NEB Question Browser
Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.
125 questions found
समतामूलक समाज निर्माणमा समावेशीकरणको महत्व उदाहरणसहित पाँच बुँदामा लेख्नुहोस्।
भौगोलिक अवस्थिति प्रणाली (GPS) लाई आफ्नो दैनिक जीवनमा सहज बनाउन कसरी उपयोग गर्नुहुन्छ? पाँच बुँदामा लेख्नुहोस्।
नेपाली समाजमा समालोचनात्मक अध्ययनको प्रयोग कमजोर छ भन्ने गुनासोप्रति तपाईँको सहमति वा असहमति तर्कसहित आठ बुँदामा स्पष्ट पार्नुहोस्।
“प्राकृतिक विपत् जलवायु परिवर्तनको परिणाम हो।” यो वाक्यलाई जलवायु परिवर्तनका कारण र प्रभावका आधारमा उदाहरणसहित प्रस्ट पार्नुहोस्।
तपाईँको आफ्नो समुदायमा व्याप्त कुनै एक सामाजिक समस्या पहिचान गरी उक्त समस्यासँग सम्बन्धित तथ्याङ्क सङ्कलनका लागि अन्तर्वार्तामा स्थानीयलाई सोधिने कुनै चारवटा प्रश्नहरूको नमुना सूची तयार पार्नुहोस्।
तपाईंको प्रदेशमा अवस्थित धार्मिक तथा ऐतिहासिक स्थललाई स्वच्छ र सफा राख्न आग्रह गर्दै सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस्।
नेपालको आन्तरिक बसाइँसराइमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी हुनुको कारण के हो? एक बुँदामा उल्लेख गर्नुहोस्।
सामाजिक विविधताको सम्मानले सामाजिक सद्भाव, सहिष्णुता प्रवर्द्धन गर्छ। उदाहरणसहित पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
तपाईं बसोबास गर्ने प्रदेशको भौगोलिक संरचनाले त्यहाँको आर्थिक गतिविधिमा पारेको प्रभाव र चुनौतीहरू उल्लेख गर्नुहोस्।
सिर्जनात्मक चिन्तनले व्यक्तिको क्षमता विकास तथा समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, कसरी? आफ्नो अनुभव तथा समाजमा भएका अभ्यासको आधारमा पुष्टि गर्नुहोस्।
सूचना तथा तथ्याङ्कलाई अनुसन्धानको महत्वपूर्ण आधार मानिन्छ, किन? एक बुँदामा स्पष्ट पार्नुहोस्।
जीवन दर्शनको अर्थ उल्लेख गरी यसका कुनै चारवटा विशेषताहरू लेख्नुहोस्।
वैदेशिक चोरी न्यूनीकरणका लागि भएका कानुनी प्रयासलाई व्यावहारिक बनाउन तपाईंले खेल्न सक्ने भूमिका पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
तपाईंको समुदायमा भएको सामाजिक रूपान्तरणलाई कसरी अभ्यास गर्नुभएको छ? आफ्नो अनुभव एक बुँदामा लेख्नुहोस्।
दिगो विकास लक्ष्य (SDGs) र गरिबी निवारण विषयको सम्बन्ध शीर्षकमा एक लेखको नमुना उल्लेख गर्नुहोस्।
रूसी र पश्चिमी परम्परा बिचको समान विशेषता एक बुँदामा स्पष्ट पार्नुहोस्।
शिक्षाको विकासमा समुदायको भूमिका पाँच बुँदामा लेख्नुहोस्।
शिक्षाको विकासमा समुदायको भूमिका पाँच बुँदामा लेख्नुहोस्।
प्रजातान्त्रिक शासन प्रणालीमा सूचनाको हकको महत्व पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
सामाजिक अनुसन्धान प्रतिवेदन तयार पार्दा सन्दर्भ सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुरा एक बुँदामा लेख्नुहोस्।