NEB Question Browser
Explore Class 11 Nepali past and model questions by chapter, year, marks and question type.
217 questions found
आज उनले मलाई धेरै कुराहरू सोधे । उनले सोधेका कुराहरूमध्ये खासै धेरै बुझिनँ । मैले केमा कुरा भयो भन्ने पनि राम्ररी बुझिनँ । उनले मलाई फोनबाट बाँकी कुरा सुनाए ।
क. दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, दुर्गम पहाडको क्षीण पथलाई नजरले भिटेसम्म हेर्दा मान्छे पो हो कि भन्ने भ्रम पर्ने एउटा धब्बा जस्तो पनि देखिएन ।
ख. दिएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् :
व्यवहार, अंश, त्रास, ज्ञान
(क) दिइएको वाक्यमा उद्देश्य र विधेय छुट्याउनुहोस्। (२)
विद्यार्थीहरूले लगनशीलताका साथ परीक्षाको तयारी गर्छन्।
(ख) पदसङ्गति मिलाएर अनुच्छेद पुनर्लेखन गर्नुहोस्। (२)
हाम्रा शिक्षकहरू कक्षामा आउँछ। उहाँले विद्यार्थीहरूलाई पाठ पढाउँछन्। विद्यार्थीले ध्यान दिएर पाठ सुन्छ।
समयलाई किन मूल्यवान् मानिन्छ? (१)
विद्यार्थीले समयको व्यवस्थापन किन गर्नुपर्छ? (१)
समयको सही उपयोगबाट के उपलब्धि हासिल गर्न सकिन्छ? (१)
अनुच्छेदको उपयुक्त शीर्षक दिनुहोस्। (१)
अनुच्छेदका मुख्य बुँदा टिपी करिब एकतिहाइमा सारांश लेख्नुहोस्।
शिक्षा व्यक्तिको सर्वाङ्गीण विकास र जीवनमा सकारात्मक परिवर्तन ल्याउने आधार हो। यसले ज्ञान, व्यावहारिक सीप तथा निर्णय क्षमता अभिवृद्धि गर्छ। शिक्षित व्यक्तिले आफ्ना अधिकार र कर्तव्यप्रति सचेत हुँदै समाजमा रहेका अन्धविश्वास, कुरीति र असमानताविरुद्ध आवाज उठाउन सक्छन्। शिक्षाले रोजगारीका अवसर सिर्जना गर्छ र व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउँछ। राष्ट्रको दीर्घकालीन प्रगतिका लागि गुणस्तरीय, व्यावहारिक र जीवनसँग सम्बन्धित शिक्षा आवश्यक छ। यस उद्देश्यलाई पूरा गर्न सरकार, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबै जिम्मेवार हुनुपर्छ।
आफ्नो विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु भएको जानकारी दिँदै आकर्षक विज्ञापन तयार पार्नुहोस्।
आफ्नो समुदायमा बढ्दै गएको फोहोरको समस्या समाधान गर्न सम्बन्धित वडा कार्यालयमा निवेदन लेख्नुहोस्।
आफ्नो विद्यालयमा आयोजना गरिएको खेलकुद प्रतियोगिताका गतिविधि र उपलब्धि समेटेर प्रतिवेदन तयार गर्नुहोस्।
‘अनुशासित विद्यार्थी जीवनको आधार हो’ भन्ने विषयमा छोटो वक्तृता तयार पार्नुहोस्।
“सामाजिक सञ्जालको सही प्रयोगबाट विद्यार्थीले नयाँ ज्ञान र उपयोगी सीप सिक्न सक्छन्। तर यसको अत्यधिक वा अनुचित प्रयोगले उनीहरूको पढाइ र समय व्यवस्थापनमा नकारात्मक प्रभाव पार्न सक्छ।” यस भनाइप्रति आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
(क) कवितामा श्रमको महत्त्वलाई कसरी प्रस्तुत गरिएको छ? (२)
(ख) राष्ट्रको उन्नतिका लागि आवश्यक पक्षहरू उल्लेख गर्नुहोस्। (२)
राष्ट्र निर्माणमा युवा पुस्ताको योगदान
पर्यावरणीय सन्तुलन र संरक्षणप्रतिको दायित्व
आधुनिक विज्ञान तथा प्रविधिका सम्भावना र समस्याहरू