Class 12 Nepali notes and question bank — NEB Exam
Home/Class 12/Nepali

Nepali

Class 12 - 12 Chapters

Home/Class 12/Nepali/Question Browser

NEB Question Browser

Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.

213 questions found

161
ShortOld Question · 2079Solution available

मर्नैपर्छ भने पनि पर पुगी मरौं
नझुक्ने यो हिमालमा किन झुकी मरौं ।

Browse the Question Bank
162
Short2mOld Question · 2079Solution available

स्वदेशमै रोजगारी सिर्जना गर्न के गर्नु उपयुक्त हुन्छ ?

Browse the Question Bank
163
Short2mOld Question · 2079Solution available

नेपाललाई कसरी समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ?

Browse the Question Bank
164
ShortOld Question · 2079Solution available

नेपाली मौलिक उत्पादनको बजार कस्तो छ ?

Browse the Question Bank
165
ShortOld Question · 2079Solution available

‘आजको युगलाई विश्वव्यापीकरणको युग' भन्नुको तात्पर्य के हो ?

Browse the Question Bank
166
ShortOld Question · 2079Solution available

‘घनघस्याको उकालो काट्दा' नियात्राको विषयवस्तु र प्रस्तुतीकरणका बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।

Browse the Question Bank
167
ShortOld Question · 2079Solution available

‘मातृत्व' कथाको पात्र सुबोधको ठाउँमा यदि तपाईं हुनुभएको भए ममता र उनका सन्तानप्रति कस्तो व्यवहार गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।

Browse the Question Bank
168
LongOld Question · 2079Solution available

म र मेरो राष्ट्रियता

Browse the Question Bank
169
Short3mOld Question · 2079Solution available

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् :

जीवनमा सफल हुन चाहने व्यक्तिले मिहिनेत त गर्नैपर्छ । काम गर्दा असफल भइन्छ कि भन्ने आशङ्का गर्नु हुँदैन । संसारमा जति पनि व्यक्ति सफल भएका छन्, ती सबै लगनशील र परिश्रमी छन् ।

Browse the Question Bank
170
Short3mOld Question · 2079Solution available

तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

दमयन्तीलाई अचम्म लाग्यो, सवै मानव नैत हुन् । मनूका सन्तान हुन् । यो सम्झेर शपनामा दमयन्ती मुसुक्क हाँसीन् ।

Browse the Question Bank
171
LongOld Question · 2079Solution available

'आमाको सपना' कवितामा कविले क्रान्तिको आवश्यकता किन औँल्याएका छन् ? समीक्षा गर्नुहोस् ।

Browse the Question Bank
172
LongOld Question · 2079Solution available

‘एक चिहान' उपन्यासमा निम्न वर्गीय किसान परिवारको कस्तो तस्विर प्रस्तुत गरिएको छ ? स्पष्ट पार्नुहोस् ।

Browse the Question Bank
173
LongOld Question · 2079Solution available

समृद्ध राष्ट्रनिर्माणमा युवावर्गको भूमिका

Browse the Question Bank
174
LongOld Question · 2079Solution available

सामाजिक सञ्जालको बहुउपयोगिता

Browse the Question Bank
175
ShortOld Question · 2079Solution available

तलका दिइएका प्रत्यक्ष कथनका वाक्यहरूलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

शिव नारानले भने- “फर्किसक्नुभएको मानिसले किन फेरि दुःख गर्ने ? "

नानीथकुँले रुँदै भनिन्- “अब मैले डाक्टरलाई पाउन नसक्ने भएँ ।”

डाक्टर गोदत्त प्रसाद भने- " रञ्जना तिमी घर जाऊ । "
रञ्जनाले भनिन्- “तपाईंको चाला निको छैन ।”

Browse the Question Bank
176
ShortOld Question · 2079Solution available

तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन् । देवकोटा प्रसिद्ध निबन्धकार पनि हुन् । देवकोटा कथाकार र उपन्यासकार पनि हुन् । देवकोटा बहुमुखी प्रतिभाका धनी स्रष्टा हुन् ।

