Class 12 Nepali notes and question bank — NEB Exam
Home/Class 12/Nepali

Nepali

Class 12 - 12 Chapters

Home/Class 12/Nepali/Question Browser

NEB Question Browser

Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.

213 questions found

121
Short1mOld Question · 2080Solution available

कायचिकित्सा र शल्यतन्त्रमा कुन कुन रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ?

Browse the Question Bank
122
Short1mOld Question · 2080Solution available

आयुर्वेदले जीवनमा पूर्णायु जिउन के गर्नुपर्ने सुझाव दिएको छ ?

Browse the Question Bank
123
Short1mOld Question · 2080Solution available

आयुर्वेदलाई आयुर्विज्ञान किन भनिएको हो ?

Browse the Question Bank
124
Short3mOld Question · 2080Solution available

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् :

मानिसका आ-आफ्ना रुचि र चाहना हुन्छन् । कसैलाई हिमाल आरोहण गर्न मन लाग्छ भने कसैलाई इतिहास र संस्कृतिको अध्ययन गर्न मन लाग्छ । केशवमणि आफूलाई हवाईजहाज उडाउन अति मनपर्ने बताउँछ ।

Browse the Question Bank
125
Short3mOld Question · 2080Solution available

तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

शहकारीका माध्यमबाट वेलायतले उल्लेख्य समृद्धि हासिल गन्यो । विश्वका अन्य देशले पनि यसको अनुसरण गर्न थाले । सहकार्य गर्दा आम जनसमूहमाझ छरिएर रहेको पुँजी प्रतिभा र प्रविधि को एकिकृत उपयोग हुने गर्दछ ।

Browse the Question Bank
126
LongOld Question · 2080Solution available

म र मेरो देश

Browse the Question Bank
127
ShortOld Question · 2080Solution available

तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

अव्यवस्थित तरिकाले वजनजङ्गल कटानी हुँदा भूक्षयको जोखिम बढ्न थालेको छ । सीमित व्यक्तिले सुटुक्क वनजल कटानी गरे पनि परिणाम सबैले भोग्नु परेको देख्दा म त छक्क पर्छ ।

Browse the Question Bank
128
ShortOld Question · 2080Solution available

तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः

हरेक व्यक्तिले आफ्नो जीवनलाई व्यवस्थित गर्न योजना बनाएर काम गर्ने हो भने जीवनमा अगाडि बढ्न कसैको गोडा मल्नु पर्दैन । कतिपय मानिसहरू भने समय छँदा कानमा तेल हालेर बस्ने अनि जब पर्यो राती तब बुढी ताती भनेझैँ अन्तिम समयमा आएर आत्तिने गर्दछन् । यस्ता मानिसहरू देख्दा मलाई भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध हाल्न सकिन्न भन्ने भनाई सम्झना आउँछ ।

Browse the Question Bank
129
LongOld Question · 2080Solution available

सुशासनको महत्त्व

Browse the Question Bank
130
Short3mOld Question · 2080Solution available

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् :

सुबोधको कुरा मलाई साह्रै तितो लाग्यो। उहाँबाट यस्तो कुरा सुन्नुपर्ला भन्ने किञ्चित शङ्का थिएन । छोराछोरीका लागि पहिले भाग छुट्ट्याएर मात्र मेरो पतिले खाने कुरा खानुभएको झल्याँस्स सम्झन पुगेँ ।

Browse the Question Bank
131
LongOld Question · 2080Solution available

विद्यार्थी र राजनीति

Browse the Question Bank
132
Short2mOld Question · 2080Solution available

तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

अक्षता हेरे झैँ पत्रिकामा फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे । आधा जति पुऱ्याएपछि राक्षस जस्तो घिनलाग्दो देखिने भाइरस भेट्यो । त्यसपछि गोर्खेले भाइरसलाई घेरामा पार्ने कोसिस गयो ।

