विषय कोड : 0061
NEB — कक्षा XI
नमुना प्रश्नपत्र
Class 11 Social Studies नमुना प्रश्नपत्र
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This model question paper is for Class 11 Social Studies, (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).
समूह क
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
जीवनोपयोगी शिक्षा भनेको के हो ?
सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको कुनै एक भिन्नता लेख्नुहोस्।
तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस्।
परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरु गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस्।
आधुनिक मानवको पुर्खा कसलाई मानिन्छ ?
तपाईं बस्ने पर्यावरणीय क्षेत्रमा अनुकूलन हुन तपाईंले गर्नुभएका कुनै दुईओटा कार्यहरू लेख्नुहोस्।
नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ?
जनसाङ्ख्यिक लाभांश भनेको के हो ? एक वाक्यमा लेख्नुहोस्।
विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै दुई प्रभाव लेख्नुहोस्।
विपत् जोखिमका दृष्टिकोणमा तपाईं रहेको बस्ती कस्तो प्रकारको बस्ती हो ? यदि जोखिमयुक्त भएमा यस्ता जोखिमबाट सुरक्षित गर्ने कुनै एक उपाय लेख्नुहोस्।
आहार र स्वस्थ जीवनबिचको सम्बन्ध एक वाक्यमा स्पष्ट पार्नुहोस्।
समूह ख
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
वर्ड फाइल (Word file) मा टाइप गर्दादेखि प्रिन्ट गर्दासम्म तपाईं कुन कुन चरणहरू पार गर्नुहुन्छ ? लेख्नुहोस्।
तपाईंले परियोजना कार्य पूरा गर्नुपर्ने अवस्थामा समूह नेताको हैसियतले समूहलाई कसरी परिचालन गर्नुहुन्छ ?
ढुङ्गे युगको जीवन पद्धतिलाई पाँचओटा बुँदामा उल्लेख गर्नुहोस्।
जीवनशैलीको आधारमा मानव र वातावरणबिचको सम्बन्ध व्याख्या गर्नुहोस्।
"मध्यकालीन एसियामा आर्थिक उतारचढाव थियो।" यस भनाइलाई पुष्टि गर्नुहोस्।
'छुवाछुतविरुद्ध जनचेतना जगाउनुपर्छ' भन्ने सन्देश दिने सम्पादकीयको नमुना तयार पार्नुहोस्।
बस्तीको परिचय दिँदै ग्रामीण बस्तीका कुनै चार प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस्।
देशको आर्थिक विकासमा सरकारी, निजी र सहकारीसम्बन्धी तीन खम्बे आर्थिक नीतिले कसरी सहयोग पुर्याउँछ ?
नेपालको संसदीय निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरिएको छ। यसले संविधानमा उल्लेख गरिए अनुसार सबै वर्ग, क्षेत्र र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सकेको छ, छैन ? समीक्षा गर्नुहोस्।
आमजनतामा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउन राज्यले गरेका प्रयासहरूको समीक्षा गर्नुहोस्।
समूह ग
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
तनाव र द्वन्द्वबिचको सम्बन्ध उल्लेख गरी द्वन्द्व रूपान्तरणमा तनाव व्यवस्थापनले कसरी भूमिका खेल्न सक्छ ? उदाहरणसहित पुष्टि गर्नुहोस्।
मानव समाज विकासको क्रममा पशुपालन तथा कृषि युगको सुरुआतको कारण उल्लेख गर्दै यस युगका विशेषताहरू चर्चा गर्नुहोस्।
नेपाली समाजमा जात प्रथाले उब्जाएका समस्याहरू पहिचान गर्दै यसका समाधानका उपायहरू उल्लेख गर्नुहोस्।
मितव्ययी जीवनशैलीका लागि तपाईंले के कस्ता व्यावहारिक अभ्यासहरू गर्नुभएको छ ? कुनै आठओटा व्यावहारिक अभ्यासहरू उल्लेख गर्नुहोस्।
Paper Overview & Analysis
Year
नमुना प्रश्नपत्र
Type
75
Full Marks
32
Pass Marks
3 Hours
Duration
22
Question Items
Question Type Breakdown
Group Breakdown