NEB Question Browser
Explore Class 10 Compulsory Nepali past and model questions by chapter, year, marks and question type.
358 questions found
आयुर्वेदिक उपचार पद्धतिमा व्यवस्थापन, सङ्गठन र निदानका समेत केही सीमा रहेका छन् । दुर्घटनामा परी अङ्गभङ्ग भएको साथै एपेन्डिसाइटिस, हृदयाघात, पक्षघात आदि रोगबाट पीडित बिरामी, शल्यक्रिया गरिने उपचार, सघन उपचार आदिमा राखेर गरिने उपचारमा एलोप्याथीको सहयोग लिनुपर्ने अवस्था छ । साथै आयुर्वेद उपचारका नाममा जसले पनि औषधी बेच्नु, भिडभाड हुने ठाउँमा हकरले पनि औषधी बेच्नु र त्यसलाई रोक्ने कुनै संयन्त्र नहुनु र यसरी जो पायो त्यसले घरघरै स्वघोषित वैध बनेर उपचार गर्नु जस्ता यसका सीमा हुन् । आयुर्वेदिक औषधीको पार्श्वप्रभाव न्यून हुन्छ । धेरै खायो भने चिनी पनि तितो हुन्छ भने झैँ नजानी नजानी त्यस्ता औषधी खाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
ससाना कार्यबाट प्राप्त हुने ठुल-ठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरी न ! नागरिकले आआफ्ना घर वरपर सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा र सोनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ।
विद्यालयले मनाएको वार्षिकोत्सव कार्यक्रमको विषयवस्तु समेटी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने समाचारको नमुना तयार पार्नुहोस् ।
खाली जमिनमा वृक्षरोपण गर्नका लागि आवश्यक बिरुवाको माग गर्दै जिल्ला वन कार्यालयलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस् ।
'फोहोरमैला व्यवस्थापन' शीर्षकमा दुई जना साथीबीच भएको संवाद तयार पार्नुहोस् ।
दिएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमते लेख्नुहोस् :
नाम: अरुणा लामा
जन्म: वि.सं. २००२ भाद्र २४ गते
जन्मस्थान: दार्जिलिङ, भारत
विशेषता: स्वरमा सुकोमलमता र सुमधुरता, अन्तरमनको मर्म र करुणाको स्वर, प्रतिध्वनित भावपूर्ण र करुणापूर्ण स्वर, जातीय सचेतना र मानवीय संवेदनाको उत्कर्ष
सम्मान: स्वर किन्नरीका रूपमा सम्मानित नारी प्रतिभा, 'छिन्नलता' पुरस्कारद्वारा सम्मानित, 'कान्छी' चलचित्रको उत्कृष्ट गायिका
पुरस्कार: 'उर्बशी' चलचित्र पुरस्कार, भारतस्थित कलकत्ताको 'दिसारी' पुरस्कार
मृत्यु: वि.सं. २०५४ माघ २२ गते
नेपाललाई खाद्यान्नमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?
जैविक खाद्यवस्तु किन महँगो मूल्यमा बिक्री हुन्छ ?
जैविक खाद्यवस्तु कहाँ कहाँ बिक्री हुन्छन् ?
नेपालको सन्दर्भमा जैविक खेतीका लागि कुन कुन पक्ष अनुकूल छन् ?
'उनी शारीरिक अवस्था झन्झन् बिग्रँदा बोल्न पनि नसक्ने अवस्थामा पुगे ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।
'त्यहाँ उनी सिकिस्त बिरामी परे ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
अनुच्छेदमा रेखाङ्कन 'त्यहाँबाट' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
'त्यति बेला देवकोटाले विद्रोहको बाटो समाते' यो वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।
विद्यार्थी खेल खेल्दै थिए । (प्रेरणार्थक)
गोपाल छाता ओढ्छ । (कर्मवाच्य)
हामी बन्दीपुर गयौँ । हामी रमायौँ । (वाक्य संश्लेषण)
दिएका तृतीय पुरुषका वाक्यलाई द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :
उनी असल विद्यार्थी हुन् । उनी कक्षामा सबैभन्दा बढी उपस्थित हुन्छन् । उनी सबैलाई आदर गर्छन् । उनी पढाइका साथै खेलकुदमा पनि रुचि राख्छन् ।
सम्भावनाथक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको विकासका बारेमा वर्णन गर्नुहोस् ।
मनोहर विद्यालय गयो । मनोहरले विद्यालयमा पढ्यो । मनोहरले कक्षा कार्य गर्यो । मनोहर घर फर्कीयो ।