Browse the Question Bank
133
ShortOld Question · 2080Solution available

तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

नैतिक पक्ष उच्च भएको मानिस साहसी हुन्छ । मर्यादित भएर काम गर्ने र अनुशासनलाई मानवीय आचरणका रूपमा मान्ने मानिसहरू पहिचान गरी सम्मान गर्नुपर्छ । शिक्षित र बौद्धिक व्यक्तिहरू मानिसको अभिभावक तथा गुरु भएर पथप्रदर्शक बन्न सक्नुपर्छ ।

Browse the Question Bank
134
ShortOld Question · 2080Solution available

तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

पिताम्बर र नीलकण्ठले आ-आफ्नो बारीमा सयपत्री फूलको व्यवसाय गरेर घरखर्च चलाएका छन् । उनीहरूले बाबुआमासँग पनि यस कामका लागि आपसी सरसल्लाह गरेका थिए। ठुलाठुला सपना पूरा गर्नका लागि भैझगडा नगरीकन सङ्गठित प्रयत्न र आपसी मेलमिलापको खाँचो पर्दछ भन्ने कुरामा उनीहरू सचेत छन् ।

Browse the Question Bank
135
ShortOld Question · 2080Solution available

तलको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी तिनको नामसमेत लेख्नुहोस् :

आमा मामाघरमा गएपछि बुबाले मलाई खाना बनाउन लगाउनु भयो । मैले सम्पूर्ण परिवारका लागि खाना तयार पारें। चक्कुले तरकारी काट्दा हातमा पनि थोरै काटेको देखेर खाना बनाउने काम सोचेभन्दा कठिन रहेछ भन्ने मलाई महसुस भयो । अस्तिदेखि भान्साको काममा लाग्नु परेकाले मैले पढाइप्रति ध्यान दिन सकेको छैन ।

Browse the Question Bank
136
ShortOld Question · 2080Solution available

तलका एकवचनका वाक्यलाई बहुवचनमा परिवर्तन गरी लेख्नुहोस् :

उसले कृषि विषयक नयाँ प्रयोगशाला खोलेको रहेछ । मलाई पनि नयाँ कुरा सिक्ने रहर छ । तँलाई पनि सिक्ने रहर भए तँ र म सँगै सिकौंला । त्यसले त अस्तिदेखि नै सिक्ने काम सुरु गरेको रहेछ ।

Browse the Question Bank
137
ShortOld Question · 2080Solution available

आज्ञार्थक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीलाई सुझाव दिँदै चार वाक्यमा एक अनुच्छेद लेख्नुहोस् ।

Browse the Question Bank
138
ShortOld Question · 2080Solution available

वाच्य परिवर्तन गर्नुहोस् :

आमाद्वारा भाइ बोलाइयो । आकाशमा जूनतारा देखिए। पुलिसद्वारा चोर समातियो । बाद्वारा औषधि खाइन्छ ।

Browse the Question Bank
139
ShortOld Question · 2080Solution available

तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्य बनाएर लेख्नुहोस् :

मानिस सर्वश्रेष्ठ प्राणी हो त्यसैले उसले ज्ञान र विवेकको प्रयोग गर्नुपर्छ । जबसम्म हामीले आफूलाई नै चिन्दैनौँ तबसम्म हामी खुसी हुन सक्दैनौं। अरूको सद्गुण ग्रहण गर्नु राम्रो हो तर कसैका कुराको अन्धानुकरण गर्ने प्रवृत्ति भने हानिकारक हो । धर्ती सबैको साझा फूलबारी हो भन्ने उदार भावना भएका मानिसहरू सहनशील हुन्छन् ।

Browse the Question Bank
140
ShortOld Question · 2079Solution available

तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

प्राकृतिक सम्पदा र जैविक विविधतामा धनी हाम्रो देश नेपालको आर्थिक प्रगति गर्न जल, जमिन र पर्यटनमा ध्यान हुनु अत्यावश्यक छ । राष्ट्रमा पर्याप्त रोजगारीको अवस्था सिर्जना नभएसम्म नेपाली युवाहरूको विदेश पलायन रोक्ने कुरा त केवल परिकल्पना मात्रै हुन्छ ।

Browse the Question Bank