विषय कोड : 0011
NEB — कक्षा XI
Set E
नमुना प्रश्नपत्र
Class 11 Nepali नमुना प्रश्नपत्र Set E
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This model question paper is for Class 11 Nepali, Set E (subject code 0011), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).
दिएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र घोषत्व छुट्याई लेख्नुहोस् :
योगमाया लैङ्गिक विभेदको पनि कट्टर विरोधी थिइन् ।
शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
यि दुई वर्षका बीचमा धेरै पटक प्रयाश गरें गाउँ तिर जाऊँ भनेर
दिइएको अनुच्छेदमा रेखाङ्कित शब्दहरूको पदवर्ग छुट्याउनुहोस्।
विवेक आफ्नो कोठाको टेबलमाथि किताब राखेर फटाफट माथि गयो अनि दाजुभाउजूसँग परामर्श लिई आफ्नो काममा व्यस्त हुन थाल्यो।
दिइएका प्रश्नको उत्तर दिनुहोस्
दिइएको अनुच्छेदबाट दुई-दुईवटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
प्रातःकालीन भ्रमणमा निस्कँदा विभिन्न विद्यालय तथा कलेजको ड्रेस लगाएका विद्यार्थीहरू व्याग भिरेर पौष महिनाको समयमा कलेजतिर हिँड्दै गरेको देखिन्छ।
दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् :
कृष्ण, कपडा, कान्ति, कम
तल दिइएको अनुच्छेदबाट तीनवटा पारिभाषिक शब्द छानी प्रत्येकलाई एउटा–एउटा वाक्यमा प्रयोग गर्नुहोस्।
भाषा भनेको निश्चित नियम र प्रतीकहरूको माध्यमबाट विचार, भावना तथा सूचनाको आदानप्रदान गर्ने एउटा महत्त्वपूर्ण साधन हो। यसले समाजका व्यक्तिहरूबीच आपसी सम्बन्ध स्थापित गर्न र आफ्ना विचारहरू अभिव्यक्त गर्न सहयोग पुर्याउँछ। भाषाको प्रकृति र विशेषताले यसको पहिचानलाई स्पष्ट बनाउँछ।
तलको अनुच्छेदमा रहेका एउटा अनुकरणात्मक शब्द, एउटा उखान र एउटा टुक्का छुट्याई प्रत्येकलाई वाक्यमा प्रयोग गर्नुहोस्।
मेहनत नगरी सफलता खोज्नु भनेको आकाशको फल आँखा तरी मर भनेजस्तै हो। राम परीक्षामा उत्कृष्ट अङ्क ल्याएकोमा गमक्क परेर हिँडिरहेको थियो। पढाइसँगै राम्रो जागिरको अवसरसमेत पाएपछि उसको त दुवै हातमा लड्डु भयो।
कुनै दुई प्रश्नको उत्तर दिनुहोस्
तलको अनुच्छेदबाट दुईवटा उपसर्गयुक्त र दुईवटा प्रत्यययुक्त शब्द पहिचान गरी तिनको शब्द निर्माण प्रक्रिया देखाउनुहोस्।
नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र सामाजिक विविधताले भरिपूर्ण देश हो। यहाँका नागरिकहरू सद्भाव र सहकार्यको भावना बोकेर बसेका छन्। सकारात्मक सोच र सिर्जनशील कार्यले समाजको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछन्।
तलको अनुच्छेदबाट दुईवटा समस्त शब्द र दुईवटा द्वित्व शब्द पहिचान गर्नुहोस्। समस्त शब्दको विग्रह गर्नुहोस् र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस्।
दाजुभाइसँग मेलमिलाप गरेर बसेकी रमिला बजारबाट घर फर्कँदा सानोतिनो सामान किनेर ल्याइन्। घर पुगेपछि उनले आमालाई सामान देखाइन् र साथीभाइसँग रमाइलो गर्दै दिन बिताइन्।
तलको अनुच्छेदबाट चारवटा सन्धियुक्त शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नुहोस्
