Class 12 Nepali notes and question bank — NEB Exam
Home/Class 12/Nepali

Nepali

Class 12 - 12 Chapters

Home/Class 12/Nepali/Question Browser

NEB Question Browser

Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.

213 questions found

81
ShortOld Question · 2081Solution available

दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

हामीले विकल्प खोज्नुपर्छ । सबैले उही काम गरेर हुँदैन । हाम्रा आवश्यकता असीमित छन् । तिनको परिपूर्तिका लागि विविधता आवश्यक हुन्छ तर नगर्नुभन्दा केही गर्नु राम्रो हो । 'देखासिकी गरी खा आरिसे मरी जा' भन्ने उखान पनि छ । जहाँसम्म हाम्रो जस्तो उद्योगको कुरा छ, त्यसमा भने अहिले कति पनि काम भएकै छैन । हामीले गरेका काम हात्तीका मुखमा जिराजस्ता मात्रै हुन् । यस्ता हजारौं उद्योग हुनुपर्छ । केही कुरामा भने हामीले ध्यान दिनैपर्छ। पहिलो कुरो हो गुणस्तरमा सम्झौता गर्नुहुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ । त्यसो गर्न सके हामी जति उत्पादन त्यति धेरै फाइदाको अवस्थामा जान्छौं ।

(अ) उत्पादनमा किन विकल्प खोज्नुपरेको हो ?

(आ) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?

Browse the Question Bank
82
ShortOld Question · 2081Solution available

दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:

अक्षता हेरे झैँ पत्रिकाका फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे । आधाजति पुऱ्याएपछि राक्षसजस्तो घिनलाग्दो भाइरस भेट्यो । कोलाबाट खरानी निकाल्यो । मन्त्र फुकेर रेखा हाल्यो । com. । त्यस भाइरसलाई उठाएर खरानीको घेरभित्र थेचाऱ्या। फेरि स्क्यान गर्न थाल्यो । स्क्यानिङ गर्न थालेपछि केही भाइरस भागेर कुनाकुनामा पस्दा रहेछन् । करिब एक लाख फाइल स्क्यान गरेपछि पाँचथरिका भाइरस भेट्यो ती भाइरसले लगभग चार सय फाइलमा सङ्क्रमण गरेका थिए । थुप्रै फाइल मर्मत भए मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोर्खेले डिलिट गर्न सुझाब दियो । पेसलले 'ओ के' लेखेका ठाउँमा माउसको चुच्चो लगेर थिच्यो । भाइरसले बिगारेका र मर्मत हुन नसकेका फाइल जति स्वात्तै उडायो ।

(अ) ‘भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचाऱ्यो’ भन्नुको तात्पर्य के हो ?

(आ) गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि गरेका प्रयास के के हुन् ?

Browse the Question Bank
83
ShortOld Question · 2081Solution available

दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

ससाना बालबालिकाले आफ्नो कर्तव्य पूरा गरेका छन् । ठुल्ठुला महर्षि पनि वनवास गएर चित्तशुद्धिमा रमाएका छन् । हरदिन लोभलालचमा फस्ने मानिसले समाजमा घरैघर ठड्याएर भैझगडा निम्त्याएको भेटिन्छ ।

Browse the Question Bank
84
Short3mOld Question · 2081Solution available

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

तपाईंले मलाई बोलाउनुभएको सुनेको भए म पहिले नै यहाँ आउने थिएँ । नसुनेकाले दिदीको घर गएको हुँ । अब ढिलै भए पनि केही बेर बसेर कुराकानी गरौंला, हुन्न र ?

Browse the Question Bank
85
ShortOld Question · 2081Solution available

रेखाङ्कित शब्दहरूको कारक पहिचान गरी लेख्नुहोस् :

दाजु पोखरादेखि बसबाट आउनुभयो । उहाँले भाइलाई सुन्तला दिनुभयो । आफ्नै खेतबारीमा फलेका सुन्तला उपहार पाउँदा भाइ मख्ख पायो । हामीले पनि आफ्नो खेतबारीलाई मलिलो बनाउनुपर्छ र ठाउँअनुसारको उत्पादन गर्नुपर्छ ।

Browse the Question Bank
86
ShortOld Question · 2081Solution available

लोकतान्त्रिक मुलुकमा मानव अधिकारको प्रत्याभूति कसरी गरिएको हुन्छ ?

