Class 12 Nepali notes and question bank — NEB Exam
Home/Class 12/Nepali

Nepali

Class 12 - 12 Chapters

Home/Class 12/Nepali/Question Browser

NEB Question Browser

Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.

213 questions found

201
ShortModel QuestionSolution available

तलका वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

सगरमाथा नेपालमा छ । सगरमाथा विश्वको सर्वोच्च शिखर हो । सगरमाथा नेपालको पहिचान हो । सगरमाथाले पर्यटकहरूलाई आकर्षित गरेको छ ।

Browse the Question Bank
202
ShortModel QuestionSolution available

नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ ?

Browse the Question Bank
203
ShortModel QuestionSolution available

राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ ?

Browse the Question Bank
204
ShortModel QuestionNo solution yet

ममताले सुबोधलाई परित्याग गरेर छोराछोरीसँग नै सम्पूर्ण जीवन बिताउने भनी गरेको निर्णय तपाईँलाई कस्तो लाग्यो ? 'मातृत्व' कथाका आधारमा आफ्नो प्रतिक्रिया दिनुहोस् ।

Browse the Question Bank
205
ShortModel QuestionSolution available

चारओटा फरक फरक सम्भावनार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा तपाईँको भावी कार्यको वर्णन गर्नुहोस् ।

Browse the Question Bank
206
ShortModel QuestionSolution available

उच्च आदरमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस् :

तिमी सधैँ समयमै विद्यालय गयौ । तिमी अनुशासित भई पढ्यौ । तिमीले गुरुहरूले भनेको पनि मान्यौ । तिमी परीक्षामा सर्वोत्कृष्ट नजिता ल्याई प्रथम भयौ ।

Browse the Question Bank
207
ShortModel QuestionSolution available

तलको अनुच्छेदमा रेखाङ्कित पदहरूका कारक पहिचान गरी तिनको नाम लेख्नुहोस् :

रमेश आजभोलि बुबालाई निकै सहयोग गर्छ । उसले विद्यालयबाट घर आएपछि खेतबारीमा गएर काम सघाउन थालेको छ । उसले हिजो विराटनगरबाट बुबाका लागि ग्रिनटी र आमाका लागि पनि औषधी लिएर हवाईजहाजबाट आज जनकपुर आयो ।

Browse the Question Bank
208
ShortModel QuestionSolution available

तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

हिन्दु संस्कृतिका समूह, मण्डल, गण, गुरुकुल एवम् बुद्ध धर्मका सङ्घ, नेवारी समुदायमा प्रचलित गुठी, ग्रामीण समाजमा प्रचलित भारोपर्म, धर्मभकारी, ऍचोपैँचो, सहकारिका आदि रूप हुन् । यस किसिमका सहकारीले पारस्परिक सरसहयोग र सहकार्यका माध्यमबाट पाटीपौवा, धर्मशाला, बाटोघाटो, चउर चौतारा आदिको निर्माण, वृक्षारोपण जस्ता मानवहितका कार्य गरेर सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याएका छन् ।

Browse the Question Bank
209
ShortModel QuestionSolution available

तलको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

एक आपसमा मिलीजुली सहकार्य गर्नें साथी, बन्धुबान्धव वा अन्य जोकोही व्यक्ति सहकारी हो । सहकार्य भनेको सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा गरिने सोद्देश्य सामूहिक क्रियाकलाप हो । सहकार्यको यही अभिप्रायलाई लिएर आधुनिक अर्थशास्त्रीले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्नें उद्देश्यले स्थापित संस्थालाई सहकारी भनेका छन् । सहकार्यबाट सम्मान प्राप्त भई कुविचार अन्त्य हुन्छ ।

Browse the Question Bank
210
ShortModel QuestionSolution available

तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुकशब्द पहिचान गरी लेख्नुहोस् :

किताब अध्ययन गर्नें बानी भए पनि उनले खेल्ने सामान जस्तै, मोटर, हवाईजहाज र डुङ्गा आदिको नमुना पनि स्वयम् बनाएर खेल्दै रमाउँथे अनि साथीहरूलाई ज्ञान पनि दिन्थे ।

Browse the Question Bank
211
ShortModel QuestionSolution available

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

हामी घुम्दाघुम्दै पोखरीनजिक पुग्यौँ । “आबुई ! कत्रो माछो !” अग्रिमले पोखरीको माछो देखाएर भन्यो ।

Browse the Question Bank
212
ShortModel QuestionSolution available

तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :

एक थुकी सुकी सय थुकी नदी भन्ने कुरा होस् कि गाँस छोड्नु तर साथ नछोड्नु भन्ने कुरा होस्, यस्ता भनाइहरू त्यत्तिकै प्रचलनमा आएका होइनन् । नदिने बज्यै आइतबार बाछिन् भने भैँ यिनीहरूले हाम्रो जीवनलाई हरियाली बनाउने र मुट्ठी पार्दा पाँचओटे औँलाको महत्त्व दर्साउने काम गर्छन् । सामूहिकताका विषयमा आफू त मुखमा बुभो हालेर बसिँदैन बरु नेटो काटिन्छ ।

Browse the Question Bank
213
ShortModel QuestionSolution available

तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

अनुसन्धान गरेवापत आफ्नो पारिश्रमिकको दोस्रो किस्ता बुभेर ऊ खुसीले गद्गद् हुँदै सरासर घर गयो । परिश्रमबाट पाएको रकम आमाका हातमा राखिदिँदा उहाँ मुसुक्क हाँस्नुभयो ।

Browse the Question Bank