आज सूर्योदयसँगै विद्यार्थीहरू विद्यालयतर्फ लागे। त्यहाँ पुगेर उनीहरूले गणेशको पूजा गरे र सज्जन व्यक्तिहरूको सङ्गत गर्नुपर्छ भन्ने पाठ सिके
दिइएका प्रश्नको उत्तर दिनुहोस्
दिइएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
प्रश्न: सानो भाइ दौडेर आयो। उसले मलाई बोलायो। मैले उसलाई मायाले अङ्गालो हालेकी थिएँ। यसबाट म निकै खुसी भएकी छु।
दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्
प्रश्न: मैले गाउँमा मेरो पुरानो साथी भेटें। हामीले धेरैबेर कुरा गर्यौं। साथीले आफ्नो प्रगतिको कथा सुनायो। तिमी पनि एकछिनमा आइपुग्छ्यौ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस्
तल दिइएको अनुच्छेदबाट दुईवटा उद्देश्य पद, दुईवटा विधेय पद, दुईवटा उद्देश्य विस्तार र दुईवटा विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस्।
मेहनती विद्यार्थी सविना बिहानै विद्यालय जान्छिन्। उनी आफ्नो गृहकार्य नियमित रूपमा गर्छिन्। आज उनी पुस्तकालयमा पढिरहेकी छन्। लगनशील भएकाले शिक्षकहरूले उनलाई प्रशंसा गर्छन्।
तलको अनुच्छेदमा रहेका करण वाक्यलाई अकरण र अकरण वाक्यलाई करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस्।
सीता नियमित रूपमा विद्यालय जान्छिन्। उनका साथीहरू भने विद्यालय जाँदैनन्। उनीहरू गृहकार्य पनि गर्दैनन्। सीताले मेहनत गरेमा परीक्षामा असफल हुनेछैनिन्।
दुवै प्रश्नको उत्तर दिनुहोस्।
दिएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
प्रकारले मानिसलाई बाँच्नका निम्ति भोजनको आवश्यकता पर्छ, त्यस्तै बोटबिरुवाका लागि पनि हुर्किन, फुल्न र फल लाग्न खाद्यपदार्थको आवश्यकता पर्छ। बिरुवाका लागि यी खाद्यपदार्थहरू केही मात्रामा हावा र पानीबाट प्राप्त हुन्छ भने अधिकांश भाग माटोबाट प्राप्त हुन्छ। बोटबिरुवालाई माटोबाट खाद्य पदार्थ उपलब्ध गराउनका निम्ति माटोमा जुन पौष्टिक पदार्थ हालिन्छ, त्यसैलाई मल भनिन्छ। यसैले मल भनेको त्यो पदार्थ हो जो माटोमा मिलाउनाले माटोको उर्वराशक्तिमा वृद्धि र माटोको स्वरूप राम्रो हुन्छ र बिरुवालाई सजिलैसँग आवश्यक पौष्टिक खाद्यपदार्थ उपलब्ध हुन्छ।
कुनै पनि बाली बिरुवाका लागि विभिन्न तत्त्वहरूको आवश्यकता पर्छ। ती तत्त्वहरू कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, सल्फर, म्याग्जिन, बोरन, कपर, जिङ्क, आयरन, मोलिब्डेन तथा क्लोरिन हुन्। यी तत्त्वहरूमध्ये कार्बन, हाइड्रोजन र अक्सिजन बिरुवाले हावा तथा पानीबाट र अरू बाँकी तत्त्वहरू माटोबाट लिन्छन्। माटोबाट बन्ने यी सबै तत्त्वहरूलाई मुख्य खाद्यतत्त्व भनिन्छ। क्याल्सियम, म्याग्नेसियम र सल्फर बोटबिरुवाहरूले माटोबाट कम लिने गर्दछन्। यी तत्त्वहरूलाई सहायक खाद्यतत्त्व हुन्। यिनीहरूलाई सूक्ष्म खाद्यतत्त्व भनिन्छ। हावा, पानी, माटो, प्राङ्गारिक मल, रासायनिक मल आदि बोटबिरुवाका खाद्यतत्त्वका स्रोतहरू हुन्।
बोटबिरुवाका लागि खाद्यपदार्थको आवश्यक किन पर्छ ?