Browse the Question Bank
177
ShortModel QuestionSolution available

शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

वनविनाशका कारण अहिले हरेक देस प्रदूषणको जोखिममा छन् । विश्वका सबै राष्ट्र वनविनाशको समाधानमा अग्रसर हुनुपर्नें देखिन्छ बढ्दो वनविनाशलाई न्यूनिकरण गर्न वृक्षरोपन गर्नु उपयुक्त हुन्छ ।

Browse the Question Bank
178
ShortModel QuestionSolution available

देशभित्रै रोजगारी सिर्जनाका उपायहरू के के हुन् ?

Browse the Question Bank
179
ShortModel QuestionSolution available

दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :

हकिडले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गरेका छन् । ब्रह्माण्डको उत्पत्ति निश्चित परिभाषित सिद्धान्तअनुसार भएको मान्यता राख्ने हकिडले यसको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने बताएका छन् । यस बिन्दुलाई वैज्ञानिकले सिङ्गुलारिटीको संज्ञा दिएका छन् । क्वान्टम पुञ्जका रूपमा रहेकाले सर्वाधिक घनत्वको अवस्थामा रहेको यस बिन्दुलाई हकिडले ब्ल्याकहोल भनेका छन् । उनले ब्ल्याकहोल अत्यन्त भारयुक्त ताराको अवसानपछि निर्माण हुने भएकाले तारा अनन्त भए भैँ ब्ल्याकहोल पनि अनन्त हुन सक्ने र तीमध्ये केही ब्ल्याकहोलमा महाविस्फोटन भई ब्रह्माण्डको उत्पत्ति हुने मान्यता राखेका छन् । हकिडले सुरुमा आइन्स्टाइनले भने भैँ ब्ल्याकहोलभित्रको स्थान, समय र गुरुत्वाकर्षणको प्रबलताका कारण त्यसभित्र छिरेको प्रकाशसमेत बाहिर ननिस्कने र त्यसले सबै चिज आफूमा समाहित गर्ने भएकाले त्यसको भार बढ्छ भन्ने धारणा राखेका थिए । पछि उनले यस सम्बन्धमा आफ्ना मौलिक विचार प्रस्तुत गरे । उनले अधिक गुरुत्वशक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अभ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाए । उनकै नाममा यस विकिरणको नाम पनि 'हकिङ्स रेडियसन' राखियो । ब्ल्याकहोलमा महाविस्फोटन भएर उत्पन्न भएको ब्रह्माण्ड खुम्चँदै गएर पुनः ब्ल्याकहोलमा परिणत भएपछि त्यसको अन्त्य हुने विचार पनि उनले प्रस्तुत गरे । हकिडले प्रस्तुत गरेको यो विचार र संसारकै प्राचीनतम् ग्रन्थ 'ऋग्वेद' मा प्रस्तुत भएको सृष्टिसम्बन्धी दृष्टिमा निकै समानता रहेको देखिन्छ । 'ऋग्वेद' मा 'यस संसारको सृष्टि हुनुपूर्व अन्धकारले ढाकिएको अत्यन्त सघन ऊर्जाशील अन्धकार थियो । यही अन्धकारबाट चारैतिर फैलिएको किरण पदार्थमा परिणत भएपछि संसारको सृष्टि भयो ।' भनिएको छ ।

Browse the Question Bank
180
ShortModel QuestionSolution available

तलको वाक्यमा रेखाङ्कित शब्दहरूको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्यासमेत लेख्नुहोस् :

नेपाल प्राकृतिक सौन्दर्यले सुशोभित छ । नेपालका विविध ठाउँबाट सूर्योदय देख्न सकिन्छ । नेपाल संसारमै पर्यटनका लागि आकर्षक केन्द्र बनेको छ ।

Browse the Question Bank