनि हुन् । देवकोटा कथाकार र उपन्यासकार पनि हुन् । देवकोटा बहुमुखी प्रतिभाका धनी स्रष्टा हुन् ।

Or
a.

तलका दिइएका प्रत्यक्ष कथनका वाक्यहरूलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

शिव नारानले भने- “फर्किसक्नुभएको मानिसले किन फेरि दुःख गर्ने ? "

नानीथकुँले रुँदै भनिन्- “अब मैले डाक्टरलाई पाउन नसक्ने भएँ ।”

डाक्टर गोदत्त प्रसाद भने- " रञ्जना तिमी घर जाऊ । "
रञ्जनाले भनिन्- “तपाईंको चाला निको छैन ।”

10.
[5]

तलका अनुच्छेदहरू पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ । एकल बिन्दु सेवा केन्द्रका माध्यमबाट वैदेशिक लगानी प्रवर्धन गर्न आवश्यक छ। उपलब्ध स्रोतसाधन र श्रमको उपयोग गरेर औद्योगिक उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्न सकिन्छ । लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्धन गरी रोजगारी सिर्जना गर्न सकिन्छ । गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका माध्यमबाट अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक छ । तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका नेपालीवस्तु तथा सेवाको उत्पादन वृद्धि गर्नुपर्दछ । निर्यात प्रवर्धन र आयात व्यवस्थापन गरी आन्तरिक माग पूर्ति गर्न सकिन्छ । द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापार प्रणालीबाट अधिकतम लाभ लिने गरी वैदेशिक व्यापारसम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । खाद्यान्न, औषधी र पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको सरल र उचित मूल्यमा सहज उपलब्ध हुने व्यवस्था आवश्यक छ । यसका लागि आपूर्ति व्यवस्थापनमा सुधार ल्याई मूल्यस्थिरता कायम गर्नुपर्छ । गुणस्तरीय वस्तु र सेवामा सहज पहुँच पुऱ्याई उपभोक्ताको हकहित संरक्षण गर्नुपर्छ । खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाउनु आवश्यक छ । यसका लागि विद्यमान ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्छ ।

a.

स्वदेशी तथा विदेशी पुँजीको परिचालन केका लागि गर्नुपर्छ ?

b.

गरिबी न्यूनीकरणका उपाय के के हुन् ?

c.

अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?

d.

उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?

e.

बजार अनुगमनलाई तीव्र बनाउनु किन आवश्यक छ ?

11.
[2+3]

तलको दिएको अनच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् :

कविता विचार र भावनाको लयबद्ध कलात्मक भाषिक अभिव्यक्ति हो । कविताको संरचनामा विचार, भावना, लय र भाषा संरचकका रूपमा रहेका हुन्छन् । यी संरचकमध्ये विचार वा भावना र भाषा साहित्यका अन्य विधा कथा, उपन्यास, निबन्ध आदिको संरचनामा पनि रहन्छन् । विचार एवम् भाषा कविता र अन्य विधाका साझा संरचक हुन् भने लयचाहिँ कवितामा मात्र रहने भएकाले यो कविताको विधा परिचायक संरचक हो । लयकै कारणले कवितामा गेयात्मकता हुन्छ । लयकै आधारमा कविता गद्य कविता, पद्य कविता र लोक कविता गरी तीन प्रकारका छन् । गजल र गीत पनि पद्य कविताकै भेद हुन् । पद्य कविताको लघुरूप मुक्तक हो । गद्य कविता मुक्तलयमा संरचित हुन्छ । पद्य कविता, गीत र गजल बद्धलयमा संरचित हुन्छन् । लोकगीत र लोककविता चाहिँ लोकलयमा संरचित विधा हुन् । पद्य कविता र गजलमा लयको काम छन्दले गर्ने हुनाले यिनलाई छन्दोबद्ध कविता पनि भनिन्छ । छन्द र बहरको ढाँचा फरक फरक हुने भएकोले पद्य कविता र गजलको संरचनामा भिन्नता हुन्छ ।

12.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

तपाईंको गाउँ वा टोलमा खानेपानीको उचित प्रबन्ध हुन नसक्दा त्यसबाट पैदा भएका समस्याका बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनका लागि कुनै एक स्थानीय पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् ।

Or
a.

पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरबाट आफूले पाउनुपर्ने विभिन्न बैठक भत्ता बापतको रकम लिन कार्य व्यस्तताले गर्दा उपस्थित हुन नसकेको व्यहोरा उल्लेख गरी साथीमार्फत उक्त रकम उपलब्ध गराइदिन अनुरोध गर्दै कार्यालय प्रमुखलाई मन्जुरीनामा लेख्नुहोस् ।

13.
[5]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

आफ्नो विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।

Or
a.

'मूल्यवृद्धिले उपभोक्तालाई पारेको असर' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

14.
[4]

कुनै एकको व्याख्या गर्नुहोस् :

a.

जीवन एउटा नटुङ्गिदो यात्रा रहेछ ।

Or
a.

मर्नैपर्छ भने पनि पर पुगी मरौं
नझुक्ने यो हिमालमा किन झुकी मरौं ।

15.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

तल दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

अपार जलस्रोत एवम् उर्वराभूमिले सम्पन्न र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा सहकारी सञ्चालनका सम्भाव्य अन्य क्षेत्र पनि पर्याप्त रहेका छन् । सहकारीका माध्यमबाट यिनको व्यवस्था गर्ने हो भने स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ । स्वदेशमै रोजगारी सिर्जना गर्न सके लाखौं युवा विदेसिनुपर्ने स्थितिको अन्त्य हुन्छ । यसबाट परनिर्भरता घट्न गई आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र पनि सुदृढ हुन्छ । सहकारीका माध्यमबाट सबै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रलाई समेत समेटेर अघि बढ्न सके नेपाल संसारकै समुन्नत र सुखी मुलुक बन्न सक्छ ।

i.
[2]

स्वदेशमै रोजगारी सिर्जना गर्न के गर्नु उपयुक्त हुन्छ ?

ii.
[2]

नेपाललाई कसरी समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ?

Or
a.

तलको रिपोतार्ज अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सके बजारको समस्या हुँदैन । विश्वव्यापीकरणको आजको युगमा नेपाली संसारभर छरिएर रहेका छन् । विश्वका जुनसुकै मुलुकमा पुगे पनि नेपालीले आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानको कारण अनेक रोग निम्तिएका छन् । नेपाल जस्तो प्रकृतिको सुन्दर देशमा हामीले अर्गानिक र प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौं भने हाम्रा उत्पादन संसार भर बिक्ने छन् ।

i.

नेपाली मौलिक उत्पादनको बजार कस्तो छ ?

ii.

‘आजको युगलाई विश्वव्यापीकरणको युग' भन्नुको तात्पर्य के हो ?

16.
[4]

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

a.

‘घनघस्याको उकालो काट्दा' नियात्राको विषयवस्तु र प्रस्तुतीकरणका बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।

Or
a.

‘मातृत्व' कथाको पात्र सुबोधको ठाउँमा यदि तपाईं हुनुभएको भए ममता र उनका सन्तानप्रति कस्तो व्यवहार गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।

17.
[8]

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

a.

‘एक चिहान' उपन्यासमा निम्न वर्गीय किसान परिवारको कस्तो तस्विर प्रस्तुत गरिएको छ ? स्पष्ट पार्नुहोस् ।

Or
a.

'आमाको सपना' कवितामा कविले क्रान्तिको आवश्यकता किन औँल्याएका छन् ? समीक्षा गर्नुहोस् ।

18.
[8]

कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

a.

समृद्ध राष्ट्रनिर्माणमा युवावर्गको भूमिका

b.

सामाजिक सञ्जालको बहुउपयोगिता

c.

म र मेरो राष्ट्रियता

Nepali — Old Question 2079NEB Exam

Paper Overview & Analysis

2079

Year

Old Question

Type

75

Full Marks

32

Pass Marks

3hrs

Duration

27

Question Items

Question Type Breakdown

Short Answer23
Long Answer4
Class 12 Nepali Question Paper 2079 (Old Question with Solutions) — NEB Exam