बिरुवाहरूले खाद्यपदार्थ केबाट प्राप्त गर्दछन् ?
माटोको उर्वराशक्ति कसरी बढ्छ ?
'उर्वराशक्ति' र 'प्राङ्गारिक' शब्दको अर्थ लेख्नुहोस्।
दिएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्
खोलो अचेल फेरि गाउँतिर सोझिएको रहेछ। यो खोलाले पनि गाउँलाई धुरुक्कै रुवायो। हुन त रुवायो मात्र भन्नु खोलाप्रति अन्याय ठहर्ला। यो खोलाले गाउँलाई पालेका पनि छ। हाम्रो विगतको लगभग आधा उमेर यही खोलाको डिल र बगरहरूमा बितेको थियो। कहिले ओराहा खाने निहुँमा त कहिले गाईभैँसी चराउने निहुँमा। खोलामा बाढी आएको बेला हामी गाईको पुच्छर समाएर बाढी तर्त्यौँ अथवा यस्तो बेलामा हामी खोलाको किनारमा बसेर बाढीको आनन्द लुठ्थ्यौँ। तर्न डराउने कोही मानिस आए भने हामी तीनचार जना एक अर्काको हात समाउँदै बाढीमा हेलिन्थ्यौँ र किनारमा पर्खेररहेको मानिसलाई तारिदिन्थ्यौँ र यस्तो काममा खास गरी परिछनकै विशेष रुचि थियो। "यहाँनिर कुवा छ, गए सालको वर्षमा मूल फुटेको एकदम चिसो र मीठो पानी छ।" ऊ पानी लिएर आइसकेको थियो।
हाम्रो विगतको लगभग आधा उमेर यही खोलाको डिल र बगरहरूमा बितेको थियो। भन्ने वाक्यमा 'विगत' कस्तो शब्द हो ?
खोला कतातिर सोझिएको थियो ?
'गाउँ' शब्दको विपरीतार्थी शब्द कुन हो ?
माथिको अनुच्छेदको अन्तिम वाक्य कुन हो ?
तल दिइएको अनुच्छेदका मुख्य चारवटा बुँदा टिपोट गरी त्यसको एक तृतीयांशमा सारांश लेख्नुहोस्।
रेसुङ्गा नेपालको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। प्राचीन समयमा ऋष्यशृङ्ग ऋषिले यस स्थानमा तपस्या गरेको हुनाले उनकै नाम अपभ्रंश हुँदै यस ठाउँको नाम रेसुङ्गा रहन गएको किंवदन्ती पाइन्छ। यस पवित्र भूमिमा सिद्धबाबा, विष्णु, शिव र गणेशका मन्दिरहरू रहेका छन्। यहाँ राम–लक्ष्मण र बाण हानेर पानी निकालेको रामकुवा पनि देख्न सकिन्छ।
वि.सं. २०४१ मा योगी नरहरिनाथले एक महिनासम्म कोटिहोम गरेपछि रेसुङ्गाको धार्मिक तथा पर्यटकीय महत्त्व राष्ट्रिय स्तरमा फैलिँदै गएको हो। यस क्षेत्रको संरक्षण र विकासका लागि रेसुङ्गा संरक्षण समितिले काम गर्दै आएको छ। हाल यहाँ स्थानीय जातका गाईहरू पाल्नका लागि गौशाला पनि सञ्चालनमा रहेको छ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस्।
वैदेशिक रोजगारीमा जान लागेको साथीलाई देशमै बसेर काम गर्न सल्लाह दिंदै एउटा चिठी लेख्नुहोस्।
राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम हुन सफल आफ्नो मामालाई लेखिने बधाई पत्रको नमुना तयार पार्नुहोस्।
कुनै एक प्रश्नको उत्तर दिनुहोस्।
'विद्यार्थी जीवन र अनुशासन' शीर्षकमा १५० शब्दसम्मको वक्तृत्वकला तयार पार्नुहोस्।
तपाईँको विद्यालयमा हालै सम्पन्न भएको 'सरसफाइ तथा वृक्षारोपण कार्यक्रम' लाई समेटി १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस्।
‘शारीरिक व्यायामको महत्त्व’ शीर्षकमा करिब १५०–२०० शब्दमा आफ्नो प्रतिक्रिया लेख्नुहोस्।
दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
प्रश्नहरू
नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो ?
