Class 11 Nepali notes and question bank — NEB Exam
Home/Class 11/Nepali/Question Browser

Nepali

Class 11 - 12 Chapters

NEB Question Browser

Explore Class 11 Nepali past and model questions by chapter, year, marks and question type.

217 questions found

161
ShortModel Question · Set ASolution available

विप्रेषण शब्दको अर्थ कुन हो ?

अ. रेमिट्यान्स,

आ. तलब,

इ. रोजगारी,

ई. आम्दानी

Browse the Question Bank
162
ShortModel Question · Set ASolution available

नेपालको अर्थतन्त्रका आन्तरिक पक्षहरू के-के हुन् ?

अ. व्यापार र जडिबुटी,

आ. यातायात र शिक्षा,

इ. स्वास्थ्य र रोजगार,

ई. कृषि र उद्योग

Browse the Question Bank
163
ShortModel Question · Set ASolution available

विकासको दीर्घकालीन स्रोत के हो ?

अ. वैदेशिक रोजगारी,

आ. सुरक्षित लगानी,

इ. कृषिको आधुनिकीकरण,

ई. श्रम स्वीकृति

Browse the Question Bank
164
ShortModel Question · Set ASolution available

"नेपाली कामदारको मुख्य गन्तव्यका रूपमा कतार, मलेसिया, बहराइन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेत रहेका छन्।" भन्ने वाक्यमा 'गन्तव्य' कस्तो शब्द हो ?

: अ. उपसर्ग व्युत्पन्न,

आ. प्रत्यय व्युत्पन्न,

इ. समस्त शब्द,

ई. द्वित्व शब्द

Browse the Question Bank
165
ShortModel Question · Set ASolution available

सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् :

Browse the Question Bank
166
ShortModel Question · Set ASolution available

स्थानीय स्वास्थ्य केन्द्रले सर्वसाधारण जनतालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन जारी गर्ने सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस् :

Browse the Question Bank
167
ShortModel Question · Set ASolution available

कसैको शुभ विवाहको अवसरमा आफन्तजनहरूलाई आमन्त्रण गर्न दिने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् :

Browse the Question Bank
168
ShortModel Question · Set ASolution available

आफ्नो विद्यालयको वार्षिकोत्सवको सन्दर्भमा आयोजित विविध कार्यक्रमलाई समेटі १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् :

Browse the Question Bank
169
ShortModel Question · Set ASolution available

राष्ट्रनिर्माणमा नागरिकको भूमिका विषयमा १५० शब्दसम्मको वक्तृता तयार पार्नुहोस् :

Browse the Question Bank
170
ShortModel Question · Set ASolution available

नेपालमा जलस्रोतको सम्भावना

Browse the Question Bank
171
ShortModel Question · Set ASolution available

महिलामाथि हुने हिंसालाई कसरी नियन्त्रण गर्न सकिएला ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् :

Browse the Question Bank
172
ShortModel Question · Set ASolution available

नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो?

Browse the Question Bank
173
ShortModel Question · Set ASolution available

हाम्रा वीरपुर्खाको गौरव गाथालाई कविताका आधारमा वर्णन गर्नुहोस् :

Browse the Question Bank
174
ShortModel Question · Set ASolution available

यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्वीकारेका छन्?

Browse the Question Bank
175
ShortModel Question · Set ASolution available

पृथ्वी कसरी सबैको साझा घर हुन सक्दछ?

Browse the Question Bank
176
ShortModel Question · Set ASolution available

पृथ्वीको तात्ने क्रमलाई रोक्न के गर्न सकिन्छ?

Browse the Question Bank
177
ShortModel Question · Set ASolution available

हाम्रो समाज मूर्त र अमूर्त संस्कृतिको मिश्रण हो । हाम्रो गाउँ तथा सहरमा प्राचीन सभ्यताका धरोहर यत्रतत्र छन् । साकेला, चासोक, च्याब्रुङ र धान नाचमा रमाउने मन हुड्केली, सोरठी र मारुनीमा त्यत्तिकै रमाउँछ । देउडा र घाटुले भौगोलिक सीमा नाघेर बास्ना छरेका छन् । चान्दी, डाँडी, हनुमान् र पञ्चबुद्ध नृत्यहरू हाम्रो मुटुका ढुकढुकी बनेका छन् । शास्त्रीय र लोक नृत्य, गीत र वादनमा हाम्रा अनन्य सम्पदा छन् । स्याबो र तिजीले सखिया, सन्ध्याल र सरायसँग मितेरी लाउँछन् । भुओ, खैंजडी, बालुन, सङ्गिनी र लाखे पहाडी सौन्दर्य बनेका छन् । वाली लाउँदा, भित्र्याउँदा, दााइ गर्दा गाइने गीतहरू पुनर्जीवनको आस गर्दै छन् । गन्धर्व, चर्या, खाँडो र गाथाहरू कुनाकुन्द्रामी जीवन्त छन् । यहाँ भाषाको भण्डार छ । संस्कार, रीतिरिवाज र परम्पराका पारखीहरू हाम्रा गाउँमा भुल्छन्, सहरमा रमाउँछन् । खानपान र पहिरनमा जातीय, क्षेत्रीय र सामुदायिक विविधता छन् । मन्दिर, विहार, मस्जिद, गिर्जाघर, गुरुद्वारा, थान र मार्गास्थानहरू हाम्रा आस्थाका केन्द्र हुन् । हामी भाषा, धर्म, संस्कृति र परम्परामा बहुल छौँ तर आपसमान सहिष्णु छौँ । यो नै विश्वमा हाम्रो अनुपम पहिचान हो ।

Browse the Question Bank
178
ShortModel Question · Set ASolution available

मेरो देश : मेरो कर्मभूमि

Browse the Question Bank
179
ShortModel Question · Set ASolution available

१. दिएको अनुच्छेदा रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र प्राणत्व छुट्ट्याएर लेख्नुहोस् :

योगमाया लैङ्गिक विभेदको पनि कट्टर विरोधी थिइन् । उनी बालविवाहको विपक्षमा उभिन्थिन् तर स्वेच्छिक विधवा विवाहको समर्थन गरिन् ।

Browse the Question Bank
180
ShortModel Question · Set ASolution available

हेर्नुस् बद्रीजी हामीले खेतमा राशायनिक मल र विषादिको प्रयोग गयौँ । वालीको उत्पादन बढाउने काममा साथीहरूले तपाईंसँग सल्लाह मागेका छन् ।

Browse the Question Bank