NEB Question Browser
Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.
209 questions found
अहिले खगोल वैज्ञानिकहरू कुन कुराको अध्ययनमा केन्द्रित छन् ?
सामान्य वर्तमानकालका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीका बारेमा
चार वाक्यको एक अनुच्छेद लेख्नुहोस् ।
दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । यसैले समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता सबैतिरबाट महसुस गरिएको छ । सहकारी विभागको वि.सं. २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालन भए पनि अहिलेसम्म सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन। सबैजसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको खण्डमा नेपाल धेरै कुरामा स्वावलम्बी हुन सक्ने देखिन्छ ।
प्रश्नहरू :
(अ) नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?
(आ) नेपालका घरेलु उत्पादनलाई व्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुपर्ला ?
मेरो देश :मेरो कर्मभूमि
प्रमाणयुक्त खगोल अध्ययनको पहिलो पाइला के थियो ?
दिइएको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी कारकको नाम लेख्नुहोस् :
बारीमा कोदालीले खनेर पनि राम्रो तरकारी उमार्न सकिन्छ । कुलो, नहर आदि नभएका ठाउँमा धारो र इनारबाट बाल्टीले पानी झिकेर सिंचाई गर्न सकिन्छ । आमाले यसरी गाउँघरमा फलाएको तरकारी मलाई पठाइदिनुहुन्छ । मैले त्यो तरकारी नियमित खाने गरेको छु ।
स्वदेशमै निर्मित सिस्नो तथा अल्लोका कपडाहरूको प्रचार प्रसारका लागि उत्पादक कम्पनीका तर्फबाट गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् ।
लोकतन्त्र र मानव अधिकारबिच कस्तो सम्बन्ध हुन्छ ?
दिइएको अनुच्छेदका वाक्यहरूलाई करणमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
ऊ कहिल्यै गृहकार्य गर्दैन । उसको त्यो बानी धेरैलाई मन पर्दैन । ऊ धेरैको नजरमा राम्रो छैन । शिक्षकले उसलाई माया गर्नुहुन्न ।
दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :
नयाँ संविधान जारी भएपछि त्यसअनुसार पुराना ऐन पनि फटाफट संशोधन हुँदै छन् । कानुनी राज र विधिको शासन भएन भने शासनप्रतिको जनताको विश्वास ह्वात्तै घट्छ ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्ः
कोरोना जस्तो भाइरसको आक्रमणमा परी कैयौं मान्छेले जिब्रो टोकेपछि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झैँ हामी सामान्य ज्वरो र रुघाखोकीमा पनि तर्सिने भइसकेका छौँ। हुन त कोरोनाले ग्रस्त बनाएकालाई आफू नमरी स्वर्ग देखिँदैन भने जस्तै विश्वास नहोला तर पनि महामारी र सङ्क्रामक रोगका बारेमा सबैले कान ठाडो पार्नु नै पर्छ ।
‘एक चिहान' उपन्यासमा प्रस्तुत नेपाली सामाजिक अवस्थाको समीक्षा गर्नुहोस् ।
आमाको सपना के हो र त्यो कसरी पूरा हुन सक्छ ? 'आमाको सपना' कविताका आधारमा विवेचना गर्नुहोस् ।
मेरो देश : मेरो पहिचान
नेपालको जलसम्पदा र आर्थिक विकास
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् :
नेपालको सर्वाङ्गीण विकासका लागि नेपाली साधनस्रोतमा उद्योग खोल्नुपर्छ । त्यस्ता उद्योगबाट उत्पादित सामान मात्रै हामीले यत्रतत्र निर्यात गर्न सक्छौँ भन्ने ज्ञान प्राप्त भयो ।
नेपालमा रहेका विविधतालाई पर्यटनमा कसरी उपयोग गर्न सकिन्छ ? 'नेपाली पहिचान' मा उपयोग गर्न पाठका आधारमा आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
लोकतान्त्रिक शासन व्यवस्थाको पहिलो सर्त के हो ?
लोकतान्त्रिक मुलुकमा मानव अधिकारको प्रत्याभूति कसरी गरिएको हुन्छ ?
दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
शीवनारान षभ्यताको मर्यादा राख्थे आफ्नो घरमा आउने मानिसलाइ स्वागत र सत्कार गर्ने वानी भएकाले उनले साथी को पनि सत्कार गरे ।