हाम्रा वीरपुर्खाको गौरव गाथालाई कविताका आधारमा वर्णन गर्नुहोस् ।
(ख) दिइएको कथांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
“त्यही कुराको खुसी छ, हिम्मत त किन हारिन्थ्यो र ! अरे, एक साल भएन त अर्को साल कहाँ जाला ! जब उतर गए रण पे तो पिछे हटना क्यों ? एउटा कुराको दुःख छ भाइ ! यस्तो बेलामा, किसुन भाइ ! तिमी पनि गाउँमा हुँदा हौ त हामीलाई धेरै आडभरोस मिल्थ्यो, बल मिल्थ्यो; आखिर हामी त मूर्ख र गँवार न हौ । तिमी लेखपढ गरेको मान्छे । तिमी भन्या गाउँको अभिमान हौ, हाम्रो इज्जत हौ । तर तिमी पनि परदेशी भइदिँदा गाउँ मालिकहरूको एकलौटी रजाइँमा पर्छ...।”
कृष्णलाई सबैले किन सम्मान गरेका हुन् ?
पढेलेखेका मान्छेले गाउँ छोड्यो भने गाउँमा कस्तो असर पर्छ ?
दिइएको निबन्धंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : निबन्धंश:
संस्कृति हाम्रो परिचय हो, हाम्रो पहिचान हो र हाम्रो अनुभूति हो । संस्कृति हाम्रो बोलने, विचार गर्ने र बाँच्ने तरिका पनि हो । हाम्रो संस्कृति बाँच्नुपर्छ, त्यसैले हाम्रा सांस्कृतिक मूल्यहरू बाँच्नुपर्छ । दसैँ हाम्रो संस्कृति हो, तिहार हाम्रो संस्कृति हो । तिज, बुद्ध पूर्णिमा, उँधौली, उँभौली, ल्होसार, किसमस, इद सबै हाम्रा संस्कृति हुन् । सभ्यताको यस यात्रामा म बारम्बार सोध्छु र सोच्छु यस्ता सुन्दर अवसरलाई हामीले सदुपयोग गर्ने पर्छ । लिङ्ग, वर्ग, जातिका आधारमा हुने भेद विकृति हुन् । ती कुरा हट्नुपर्छ र संविधानले यसको सुनिश्चितता पनि गरेको छ ।
संस्कृति भनेको के हो ?
संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषय के के हुन् ?
दिएका दुईवटा लामो उत्तर आउने प्रश्नहरूमध्ये कुनै एकको मात्र उत्तर लेख्नुहोस्
नेपालको सांस्कृतिक क्षेत्रमा पाइने सकारात्मक/बलिया पक्षहरू (सवल पक्ष) र यसमा रहेका नकारात्मक वा सुधार गर्नुपर्ने पक्षहरू (दुर्बल पक्ष) का विषयमा विस्तृत चर्चा गर्नुहोस्।
नेपालमा समतामूलक, न्यायपूर्ण र विभेदमुक्त समाजको स्थापना गर्न योगमायाले कस्तो ऐतिहासिक योगदान पुर्याएकी थिइन् ? यसको विवेचना गर्नुहोस्।
दिएका तीनवटा शीर्षकहरूमध्ये कुनै एक शीर्षक छनौट गरी कम्तीमा २५० शब्दमा नघटाई एउटा आकर्षक निबन्ध लेख्नुहोस् :
मेरो देश : मेरो गौरव
अनुशासनको महत्त्व
नेपालमा पर्यटनको सम्भावना
Paper Overview & Analysis
Set E
Year
नमुना प्रश्नपत्र
Type
75
Full Marks
32
Pass Marks
3 Hours
Duration
38
Question Items
Question Type Breakdown