NEB Question Browser
Explore Class 12 Nepali past and model questions by chapter, year, marks and question type.
235 questions found
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
चेतना र विवेक भएकाले नै मानिसलाई सर्वश्रेष्ठ प्राणी मानिएको हो । उसले आफ्नो विवेकको प्रयोग गरेर सृष्टिका सम्पूर्ण प्रणालीलाई जोगाउन सक्छ भन्ने कुरा बिर्सन सकिँदैन ।
दिइएको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी कारकको नाम लेख्नुहोस् :
हाम्रो गाउँमा विगत पाँच वर्षदेखि बाँदरले खेतीपाती नष्ट गर्दा गम्भीर समस्या उत्पन्न भएको छ । गाउँलेहरूले नक्कली बन्दुकले बाँदरलाई लखेट्ने प्रयास गरे पनि त्यति प्रभावकारी भएको छैन । किसानहरूले आफ्ना समस्याहरू सरकारले समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् । सरकारले किसानलाई फाइदा हुने काममा ढिला गर्नु कृषि
प्रधान देशमा कदापि राम्रो होइन ।
दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
ग्रामीन विकासको वर्तमान अवस्था केही सुधारोन्मूख भए पनि सन्तोष जनक भने मान्न सकिँदैन । माना रोपेर मुरि उब्जाउ हुने उर्वर भूमि बाँझै छोडेर युवाशक्ति विदेश पलायन हुनु चिन्ताको विषय हो । गाउँ टोल र समग्र देशको उन्नति गर्न समान विकाशको अवधारणा ल्याउनुपर्छ ।
रोजगारी सिर्जना गर्नका लागि कुन पक्षमा ध्यान दिनुपर्ला ?
दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
देशका विभिन्न गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ऐलानी तथा पर्ती जग्गामा नर्सरीबाट बिरुवा ल्याई वृक्षरोपण गर्ने अभियान चलाएका छन् । गाउँपालिकाको यस कार्यले जनता पनि खुसीले गदगद भई मुसुमुसु हाँस्न थालेका छन् ।
तलको अनुच्छेदमा दिइएका वाक्यहरूलाई उच्च आदरमा परिवर्तन गरी लेख्नुहोस् :
ऊ मेहनती र इमानदार छ । उसले अनुसन्धानका कार्यहरू पनि गर्दै आएको छ । समाजले उसलाई असल मानिस बनेको हेर्न चाहेको छ । ऊ समाजको हितका लागि नयाँ काम गर्न चाहन्छ ।
गरिबी न्यूनीकरणका उपाय के के हुन् ?
दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र बुँदाटिपोटमा सारांश लेख्नुहोस् :
वातावरण खास गरी सजीव र निर्जीव दुई आधारभूत तत्त्वहरू मिली बनेको हुन्छ । निर्जीव तत्त्व भन्नाले घाम वा ऊर्जा, हावा, पानी, माटो तथा जीवलाई आवश्यक पर्ने तत्त्वहरू बुझिन्छन् । सजीव तत्त्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठुला ठुला जनावरहरूका साथै बोटबिरुवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पतिहरू बुझिन्छन् । निर्जीव तत्त्वहरूको निश्चित समानुपातिक संरचनाका आधारमा निश्चित वातावरण तयार भएको हुन्छ । त्यही वातावरणअनुसार सजीवहरूको सृष्टि हुन्छ । त्यसैकारण सजीव र उसको वरपरको वातावरण वा निर्जीव तत्त्वहरूबिच अदृश्य वा अप्रत्यक्ष किसिमको घनिष्ठ सम्बन्ध रहेको पाइन्छ । यही अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ । यस किसिमको पारिस्थितिक प्रणालीको अध्ययन गर्ने शास्त्रलाई पारिस्थितिकी शास्त्र भनिन्छ ।
अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?
उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?
स्थानीय स्तरमा उत्पादित जैविक खाद्यान्न तथा फलफूलको प्रचारप्रसारका लागि बिक्री प्रबन्धक कम्पनीका तर्फबाट गरिने विज्ञापनको नमुना तयार गर्नुहोस् ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
ऋण लागोस् दिन नलागोस् भने झैँ अभाव भयो भन्दैमा आफ्नो स्वाभिमान गिराएर हरेस खानुहुँदैन । रात रहे अग्राख पलाउँछ भन्ने ठानेर हामीले आफ्नो काम यथासमयमा पूरा गर्नुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि हिम्मत हार्नु हुँदैन ।
दिइएको अनुच्छेबबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
विद्यार्थीको प्रमुख उद्देश्य शिक्षा आर्जन गर्नु हो । विभिन्न प्रविधि र उपकरणहरूको विस्तारसँगै इन्टरनेटको प्रयोग अधिक बढेको छ । स्कुल र कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले किताबी ज्ञानमा मात्र आफूलाई सीमित गर्नु हुँदैन ।
दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
वैदिक युगको सभ्यताका सम्बन्धमा धेरै बहस भएका छन् । मानव र दानव भनेर हामीले चिन्ने भनेको प्रवृत्तिगत आधारमा नै हो । विकसित हुर्दै आधुनिक युगमा प्रवेश गरेका आजका मानिसहरू अनपढ झैँ सभ्यताको उद्गम बिन्दुबारे बेखबर हुनु भने राम्रो होइन ।
केका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ?
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली संस्कृति’ नामक पुस्तकको सम्पादन गरेबापत आफ्नो पाउनुपर्ने रकम बुझिलिएको भरपाई लेख्नुहोस् ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्या लेख्नुहोस् :
नेपालले आयआर्जनको महत्त्वपूर्ण स्रोतका रूपमा पर्यटन व्यवसायलाई अगाडि बढाउनुपर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको चौतर्फी विकासको चिन्ता र चासो सबैभन्दा बढी नेपालीलाई नै हुनुपर्छ ।
मानव जातिको कस्तो प्रयासलाई खगोल अध्ययनको पहिलो प्रहर मान्न सकिन्छ ?
बेबिलोनवासीहरू सूर्य तथा चन्द्रग्रहणको भविष्यवाणी गर्न कसरी सफल भए ?
दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
आजको अभिभावक सामाजिक र राष्ट्रिय उत्तरदायित्वसमेत वहन गर्न सक्ने हुनुपर्दछ । शिक्षालाई मेरुदण्ड मानी शिक्षित र स्वावलम्बी जनशक्तिको उत्पादन गर्दै औद्योगिक र व्यावसायिक परिवेश निर्माण गर्न सामर्थ्यशील हुनुपर्दछ ।