Browse the Question Bank
87
LongOld Question · 2081Solution available

‘एक चिहान' उपन्यासमा प्रस्तुत नेपाली सामाजिक अवस्थाको समीक्षा गर्नुहोस् ।

Browse the Question Bank
88
ShortOld Question · 2081Solution available

दिइएको अनुच्छेदमा दिइएका वाक्यहरूलाई बहुवचनमा परिवर्तन गर्नुहोस् :

म यसपालि मुक्तिनाथ घुम्न जान्छु । म त्यहाँको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको आनन्द लिन्छु । म त्यहाँ पाइने वनस्पतिका बारेमा जानकारी लिन्छु । म चार दिनको यात्रापछि घर फर्कन्छु ।

Browse the Question Bank
89
LongOld Question · 2081Solution available

आमाको सपना के हो र त्यो कसरी पूरा हुन सक्छ ? 'आमाको सपना' कविताका आधारमा विवेचना गर्नुहोस् ।

Browse the Question Bank
90
LongOld Question · 2081Solution available

मेरो देश : मेरो पहिचान

Browse the Question Bank
91
LongOld Question · 2081Solution available

नेपालको जलसम्पदा र आर्थिक विकास

Browse the Question Bank
92
ShortOld Question · 2081Solution available

पूर्ण वर्तमान कालका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो दैनिकी वर्णन गर्नुहोस् ।

Browse the Question Bank
93
Short2mOld Question · 2081Solution available

तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

यस पटक श्रीपञ्चमी र प्रणय दिवस एकैदिन परेका थिए । त्यसो भए पनि केटाकेटी कलेजमा पूजामा जानुपर्छ भन्दै घरबाट मोटरसाइकल लिएर पार्क र रेस्टुरेन्टतिर गएको

भने सुनिएन । यो सकारात्मक कुरा हो ।

Browse the Question Bank
94
ShortOld Question · 2081Solution available

दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

नेपालको संविधानले हामी सबै नागरिकलाई बोल्ने स्वतन्त्रता प्रदान गरेको छ । जनताले सुयोग्य प्रतिनिधि छानेर मत दिने अधिकारको व्यवस्था गरेको छ । संविधानमा नागरिकका मौलिक हकको संरक्षणको कानुनी दायित्त्व राज्यलाइ दिएको छ ।

Browse the Question Bank
95
ShortOld Question · 2081Solution available

लोकतान्त्रिक शासन व्यवस्थाको पहिलो सर्त के हो ?

Browse the Question Bank
96
ShortOld Question · 2081Solution available

नेपालमा रहेका विविधतालाई पर्यटनमा कसरी उपयोग गर्न सकिन्छ ? 'नेपाली पहिचान' मा उपयोग गर्न पाठका आधारमा आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।

Browse the Question Bank
97
ShortOld Question · 2081Solution available

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्ः

कोरोना जस्तो भाइरसको आक्रमणमा परी कैयौं मान्छेले जिब्रो टोकेपछि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झैँ हामी सामान्य ज्वरो र रुघाखोकीमा पनि तर्सिने भइसकेका छौँ। हुन त कोरोनाले ग्रस्त बनाएकालाई आफू नमरी स्वर्ग देखिँदैन भने जस्तै विश्वास नहोला तर पनि महामारी र सङ्क्रामक रोगका बारेमा सबैले कान ठाडो पार्नु नै पर्छ ।

Browse the Question Bank
98
ShortOld Question · 2081Solution available

दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :

नयाँ संविधान जारी भएपछि त्यसअनुसार पुराना ऐन पनि फटाफट संशोधन हुँदै छन् । कानुनी राज र विधिको शासन भएन भने शासनप्रतिको जनताको विश्वास ह्वात्तै घट्छ ।

Browse the Question Bank
99
ShortOld Question · 2081Solution available

दिइएको अनुच्छेदमा रहेका चारओटा सरल वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

हामी नेपाली परिश्रमी छौं । हामी स्वाभिमानी र इमानदार छौं । हामी आत्मनिर्भर हुन चाहन्छौं । हामी आफ्नो देश आफै बनाउँछौं ।

Browse the Question Bank
100
ShortOld Question · 2081Solution available

मर्नैपर्छ भने पनि पर पुगी मरौं

नझुक्ने यो हिमालमा किन झुकी मरौं ।

Browse the Question Bank