NEB Question Browser
Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.
275 questions found
स्थानीय तहको वार्षिक बजेट निर्माण प्रक्रियामा नागरिकले सहभागिता जनाउन सक्ने पाँच उपायहरू उल्लेख गर्नुहोस्।
सामाजिक परिवर्तनमा मूल्य, मान्यता र सामाजिक संस्थाहरूले खेल्ने भूमिकाको व्याख्या गर्नुहोस्।
नेपालको संविधानको धारा ३१ ले कुन मौलिक हकको व्यवस्था गरेको छ?
समूह छलफलमा सबै सहभागीको विचार समेट्न सहजकर्ताले गर्नुपर्ने एउटा काम लेख्नुहोस्।
भौगोलिक सूचना प्रणाली (GIS) को दैनिक जीवनमा प्रयोग हुने एउटा उदाहरण दिनुहोस्।
डिजिटल अभिलेख व्यवस्थित गर्दा ध्यान दिनुपर्ने प्रमुख पाँच पक्षहरू निम्न अनुसार छन्:
फाइलको नाम र ढाँचा : डिजिटल फाइलहरूलाई भविष्यमा सजिलै खोज्न सकिने गरी स्पष्ट, एकरूप (standard) र पहिचान गर्न सकिने नाम राख्नुपर्छ। साथै, लामो समयसम्म खुल्ने र टिकाउ हुने मानक ढाँचा (जस्तै: PDF/A, JPEG, PNG आदि) को प्रयोग गर्नुपर्छ।
भण्डारण र ब्याकअप : डेटा नष्ट वा चोरी हुनबाट जोगाउन '३-२-१ नियम' (३ वटा प्रतिलिपि, २ फरक माध्यममा भण्डारण, र १ प्रतिलिपि क्लाउड वा अन्य सुरक्षित ठाउँमा) अपनाएर नियमित ब्याकअपको व्यवस्था गर्नुपर्छ।
मेटाडेटा व्यवस्थापन : फाइल कहिले बन्यो, कसले बनायो, कुन विषयसँग सम्बन्धित छ र कसरी खोज्ने भन्ने जस्ता विवरण (Metadata) समावेश गर्नुपर्छ, जसले अभिलेख खोज्न र व्यवस्थापन गर्न सहज बनाउँछ।
सुरक्षा र पहुँच नियन्त्रण : संवेदनशील डिजिटल अभिलेखहरूलाई पहुँच अधिकार, पासवर्ड, र इन्क्रिप्सन मार्फत अनधिकृत प्रयोग, परिमार्जन वा साइबर हमलाबाट सुरक्षित राख्नुपर्छ।
नियमित अनुगमन र अद्यावधिक : समयसँगै प्रविधि र सफ्टवेयर परिवर्तन हुने भएकाले पुराना फाइलहरू नयाँ ढाँचामा रूपान्तरण गर्नुपर्छ र भण्डारण गरिएका माध्यमहरू (HDD, SSD, Cloud) सुरक्षित छन्/छैनन् भनी नियमित अनुगमन गर्नुपर्छ।
आफ्नो विद्यालयमा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न सकिने एउटा कार्य उल्लेख गर्नुहोस्।
आय असमानताले समाजमा पार्न सक्ने एउटा नकारात्मक प्रभाव लेख्नुहोस्।
स्थानीय उत्पादनको प्रवर्द्धनबाट राष्ट्रिय अर्थतन्त्रलाई कसरी सहयोग पुग्छ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस्।
शिक्षाले व्यक्तिको पेसागत तथा सामाजिक गतिशीलता बढाउन कसरी सहयोग गर्छ?
प्रादेशिक अन्तर सम्बन्धका आयामहरू प्रष्ट पार्नुहोस्
एक किशोर वा किशोरीको नाताले परिवारभित्र पूरा गर्नुपर्ने कुनै पाँचवटा मुख्य दायित्वहरू छोटकरीमा वर्णन गर्नुहोस् ।
"गरिबी नेपालको आर्थिक विकासको प्रमुख बाधक हो।" यस भनाइलाई पुष्टि गर्दै नेपालमा गरिबी निवारणका लागि राज्यले लिनुपर्ने रणनीतिक कदमहरूको विस्तृत चर्चा गर्नुहोस्।
बसाइँसराइको तीव्र वृद्धिका कारण पर्यावरणमा देखिने मुख्य चुनौतीहरूको विश्लेषण गर्नुहोस् ।
सामाजिक–भौगोलिक अध्ययनमा चित्रात्मक प्रस्तुति र भू–सूचना प्रणालीको अवधारणा तथा महत्व उदाहरणसहित प्रष्ट पार्नुहोस्।
राजनीतिक सङ्क्रमण काललाई समयमै सम्बोधन गर्न नसकेमा प्राप्त राजनीतिक उपलब्धिहरू जोगाउन कठिन हुन्छ। यस भनाइलाई नेपालको राजनीतिक सङ्क्रमणकालीन अवधि (वि.सं. २०६२-२०७२) का आधारमा विश्लेषण गर्नुहोस् ।
तपाईं बस्ने प्रदेशको धरातलीय स्वरूपले त्यहाँको सामाजिक-आर्थिक स्थितिमा पारेको असर उल्लेख गरी विदेशमा रहेको मित्रलाई लेखिने इमेलको ढाँचा तयार पार्नुहोस् ।
शिक्षाको विकासले सामाजिक रूपान्तरणमा कसरी सहयोग पुर्याउँछ ? उदाहरणसहित पाँचवटा बुँदामा स्पष्ट पार्नुहोस् ।
समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तनविचको अन्तर सम्बन्ध विश्लेषण गर्नुहोस।
मानव विकास सूचकाङ्कको एउटा आधार उल्लेख गर्नुहोस्।