NEB Question Browser
Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.
213 questions found
कक्षा १२ उत्तीर्णपश्चात् विद्यालयले प्रदान गर्ने चारित्रिक प्रमाणपत्र लिन आफू उपस्थित हुन नसक्ने भएका कारण उक्त प्रमाणपत्र दिदीलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दै लेखिने मञ्जुरीनामाको नमुना तयार पार्नुहोस् ।
बढ्दो महँगीले जनजीविकामा पारेको प्रतिकूल असरका बारेमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन एक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् ।
आफ्नो विद्यालयको वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।
'बढ्दो बेरोजगारी समस्या' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु ।
जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?
हेरौँला त्यो हरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ
माथिको कवितांशमा कस्तो परिवेशको चित्रण गिरएको छ ?
देशको समृद्धिमा निजी क्षेत्रको भूमिका के हुन सक्छ ?
सहकारीले नेपालको विकासमा कसरी सहयोग पुऱ्याएको छ ? चारओटा पक्ष उल्लेख गरी प्रस्ट पार्नुहोस् ।
नेपाली विविधतालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ ? 'नेपाली पहिचान' पाठका आधारमा तर्क दिएर पुष्टि गर्नुहोस् ।
मेरो देश : मेरा गौरव
प्राविधिक शिक्षा : आजको आवश्यकता
माथिको कवितांशमा 'हिमालको बुटी खोज्नु' भन्नुको आशय के हो ?
निजी क्षेत्र र सरकारको सम्बन्ध कसरी जोडिएको हुन्छ ?
'केही नगर्नु भन्दा केही गर्नु राम्रो' भन्नुको तात्पर्य लेख्नुहोस् ।
तलको अनुच्छेदका वाक्यलाई करणमा परिवर्तन गर्नुहोस् :
तिम्रो स्वभाव राम्रो छैन । तिमीलाई सबैले मन पराउदैनन् । तिमी मिहिनेती पनि छैनौ । तिमी जीवनमा सफल हुँदैनौ होला ।
तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
शिक्षकले भन्नुभयो, "तिमीहरूको पढाइ राम्रो छ ।"
विद्यार्थीहरूले एक स्वरमा भने, "यो सव हजुरको प्रेरणाले हो ।"
शिक्षकले भन्नुभयो, "तिमीहरू निकै मिहिनेती छौ ।"
विद्यार्थीहरूले भने, "हामी सक्दो मिहिनेत गर्छौँ ।"
नेपालको सांस्कृतिक विविधता
एक चिहान' उपन्यासमा चित्रण गरिएको नेपाली समाजको तस्विर कस्तो छ ? उपन्यासका आधारमा समीक्षा गर्नुहोस् ।