NEB Question Browser
Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.
275 questions found
विद्यालय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने पाँच उपाय उल्लेख गर्नुहोस्।
वि.सं. २००७ मा भएको दिल्ली सम्झौता कुन कुन पक्षका बिचमा भएको थियो ?
परिवारभित्र हुने घरेलु हिंसाले पार्ने एउटा असर उल्लेख गर्नुहोस् ।
नागरिकका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनका लागि राज्यले गर्नुपर्ने कार्यहरू प्रस्तुत गर्नुहोस्।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेका सकारात्मक तथा नकारात्मक प्रभावहरूको समीक्षा गर्नुहोस्।
नेपालको प्रजातान्त्रिक विकासक्रममा वि.सं. २०४६ को जनआन्दोलनले पुर्याएको योगदान स्पष्ट पार्नुहोस्।
वातावरणीय प्रदूषण नियन्त्रणमा विद्यार्थी तथा स्थानीय समुदायको भूमिका स्पष्ट पार्नुहोस्।
सामाजिक तथा सांस्कृतिक विविधतालाई राष्ट्रिय एकताको आधार बनाउन अपनाउनुपर्ने उपायहरू उल्लेख गर्नुहोस्।
हाम्रो राष्ट्रिय गौरवले बोकेको एउटा मुख्य महत्त्व प्रष्ट पार्नुहोस् ।
शैक्षिक क्षेत्रमा समावेशी नीतिको अवलम्बनले कस्तो राम्रो असर पार्छ, एक वाक्यमा खुलाउनुहोस् ।
सुरक्षित एवं मर्यादित आप्रवासनसम्बन्धी नीतिको मुख्य लक्ष्य वा उद्देश्य के रहेको छ ?
तपाईं कुनै जिम्मेवार ओहोदामा हुनुहुन्थ्यो भने, नेपालको वैदेशिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्न कस्तो कदम चाल्नुहुन्थ्यो ? आफ्नो अवधारणा एक वाक्यमा प्रष्ट पार्नुहोस् ।
यदि साथीले फौजदारी मुद्दाको वास्तविक रूप वा प्रकृति बुझ्न सकेनन् भने, तपाईं त्यसलाई कसरी सम्झाउनुहुन्छ ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।
अनुसन्धान प्रस्तावनाका पाँच प्रमुख अङ्ग उल्लेख गरी परिचय दिनुहोस्।
हिमाली, पहाडी र तराई क्षेत्रको भौगोलिक अवस्थाले जनजीवन तथा आर्थिक क्रियाकलापमा पारेका प्रभाव तुलना गर्नुहोस्।
नेपालमा बसाइँसराइका प्रमुख कारण, यसबाट उत्पन्न सामाजिक तथा आर्थिक समस्या र व्यवस्थापनका उपायहरू समेटेर विश्लेषण गर्नुहोस्।
सामाजिक जीवनमा समालोचनात्मक चिन्तन र निर्णय क्षमता एकअर्काका परिपूरक हुन्। उदाहरणसहित यी दुई सीपको सम्बन्ध विश्लेषण गर्नुहोस्। साथै, विद्यार्थी जीवनमा तिनको महत्त्व उल्लेख गर्नुहोस्।
विद्यालयमा विद्यार्थीको अध्ययन गर्ने बानीसम्बन्धी अनुसन्धानका चार उद्देश्य:
दिगो विकास प्रणालीको एउटा मुख्य आधार वा विशेषता के हो ?
नेपालमा गरिबी न्यूनीकरण तथा रोजगारी सिर्जना गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले संयुक्त रूपमा सञ्चालन गर्न सक्ने विकास योजनाको नमुना तयार पार्नुहोस्।