NEB Question Browser
Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.
213 questions found
लोकतन्त्र र मानव अधिकारबिच कस्तो सम्बन्ध हुन्छ ?
विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सव मनाउन गरेको बैठकको निर्णय तयार गर्नुहोस् ।
तल दिइएका अप्रत्यक्ष कथनका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गरी लेख्नुहोस् :
चालकले बसभित्र चुरोट नखानुहोस् भनी आग्रह गरे । विद्यार्थीले म कक्षाभित्र आउन सक्छु भनेर शिक्षकसँग अनुमति माग्यो । चिकित्सकले बिरामीलाई आफ्नो स्वास्थ्यको नियमित परीक्षण गर्नुहोस् भनी सुझाव दिए। देश विकासका लागि युवावर्गमा नयाँ सोच आउनुपर्छ भनेर विज्ञहरू भन्छन् ।
आयुर्वेदका आठ अङ्ग के के हुन् ?
शरीरमा रोगको प्रवेश हुनुको कारण के हो ?
तल दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी एक तृतीयांशमा सारांश लेख्नुहोस् :
सिद्धार्थ गौतम परिवार र राज्य त्यागेर घरबाट निस्केका थिए। घरबाट निस्कँदा उनले मनमनै भने- "मलाई जीवनमा धनसम्पत्ति, राज्य केही चाहिँदैन। मैले रोग र शोकमाथि विजय प्राप्त गर्न सके पुग्छ ।” उनले प्रख्यात विद्वान्का कुरा सुने तर आफूले चिताएको कुरा नपाएकाले उनी सन्तुष्ट हुन सकेनन् । त्यसपछि उनी एकान्त ठाउँमा गएर तपस्या गर्न थाले । उनले जाडो भनेनन्, गर्मी मानेनन्, वर्षाको मतलब गरेनन् । हरेक समय उनले रुखमुनि स्थिर भएर तपस्या गरिरहे । कठोर साधना गरेकाले नै उनी ज्ञान प्राप्त गर्न सफल भए र बुद्धका नामले संसारभर चिनिए । कोही पनि व्यक्ति कठोर साधनाविना लक्ष्य प्राप्तिमा सफल हुन सक्दैन ।
पाठ्य विषयका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आवश्यक खेलकुदलगायतका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने विषय समेटी प्राचार्यलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस् । (मानौ तपाईंको नाम मिलन हो र विद्यालयको नाम गण्डकी मा.वि. हो ।)
पाण्डुलिपिको सम्पादन र भाषानुवाद गरेवापत पुरातत्त्व विभागको लेखा शाखाबाट पारिश्रमिक बुझिलिएको भरपाईको नमुना तयार पार्नुहोस् ।
आफ्नो विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रमका सम्पूर्ण विषय समेटी १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् । (मानौ तपाईंको नाम सुजन हो र विद्यालयको नाम वागमती मा.वि. हो ।)
रित्तिएका ग्रामीण बस्ती र तिनको पुनः स्थापना शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
दुनियाँलाई ठगेर आफू धनी बन्ने काम उद्यम होइन, अधम हो। उद्यमी हुनु भनेको आफूसँग
अरूलाई पनि धनी बनाउने काम हो ।
हेरौंला, त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ ।
नेपाली उत्पादन संसारभर बिक्री गर्नका लागि के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारणहरू के के हुन् ?
हकिड्ले मानिसलाई किन कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गरेका हुन् ?
'नेपाली पहिचान' संवादमा संलग्न वक्ताहरू मध्ये तपाईंलाई कसको विचार उचित लाग्छ ? तर्कसहित आफ्नो प्रतिक्रिया दिनुहोस् ।
आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरालाई 'विरहिणी दमयन्ती' कथाका आधारमा पुष्टि गर्नुहोस् ।
'एक चिहान' उपन्यासका पात्र सुरमान सुब्बा र गोदत्त प्रसादका दुश्चरित्रलाई उदाङ्ग पार्न शिवनारानले के कस्तो भूमिका खेलेका छन् ? स्पष्ट पार्नुहोस् । '
'मातृत्व' कथामा एकल महिलाको कस्तो मानसिकताको चित्रण गरिएको छ ? विवेचना गर्नुहोस् ।
प्रतिस्पर्धी थपिए पनि आत्तिनु पर्दैन किन भनिएको होला ? स्पष्ट पार्नुहोस् ।